काठमाडौं। फोटोन टोटल केयरले आउँदो साउन २५ देखि मेगा मनसुन सर्भिस क्याम्प सुरू गर्न लागेको छ। एमएडब्लू वृद्धिसँगको साझेदारीमा सञ्चालन हुने यो विशेष पहलअन्तर्गत फोटोन सवारी धनीले सुरक्षित र ढुक्कको यात्राका लागि वर्षायामका चुनौतीको सामना गर्न गाडीको आवश्यक मर्मतसम्भार गर्न सक्ने छन्। यस्तै, विशेष छुट र थप सेवासमेत पाउन सक्ने छन्।
मनसुनको भारी वर्षा नजिकिँदै गर्दा अचानक गाडी बिग्रेर हैरानी बेहोर्नुपर्ने अवस्था नआओस् भन्नका लागि मेगा मनसुन सर्भिस क्याम्पमार्फत सवारी धनीहरूलाई आफ्ना गाडी लिएर सर्भिस सेन्टरमा पुग्ने, विज्ञ सेवा प्राप्त गर्ने र उपलब्ध विशेष छुट तथा सुविधाको फाइदा उठाएर पैसा बचत गर्ने उत्कृष्ट अवसर प्रदान गरेको हो।
मेगा मनसुन सर्भिस क्याम्पको मुख्य आकर्षण फोटोन सवारी साधानमा हुने बम्परदेखि बम्परसम्मको निःशुल्क जाँच हो। यस अवसरमा सबै फोटोन सवारी धनीहरूलाई फाइदा पुर्याउँछ। यसमार्फत गाडीको सम्पूर्ण अवस्था परीक्षण गरिन्छ।
यसअन्तर्गत गाडीका मेकानिकल, इलेक्ट्रिक र स्ट्रक्चरल भागको प्रत्यक्ष निरीक्षण गरिन्छ। जसले गाडी ठिकसँग काम गरिरहेको छ कि छैन? सुरक्षाको दृष्टिले उपयुक्त छ कि छैन? भन्ने सुनिश्चित गर्छ। त्यसैगरी, ग्राहकहरूले निःशुल्क वास र ग्रिजिङ सेवा पनि प्राप्त गर्ने छन्। यसले मनसुनको मौसममा गाडीलाई खिया लाग्नबाट जोगाउनुका साथै चलायमान भागको दीर्घायु र दक्षता कायम राख्न मद्दत पुर्याउँछ।
यस मेगा मनसुन सर्भिस क्याम्पमा स्पेयर पार्ट्स, लेबर चार्ज र लुब्रिकेन्टमा १५ प्रतिशत छुट उपलब्ध छ। ग्राहकहरूले यी अफरहरूको लाभ उठाएर आफ्नो गाडीको लामो आयु बढाउन सक्ने छन्। अकस्मात बिग्रने सम्भावना घटाउने छन् भने यात्रालाई अझ सुरक्षित र ढुक्क बनाउन सक्छन्।
यो सर्भिस क्याम्प नेपालभरि फोटोनका ट्रक, भ्यान र अन्य कमर्सियल गाडीहरूका लागि मात्र उपलब्ध हुनेछ। इच्छुक ग्राहकहरूले ९८०२३६७५०१ वा ९८५१४१७१२२ मा फोन गरेर अग्रिम बुकिङ गर्न सक्ने छन्।