काठमाडौं। नेपालमा पहिलो पटक एक साताको अन्तरालमा दुई ठूला अटो शो हुने भएको छ। अटो व्यवसायीका लागि दशैँको रुपमा लिइने अटो शो यो वर्ष फरक‑फरक दुई संस्थाले एक साताको अन्तरालमा गर्ने भएपछि धेरैले चासोको रुपमा लिएका छन्।
नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले साउन २१ देखि २५ सम्म भृकुटीमण्डपमा ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ आयोजना गर्दै छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले भदौ ३ देखि ८ सम्म १७ औँ संस्करणको नाडा अटो शो गर्ने भएको छ। यो भनेको एक साताको अन्तराल मात्र हो।
एक साताको अन्तरालमा दुई प्रदर्शनी हुँदा दुवै अटो शोमा उत्साह र रौनक भए पनि यसले खर्च भने बढाउने निश्चित छ। अटो व्यवसायी दुई धारमा छुट्एिकाले कुनै कम्पनी दुवै अटो शोमा सहभागी हुने जनाएका छन्। कुनै कम्पनी एउटामा मात्र सहभागी हुने छन्। यस्तोमा एउटै स्थान र छोटो समयमा उही ब्रान्ड दोहोरिनु व्यवसायिक दृष्टिले लाभदायक हुने कि चुनौतीपूर्ण? भन्ने प्रश्न उठेको छ।
सवारी साधन आयातकर्ताका लागि अहिलेको अवस्थामा दुवैतर्फ सहभागिता जनाउनुपर्ने दबाब र खर्चसँग जोडिएको छ। दुवै शोमा स्टल राख्नुपर्ने, प्रचार–प्रसार अफर तथा जनशक्ति व्यवस्थापनमा लागत दोब्बर पर्छ। यसले लाभभन्दा बढी जोखिम बढ्न सक्ने आंकलन धेरैले गरेका छन्। तर, केही व्यवसायी यसलाई सकारात्मक रूपमा पनि लिएका छन्। उनीहरू भन्छन्, ‘ग्राहकहरूका लागि दुई वटा छुट्टाछुट्टै प्लेटफर्ममा गाडी हेर्ने र तुलना गर्ने अवसर मिल्छ। यसले बजारमा चहलपहल बढाउँछ।’
दुवै अटो शोमा भाग लिने कम्पनीहरुको खर्च दोब्बर हुन्छ। एकै सिजनमा दुई वटा ठूलो इभेन्टमा सहभागी हुन सजिलो छैन।
नाडा र नाइमा दुवै अटो शोमा फरक–फरक अवलोकनकर्ता आउने भएकाले दुवै शोमा सहभागी हुन लागेको साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ बताउँछिन्।
‘दुवै अटो शोमा फरक-फरक मानिसहरु आउन सक्छन। तीन जना व्यक्ति मात्रै बढी आए पनि यो हाम्रो व्यवसायका लागि धेरै राम्रो हो,’ श्रेष्ठ भन्छिन्, ‘कति मानिसहरु एउटा अटो शोमा मात्र आउने फुर्सद हुन सक्छ। त्यो हिसाबले पनि दुवै अटो शोमा सहभागी हुन लागेको हो।’
‘अटो शोमा आउनेले पनि बिवाईडीको गाडी हेर्न र बुझ्न पाउन भन्ने हिसाबले जान लागेको हो,’ श्रेष्ठ थप्छिन्, ‘दुवै अटो शोमा मार्केटिङका हिसाबले जान लागेको हो।’
दुवै अटो शोमा भाग लिने कम्पनीहरुको खर्च दोब्बर हुन्छ। एकै सिजनमा दुई वटा ठूलो इभेन्टमा सहभागी हुन सजिलो छैन। तर, केही व्यवसायी दुई वटा शो हुँदा ग्राहकको पहुँच बढ्ने र सामान्य उपभोक्ताले विभिन्न अफर र छुटको तुलना गर्न पाउने अवसर मिल्ने पनि बताउँछन्।
नेपालका लागि रोयल इन्फिल्डका आधिकारिक वितरक अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेल एक सातामा हुने दुवै अटो शोले व्यवसायी र ग्राहकलाई फाइदा पुग्ने बताउँछन्। ‘करिब दुई साताको अन्तरालमा हुने दुई अटो शोले व्यवसायी र ग्राहक दुवैलाई फाइदा पुग्छ,’ उनी भन्छन्, ‘कम समयको अन्तरालमा भए पनि व्यवसायीहरु आफ्नो व्यापार बढाउन समय व्यवस्थापन गर्छन्।’ मार्केटिङका हिसाबले दुवै अटो शोमा भाग लिने उनको भनाइ छ।
नाइमाको शोमा स्टल राख्नेहरु प्रायले नाडाले आयोजना गरेको अटो शोमा स्टल राख्ने छैनन्। नाडा अटो शोमा स्टल राख्नेहरु नाइमा अटो शोमा देखिने छैनन्।
‘दुवै अटो शोमा हाम्रो ब्रान्ड प्रमोसनका लागि जाने हो। यसमा खर्च धेरै हुन्छ। तर, खर्चभन्दा पनि ब्रान्ड प्रदर्शनीका लागि जाने भएकाले अरु कुराले फरक पदैन,’ उनले भने।
दुवै अटो शोमा सहभागी हुने ब्रान्डहरु
नाइमाले आयोजना गर्ने शोमा चार पाङ्ग्रे, दुई पाङ्ग्रे र कमर्सियल गाडीका स्टलहरु रहने छन्। नाडा अटो शोमा विगतमा जस्तै चार पाङ्ग्रे, दुई पाङ्ग्रे, कमर्सियलसहित कम्पोनेन्टका स्टलहरु रहने छन्।
नाइमाको शोमा स्टल राख्नेहरु प्रायले नाडाले आयोजना गरेको अटो शोमा स्टल राख्ने छैनन्। नाडा अटो शोमा स्टल राख्नेहरु नाइमा अटो शोमा देखिने छैनन्। तर, केही कम्पनीले दुवै संस्थालाई बराबर प्राथमिकतामा राख्दै दुवै शोमा सहभागी हुने जनाएका छन्।
नाइमा मोबिलिटी एक्स्पोमा चार पाङ्ग्रे, दुई पाङ्ग्रे र कमर्सियल गरी ५० ब्रान्डका सवारी साधान प्रदर्शनी गर्ने जनाएको छ। नाडा अटो शोमा ३५ वटा ब्रान्डले प्रदर्शनी गर्ने जनाएको छ। दुवै अटो शोमा प्रदर्शनी गर्ने ब्रान्डहरुले फरक-फरक मोडलका गाडी ल्याएर प्रदर्शनी गर्छन् कि नाइमामा सोकेस गरेका मोडल राख्छन् भन्ने हेर्नु पनि रोचक देखिएको छ।
नाडा र नाइमा दुवैले आफ्नो शोलाई सफल र छुट्टै पहिचान भएको दाबी गरे पनि बजारमा यो दोहोरो आयोजनाले सञ्चालन खर्च बढाउने, ग्राहकको भ्रम बढाउने छ।
नाडा र नाइमा अटो शोमा चार पाङ्ग्रेतर्फ बिवाईडी र एलएस अटो सहभागी हुनेछ भने कमर्सियल गाडीतर्फ कामा ईभी र डिएफएसके ईभीले पनि दुवै अटो शोमा स्टल राख्ने भएका छन्। त्यस्तै दुई पाङ्ग्रेतर्फ रोयल इन्फिल्डले पनि दुवै अटो शोमा स्टल राखने जनाएको छ।
दुवै संस्थाले आफ्ना शोहरूलाई स्वतन्त्र कार्यक्रमका रूपमा व्याख्या गर्दै आएका छन्। तर, धेरै अटो व्यवसाइयी भने दुई वटा अटो शो एउटै समयमा हुनु संघसंस्थाबीचको प्रतिस्पर्धा वा बर्चस्व देखाउने प्रयास हुन सक्ने टिप्पणी गरिरहेका छन्।
यस पटकको अटो शोलाई भिडन्तको रुपमा हेर्ने व्यवसायी पनि छन्। नाडा र नाइमा दुवैले आफ्नो शोलाई सफल र छुट्टै पहिचान भएको दाबी गरे पनि बजारमा यो दोहोरो आयोजनाले सञ्चालन खर्च बढाउने, ग्राहकको भ्रम बढाउने छ।