काठमाडौं। नयाँ भर्सन भन्दै पुरानै यामाहा मोटरसाइल बेच्ने मोरङ अटो वर्क्स (एमएडब्ल्यू)ले दुई लाख रुपैयाँ जरिवाना तिरेको छ। यामाहा कम्पनीको पुरानो मोटरसाइकललाई नयाँ भन्दै नुवाकोटका लक्ष्मण थापालाई बिक्री गरेका कारण एमएडब्ल्यूले करिब दुई लाख रुपैयाँ तिरेको हो।
उपभोक्ता अदालतले तीन लाख ९३ हजार रुपैयाँ क्षतिपूर्ति तिराउने फैसाला गरेको छ। यो रकम यामाहाको पुरानो मोटरसाइकल बिक्री गर्ने काठमाडौंको जमलस्थित एक कम्पनी र एमएडब्ल्यूले आधा–आधा तिर्नुपर्ने फैसला गरेको हो। ती दुई कम्पनीले दुई लाख ९६ हजार ५०० रुपैयाँ भाग आउँछ।
२०८१ असोज १९ गते, अर्थात् २०२४ मा थापाले चार लाख ४५ हजार ९०० रुपैयाँमा सुन्तला रङको यामाहा कम्पनीको पीजेटएक्स विएस ६ मोटरसाइकलक च्यासिस नम्बर मी१आरजी७३२ बिएन ००३०९४२ इञ्जिन नम्बर जी३एन५इ०२९४५३१ हर्स पावर सिसीको मोटरसाइकल खरिद गरेका थिए।
सन् २०२२ को अन्तिम मोडलको रुपमा उत्पादन भएको मोटरसाइकल बिक्री गरेको आरोपसमेत उजुरीमा गरिएको छ। मोटरसाइकलको खरिद गर्दाको भन्सार प्रक्रियामा लु ९२‑पीए ६७५ नम्बर भए पनि ब्लुबुक उपलब्ध गराउँदा तत्कालीन समयमा बजारमा चलिरहेको नयाँ लटको बाप्र०२०५४ प ७२७४ हुने भनी कम्पनीले भनेकाले उक्त मोटरसाइकल पनि नयाँ होला भनी विश्वास गरी थापाले मोटरसाइकल खरिद गरेको उल्लेख छ।
बिक्रीकर्ताले मोटरसाइकल खरिद गर्दा इञ्जिन, ब्याट्रीलगायत सम्पूर्ण पार्टपुर्जामा १८ महिनासम्म पूर्ण रुपमा कम्पनीले वारेन्टी दिने भनेको थियो। तर, मोटरसाइकल नयाँ खरिद गरेको दिनदेखि केही घण्टा नचलाएपश्चात सेल्फ स्टाटस नहुने, पिकअप राम्रो नदिने, धुँवा बढी फाल्ने र माइलेजअनुसार इन्धन बढी खर्च हुने समस्या देखिएको थापाले उल्लेख गरेका छन्।
थापाले यामाहा कम्पनीको काठमाडौं मुख्य वितरक एमएडब्ल्युलाई आफूलाई परेको समस्याबारे विस्तृतमा जानकारी गराउँदा पनि केही गर्न नसक्ने भन्दै वेवास्ता गरिएको थियो। त्यसपछि उनी उपभोक्ता अदालत पुगेका थिए।