काठमाडौं। देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने ३० जना व्यवसायीलाई सरकारले महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी)बाट सम्मान गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको कार्यक्रममा उद्योग मन्त्री दामोदर भण्डारीले व्यवसायीलाई सीआईपी अवार्डबाट सम्मान गरेका हुन्।
सम्मान पाउनेमा भारततर्फ सबैभन्दा बढी निर्यात गर्ने व्यवसायीको तर्फबाट रिलायन्स स्पिनिङ मिल्स, डाबर नेपाल र आरती स्ट्रीप्सले यो सम्मान पाएका छन्। चीनतर्फ सबैभन्दा धेरै निर्यात गर्नेको आधारमा छोमेन ट्रेडर्स, फिन्जो सोनाम इन्टरप्राइजेज र अष्ठमंगल कम्पनी रहेका छन्।
नेपालको मौलिक सीप, कला र संस्कृति झल्किने हस्तकलाका वस्तुहरूको निर्यातबाट सबैभन्दा धेरै रकम भित्र्याउने निर्यातकर्ताको तर्फबाट गिफ्टल्याण्ड इन्टरप्राइजेज प्रालिले यो सम्मान पाएको छ। पर्यटन क्षेत्रमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने होटल उद्योगी र व्यवसायीतर्फबाट एभरेष्ट हस्पिटालिटी होटल लिमिटेडले सम्मान पाएको छ।
व्यवसायीका प्रतिनिधिमूलक संस्थातर्फ क्रमश नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल र नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डले सम्मान पाएका छन्।
तेस्रो मुलुकतर्फ आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा एक अर्ब वा सोभन्दा बढी निकासी गर्ने उद्योग, संस्था, फर्म वा कम्पनीहरू तर्फबाट द सांग्रिला कार्पेट एण्ड ह्याण्डीक्राफ्ट इण्डस्ट्रिज प्रालि, एभरेष्ट फेसन ललितपुर, त्रिवेणी स्पिनिङ मिल्स, काठमाडौंलाई यो सम्मान दिइएको छ।
तेस्रो मुलुकतर्फ सबैभन्दा बढी वस्तु निर्यात गर्ने व्यवसायी तथा व्यवसायी कम्पनीतर्फबाट पाँच व्यवसायीले सम्मान पाएका छन्।
व्यवसायीका प्रतिनिधिमूलक वस्तुगत संघतर्फ तेस्रो मुलुकतर्फ आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा कुल पाँच अर्ब वा सोभन्दा बढी निर्यात गर्ने वस्तुगत संघका अध्यक्षहरूलाई मानार्थ सम्मानको रूपमा नेपाल छुर्पी व्यवसायी संघ, नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघ, नेपाल तयारी पोशाक उद्योग संघ र नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात संघका अध्यक्षलाई सम्मान गरिएको छ।
तेस्रो मुलुकतर्फ सबैभन्दा बढी वस्तु निर्यात गर्ने व्यवसायी तथा व्यवसायी कम्पनीतर्फबाट पाँच व्यवसायीले सम्मान पाएका छन्। ऊनी गलैँचातर्फ श्री थर्ड आई इन्टरनेसनल, तयारी पोशाकतर्फ श्री नेपाल फेसन प्रालि, ऊनी फेल्टका सामानहरूतर्फ नेसनल एक्सपोर्टस् प्रालि, छुर्पीतर्फः मनराम हिमालयन ह्याण्डीक्राफ्ट प्रालि र पश्मिना वस्तुतर्फ श्री ट्राइकोट इन्डष्ट्रिज प्रालि छन्।
वाणिज्य नीति २०७२ र नेपाल व्यापार एकीकृत रणनीति २०७३ ले प्राथमिकतामा राखेका निर्यात सम्भाव्य वस्तुमध्ये कृषिजन्य वस्तु र जडीबुटी क्षेत्रका वस्तुहरूको सबैभन्दा बढी रकमको निर्यात गर्ने निर्यातकर्ताहरूमध्ये नेपाल एभरेष्ट कार्डामम प्रडक्सन र एबी हर्बल ट्रेडर्स एण्ड सप्लायर्सले यो सम्मान पाएका छन्।
निर्यात व्यापारमा कुल रकमको आधारमा सबैभन्दा बढी रकमको निर्यात गर्ने महिला निर्यातकर्ताको तर्फबाट जनकपुर रिफाइनरिज कम्पनीले यो सम्मान पाएको छ।
बैंकिङ प्रणालीमार्फत विप्रेषणको कारोबार गरी सबैभन्दा बढी वैदेशिक मुद्रा भित्र्याउने विप्रेषण कम्पनी तथा व्यवसायीको तर्फबाट यो वर्ष पनि आईएमई लिमिटेडले यो सम्मान पाएको छ।
तेस्रो मुलुकतर्फ आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा कुल १५ अर्ब वा सोभन्दा बढी निर्यात गर्ने महासंघका अध्यक्षहरूलाई पनि यो सम्मान दिइएको छ। जसमा नेपाल हस्तकला महासंघ र निर्यात व्यवसायी महासंघ रहेका छन्।
त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा रहेको सीआईपी लाउञ्च र नेपालका अन्य विमानस्थलमा रहेको विशिष्ट व्यक्तिहरुका लागि व्यवस्था गरिएको भीइआपी लाउञ्ज प्रयोगको सुविधा।
आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा दुई करोड वा सोभन्दा बढी निर्यात गर्ने स्टार्टअपको तर्फबाट माइन्डफुल क्राफ्ट प्रालिले सम्मान पाएको छ। सरकारले यो सम्मान हरेक दुई/दुई वर्षमा दिँदै आएको छ।
सीआईपीबाट सम्मानित हुने यस्तो सुविधा पाउँछन्
—त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा रहेको सीआईपी लाउञ्च र नेपालका अन्य विमानस्थलमा रहेको विशिष्ट व्यक्तिहरुका लागि व्यवस्था गरिएको भीइआपी लाउञ्ज प्रयोगको सुविधा।
—सरकारी तथा निजी क्षेत्रले आयोजना गर्ने उद्योग तथा वाणिज्य क्षेत्रका समारोह तथा कार्यक्रमहरुमा प्राथमिकताका साथ आमन्त्रण तथा आसनको विशेष व्यवस्था।
—विदेशमा आयोजना हुने व्यापारिक तथा औद्योगिक मेला तथा प्रदर्शनीको सहभागीतामा प्रतिनिधित्व गर्न प्राथमिकता।
–सार्क क्षेत्रको भ्रमणका लागि सार्क भिसा उपलब्ध गराउन सिफारिस



























