काठमाडौं। पायोनियर मोटो कर्प प्रालिले नाइमा मोबिलिटी एक्स्पाे २०२५ को अवसरमा प्रिमियम इलेक्ट्रिक सवारी ‘जिकर एक्स’का लागि विशेष छुट योजना सार्वजनिक गर्ने तयारी गरेको छ।
नेपालका लागि जिकर ब्रान्डको आधिकारिक वितरक पायोनियर मोटो कर्प पायोनियर मोटो कर्पले यो योजनामार्फत नेपाली बजारमा जिकर सवारीको उपस्थिति अझ सशक्त बनाउने लक्ष्य राखेको बताएकाे छ।
ग्राहकका लागि विशेष अफरसहित जिकर एक्स साउन २१ देखि २५ गतेसम्म हुने साे एक्स्पाेमा ८४ लाख ९९ हजारको सवारी ६९ लाख ९९ हजारमा उपलब्ध हुने छ। साथै, एक्स्पाे अवधिमा ‘जिकर एक्स बुक गर्ने ग्राहकले ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी पनि प्राप्त गर्नेछन्।
‘जिकर एक्समा समावेश हुने मुख्य विशेषतामा २०० किलोवाटको मोटर पावर, लेभल २ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम, १९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स र ७ वटा एयरब्याग रहेका छन्, जसले यसलाई सुरक्षित र शक्तिशाली विद्युतीय सवारी बनाउछ।
यस योजनाअन्तर्गत ग्राहकले जिकर एक्स सवारी अत्यन्तै आकर्षक मूल्यमा, सजिलो फाइनान्सिङ र विशेष छुटसहित खरिद गर्न सक्नेछन्। यस्ता सुविधामा केही सर्त तथा नियम लागू हुने कम्पनीले बताएकाे छ।
पायोनियर मोटो कर्पले ग्राहकलाई नाइमा मोबिलिटी एक्स्पाेमा उपस्थित भई नजिकको जिकर एक्स शोरूम भ्रमण गरी उक्त योजनाअनुसारको फाइदा लिन अनुरोध गरेकाे छ।