काठमाडौं। बढ्दो विद्युतीय सवारीका बिचमा आईसीई इन्जिन सवारी फक्सवागन ‘भर्टुस’ सेडान नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालका लागि फक्सवागनको आधिकारिक वितरक पुजा इन्टरनेशनलले फक्सवागन ‘भर्टुस’ सेडान नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक गरेको हो।
कम्पनीले ‘भर्टुस’ सेडान अटाेमेटिकको मूल्य ८९ लाख र म्यानुअलको मूल्य ८४ लाख रुपैयाँ निर्धारण गरेको छ। जर्मन ब्राण्ड फक्सवागनले भारतमा उत्पादन गरेको भर्टुसमा १.० लिटर टीएसआई इन्जिन रहेको छ। फक्सवागनले आफ्नो नयाँ सेडान भर्टुसको अगाडिको डिजाइन निकै सार्प बनाएको छ।
कम्पनीको ‘लेटेस्ट डिजाइन ल्याङ्वेज’मा आधारित रहेर तयार पारेको भर्टुसमा स्लीक र्यापअराउण्ड हेडलाइट दिइएको छ। कम्पनीले भर्टुसको ग्रिल र बम्परमा टेस्टफुल क्रोम एसेन्टको प्रयोग गरेको छ।
भर्टुसको लम्बाइ ४५४१ एमएम, चौडाइ १७५२ एमएम र उचाइ १४८७ एमएम छ। यसमा २ हजार ६५१ एमएम लामो ह्वीलवेस पाउन सकिन्छ। कारमा ५२१ लिटरको बुट स्पेस छ।
निकै मोर्डन क्याविन लेआउट भएको भर्टुसमा १० इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, थ्री स्पोक स्टेरिङ ह्वील, ८ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिइएको छ। फक्सवागनको भर्टुसमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, भेन्टिलेटेड फ्रन्ट सिट, ६ वटा एयरव्याग, अटोमेटीक हेडल्याम्प र वाइपर, टायर प्रेसर मोनिटरिङ सिस्टम, हिलहोल्ड कन्ट्रोल, एम्बियन्ट लाइट, कुल्ड ग्लोबवक्स, टीपीएमएस, इएससी, इडीएस जस्ता आधुनिक फिचर उपलब्ध छ।