काठमाडौं। नेपालका लागि निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले नाइमा मोबिलिटी एक्स्पो २०२५ अवसर पारेर निसान फेस्टिभ‘ छुट योजना सार्वजनिक गरेको छ।
योजनाअन्तर्गत कम्पनीले अल न्यू निसान म्यागनाइटमा विभिन्न आकर्षक सुविधासहितको अफर ल्याउनेछ।
कम्पनीका प्रबन्ध निर्देशक सन्दीपकुमार शारदाले नाइमा एक्स्पो र आगामी चाडपर्वलाई ध्यानमा राखेर अफर सार्वजनिक गरिएको बताए।
अफरअन्तर्गत निसान म्याग्नाइट बुक गर्ने ग्राहकले विभिन्न लाभ लिन सक्नेछन्।
आकर्षक नगद छुट, नाइमा एक्स्पो विशेष छुट
तीन वर्षसम्मको निःशुल्क सर्भिसिङ
तीन वर्षको वारेन्टी
एक वर्षको निःशुल्क बीमा
निःशुल्क रोड कर
डाउनपेमेन्ट मात्र ६,८०,००० मा खरिद गर्न सकिने।
ग्राहकले सजिलो फाइनान्सिङका साथ निसान म्याग्नाइट खरिद गर्न सक्नेछन्।
यस्तै, निसान लिफमा ग्राहकले अधिकतम २०,१५,००० सम्मको फाइदा प्राप्त गर्न सक्छन् भने निसा अर्वानमा शून्य प्रतिशत डाउनपेमेन्ट सुविधा उपलब्ध छ।