काठमाडौं। चिनियाँ ब्रान्ड डोङफेङको फरथीङ फ्राइडे नेपाली बजारमा सार्वजनिक भएको छ। नेपलाका लागि फरथीङ फ्राइडेको आधिकारिक वितरक लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी ई–मोबिलिटीले नाइमा एक्स्पोमा फरथीङ फ्राइडे यसयूभी सार्वजनिक गरेको हो।
कम्पनीले उक्त यसयुभीको मूल्य नाइमा अव्धिको लाग ४८ लाख ९६ हजार रुपैयाँ रहेको छ। नाइमा एक्स्पोपछि गाडीको मूल्य ५४ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ।

फ्राइडे एसयूभीमा ६४.४ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री र ९९ किलोवाटको मोटर जडान गरिएको छ। डोङफेङमा भएको ब्याट्रीले एक पटकको फुल चार्जमा ४०० किलोमिटरभन्दा बढी रेन्ज दिने दाबी कम्पनीको छ।
फरथीङ फ्राइडेको लम्बाइ ४६०० एमएम, चौडाइ १८६० एमएम र उचाइ १६८० एमएम छ। यसको ह्वीलबेस २७१५ एमएम छ। प्रिमियम लाग्ने एसयूभीमा १९ इन्च ठूलो ह्वील पाउन सकिन्छ।
फरथीङ फ्राइडेमा भेन्टिलेटेड, हिटेड, मसाज र मेमोरी सिट उपलब्ध गराएको छ। ८.८ इन्चको एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, इलेक्ट्रिक टेलगेट, वायरलेस फोन चार्जर, प्यानारोमिक सनरुफ, मल्टी ड्राइभ मोड र ६ स्पिकरसहितको म्युजिक सिस्टमलगायत फिचर पाउन सकिन्छ।