काठमाडौं। अमेरिकी कार निर्माता कम्पनी फोर्ड मोटर कम्पनीले भारतमा बन्द गरिएको आफ्नो पुरानो कारखानालाई पुनः सञ्चालनमा ल्याउने भएको छ। कम्पनीले चार वर्षअघि बन्द गरेको तमिलनाडुको मरैमलै नगरस्थित कारखानालाई पुनः सञ्चालन गर्दै नयाँ इन्जिन उत्पादन सुरु गर्ने योजना बनाएको हो।
भारतीय सञ्चार माध्यम द इकोनोमिस्क टाइम्सका अनुसार कम्पनीले पुरानो कारखानालाई पुनः सञ्चालनमा ल्याउन ३७० मिलियन अमेरिकी डलर लगानी गर्ने तयारी गरेको हो। कारखानाको वार्षिक उत्पादन क्षमता २ लाख युनिटभन्दा बढी हुने बताइएको छ। भारतमा उत्पादन गरिएको इन्जिनहरू अमेरिकामा पठाइने छैनन्। कुन देशमा निर्यात गरिने भन्ने स्पष्ट नभएको बताइएको छ। यसको औपचारिक घोषणा यही हप्ता हुने अनुमान गरिएको छ।
फोर्डले एक वर्षअघि भारतमा स्थानीय उत्पादन पुनः सुरु गर्ने इच्छा प्रकट गरेको थियो। यो लगानी भारत र अमेरिकाबीच पछिल्ला महिनामा बढेको राजनीतिक तनावबीच आएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको सुरुवातमा भारतीय आयातमा ५० प्रतिशत भन्सार शुल्क लगाएका थिए र भारतको रूसी तेल खरिदबारे कडा आलोचना गरेका थिए।
फोर्डले एक वर्षअघि भारतमा स्थानीय उत्पादन पुनः सुरु गर्ने इच्छा प्रकट गरेको थियो। यो लगानी भारत र अमेरिकाबीच पछिल्ला महिनामा बढेको राजनीतिक तनावबीच आएको हो।
ट्रम्पले अमेरिकाभित्रको उत्पादन विस्तारलाई आफ्नो प्रमुख नीति लक्ष्य बनाएका छन्, विशेषगरी अटो उद्योगमा उनको पहिलो कार्यकालमा फोर्डले अमेरिकाबाहिर उत्पादन बढाउने योजनाका लागि आलोचना खेपेको थियो। तर पछिल्ला वर्षहरूमा घरेलु कारखानामा ठूलो लगानी गरेपछि ट्रम्पले फोर्डको प्रशंसा गरेका छन्।
फोर्डको यो निर्णयले कम्पनीका प्रमुख कार्यकारी अधिकृत जिम फार्लीको भारतप्रतिको पुनः विश्वास झल्काउँछ। कम्पनीले अहिले विद्युतीय सवारी (ईभी) भन्दा आईसिई इन्जिन उत्पादनतर्फ फोकस गर्न थालेको देखिन्छ। फोर्डले पहिलोपटक १९९५ मा चेन्नई नजिक उत्पादन सुरु गरेको थियो र २०१५ मा गुजरातको सानन्दमा अर्को कारखाना थपेको थियो।
२०२० मा सीईओ बनेपछि फार्लीले महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडसँगको साझेदारी रद्द गरे, जसले भारतमा फोर्डका गाडीहरू निरन्तर बिक्रीमा राख्ने योजना बनाएको थियो। त्यसपछि कम्पनीले भारत र ब्राजिलजस्ता बजारहरूबाट पूर्ण रूपमा बाहिरिने निर्णय गर्यो, किनभने ती बजारहरूले पर्याप्त नाफा दिइरहेका थिएनन्। भारतबाट बाहिरिँदासम्म फोर्डले २ अर्ब डलरभन्दा बढी घाटा बेहोरेको थियो।
फोर्डले आफ्नो पुरानो सुविधा पुनः सञ्चालन गर्न लागेको तमिलनाडु भारतको प्रमुख औद्योगिक राज्य हो र लामो समयदेखि अटो उद्योगको केन्द्रका रूपमा परिचित छ।
फोर्डले पछि आफ्नो सानन्दको सवारीसाधन प्लान्ट टाटा मोटर्सलाई बिक्री गर्यो, जसले अहिले त्यहाँ विद्युतीय सवारी उत्पादन गर्दै आएको छ। त्यही समय अमेरिकाको अर्को ठूला अटो कम्पनी जनरल मोटर्स (जीएम)ले पनि भारतमा उत्पादन बन्द गरेको थियो।
हाल, राजनीतिक तनावको बावजुद अन्य अमेरिकी कम्पनीहरूले पनि भारतमा आफ्नो उत्पादन उपस्थिति बढाइरहेका छन्। ट्रम्पले मे महिनामा एप्पल इन्कको भारतमा उत्पादन विस्तारको आलोचना गरे पनि कम्पनीले अहिले पाँच वटा भारतीय कारखानामा आईफोन उत्पादन तीव्र रूपमा बढाएको छ।
फोर्डले आफ्नो पुरानो सुविधा पुनः सञ्चालन गर्न लागेको तमिलनाडु भारतको प्रमुख औद्योगिक राज्य हो र लामो समयदेखि अटो उद्योगको केन्द्रका रूपमा परिचित छ। यो राज्यमा हुन्डाई मोटर कम्पनी, रेनो र बिएमडब्ल्यू जस्ता अन्तर्राष्ट्रिय अटो निर्माताहरूका उत्पादन केन्द्रहरू सञ्चालनमा छन्।
https://economictimes.indiatimes.com/industry/auto/auto-news/ford-to-invest-370-million-in-india-defying-trumps-local-push/articleshow/124977353.cms?fbclid=IwY2xjawNz5WVleHRuA2FlbQIxMABicmlkETEwbTRYbzZMQU1nVnp6TmcxAR4XqWgnZEnKehUxIwXca2PKZFWpPiefqSqLXwUxoZTwu5IPLTih_prgpL7FQg_aem_NPljncVKewVHQ5LZUCXGww