काठमाडौं। नेपाली बजारमा याडियाको भेलक्स सिरिज सार्वजनिक भएको छ। नेपालका लागि याडिया बिक्रेता कुजु नेपालले याडियाको भेलक्स सिरिज नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक गरेको हो।
कम्पनीले भेलक्स सिरिजअन्तर्गत ३ वटा मोडल सार्वजनिक गरेको छ। यसमा भेलक्स फास्ट चार्जिङमको मूल्य ३ लाख ६० हजार, भेलक्स यूको मूल्य ४ लाअख ५० हजार र भेलक्स एच मोडलको मूल्य २ लाख ८५ हजार रुपैयाँ निर्धारण गरेको छ।
सबैभन्दा आकर्षक मोडल मानिएको भेलक्स फास्ट चार्जिङ स्कुटर २० मिनेटमै ८० प्रतिशतसम्म चार्ज हुन्छ। यसमा ७६ भोल्ट, ३० एएच क्षमताको एलएफपी ब्याट्री प्रयोग गरिएको छ, जसले ११० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले जनाएको छ। कम्पनीले यसको ब्याट्रीमा ३ वर्ष अर्थात् ३० हजार किलोमिटर वारेन्टी दिएको छ।
यस्तै, भेलक्स यु मा ४.९ किलोवाट क्षमताको शक्तिशाली मोटर जडान गरिएको छ। यसको टप स्पीड ८० किलोमिटर प्रतिघण्टा रहेको छ। यसमा ७४ भोल्ट, २० एएचको एलएफपी ब्याट्री प्रयोग गरिएको छ, जसले १४० किलोमिटरसम्मको रेन्ज दिनेछ। कम्पनीले यसमा २ वर्ष २० हजार किलोमटिर वारेन्टी दिएको छ।
तेस्रो मोडल भेलक्स एचमा ३.२ किलोवाट क्षमताको मोटर छ। यसमा ७२ भोल्ट, ३० एएच एलएफपी ब्याट्री जडान गरिएको छ।
यो स्कुटरले १०० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ। तीन वटै मोडलमा एलएफपी ब्याट्री प्रयोग गरिएकाले सुरक्षित, टिकाउ र भरपर्दाे पर्फर्मेन्स दिने विश्वास कम्पनीको छ। कम्पनीले यसमा ३ वर्ष ३० हजार किलोमिटर वारेन्टी दिएको छ।