काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोमा हल १ मा प्रवेश गर्नेबित्तिकै बायाँ तर्फ एमजीको स्टल छ। स्टलमा ५ वटा मोडलका गाडी प्रदर्शनीमा राखिएको छ। त्यही स्टलमा रहेका नयाँ मोडलका गाडी आकर्षक छुट अफर, डिजाइनले एक्स्पो अवलोकन गर्न आउनेको ध्यान खिचिरहेको छ।
नेपालका लागि एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एमजी कोमेट, एमजी फोर ईभी, एमजी एस–५ र वीन्डसर ईभी एमजीको स्टलमा प्रदर्शनमा राखेको छ। कम्पनीले आफ्ना सबै मोडलमा नगद छुटका साथै, बीमा निशुल्क चार्जर पनि छुट दिने घोषणा गरेको छ। जसका कारण पनि एमजी ब्रान्डको स्टलमा उल्लेखनीय रूपमा दर्शक तथा ग्राहकको ध्यान खिच्न सफल भएको हो।
पारामाउन्ट मोटर्सका मार्केटिङ हेड सविर खड्काका अनुसार नाइमा मोविलिटी एक्स्पो र आउँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर कम्पनीले केही छुटको स्कीम ल्याएको हो। ‘एक्स्पो अवधिका लागि एमजीका सबै मोडलमा आकर्षक छुट सुविधा दिएका छौं,’ उनले भने, ‘एक्स्पोको दोस्रो दिन नै हाम्रो गाडीको लागि राम्रो इन्क्वाइरी आइरहेको छ।’
एक्स्पोका लागि ल्याइएको स्कीम भेरियन्टअनुसार फरक–फरक रहेको उनको भनाइ छ। कम्पनीले एस–५ को इन्ट्री भेरियन्ट कम्फर्टमा नगद १ लाख रुपैयाँ छुट दिने घोषणा गरेको छ। यो भेरियन्टको मूल्य ४३ लाख ९९ हजार रहेकामा अब ४२ लाख ९९ हजारमा कम्फर्ट भेरियन्ट खरिद गर्न सकिन्छ।
कम्फर्ट भेरियन्टमा ५१ किलोवाट आवरको ब्याट्री छ। यसमा नगद छुटसँगै एक वर्षको बीमा र ७ किलोवाटको चार्जर निःशुल्क दिने कम्पनीले जनाएको छ।

सबैभन्दा धेरै बिक्री हुँदै आएको लग्जरी भेरियन्टमा २ लाख ५० हजार नगद छुट दिने स्कीम घोषणा भएको छ। यसको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ रहेकोमा छुटपछि ४७ लाख ४९ हजार रुपैयाँमा डिलक्स भेरियन्ट खरिद गर्न सक्नेछन्। यसमा पनि कम्पनीले एक वर्षको बिमा र निःशुल्क ७ किलोवाटको एसी चार्जर दिनेछ।
ठूलो ६४ किलोवाट आवरको ब्याट्री भएको डिलक्स भेरियन्टको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ रहेको छ। यसमा पनि २ लाख ५० हजार नगद छुट दिने कम्पनीले जनाएको छ। नगद छुटपछि ५२ लाख ४९ हजारमा ठूलो ब्याट्री भएको डिलक्स खरिद गर्न सकिने कम्पनीले जनाएको छ।
एमजी फोर ईभी
कम्पनीले नाइमा एक्स्पोमा ल्याएको स्किममा एमजी फोर ईभीमा ४ लाखसम्म नगद छुट दिने घोषणा गरेको छ। नेपाली बजारमा एमजी फोरका दुई भेरियन्ट उपलब्ध छन्। यसमा कम्पनीले कम्फर्ट भेरियन्टमा १ लाख रुपैयाँ छुट दिने घोषणा गरेको छ।
एमजी फोरको लक्जरी भेरियन्टको बिक्री मूल्य ४१ लाख ४९ हजार रहेकोमा छुटपछि ४० लाख ४९ हजार रुपैयाँमा किन्न सकिन्छ। यसमा नगद छुटसँगै एक वर्षको बीमा र ३ किलोवाटको चार्जर निःशुल्क दिने कम्पनीले जनाएको छ।
त्यस्तै यसको लक्जरी भेरियन्टमा ४ लाख रुपैयाँसम्म छुट दिने घोषणा कम्पनीले गरेको छ। एमजी फोरको लक्जरी भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रहेकोमा छुट पछि ४५ लाख ९९ हजार रुपैयाँमा किन्न सकिन्छ। यसमा नगद छुटसँगै एक वर्षको बिमा र ७ किलोवाटको चार्जर निःशुल्क दिने कम्पनीले जनाएको छ।
कोमेट
दुई भेरियन्टमा उपलब्ध कोमेट ईभीमा ५० हजार रुपैयाँसम्मको छुट दिने घोषणा कम्पनीले गरेको छ। एमजी कोमेटको टप भेरियन्टमा ५० हजार रुपैयाँ नगद छुटसँगै एक वर्षको बिमा र ३ किलोवाटको चार्जर निःशुल्क दिने कम्पनीले जनाएको छ। यसको मुल्य २१ लाख ७४ हजार रुपैयाँ रहेको छ।
एमजी कोमेटको १९ लाख ९९ हजार रुपैयाँ पर्ने भेरियन्टमा २५ हजार रुपैयाँसम्म नगद छुटसँगै एक वर्षको बीमा र ३ किलोवाटको चार्जर निःशुल्क दिने कम्पनीले जनाएको छ। दुई भेरियन्टमा उपलब्ध एमजी वीन्डसरमा भने एक वर्षको बिमा र ३ किलोवाटको चार्जर निःशुल्क दिने कम्पनीले जनाएको छ।
कम्पनीले भर्खरै ७४ लाख ९९ हजार रुपैयाँमा सार्वजनिक गरेको आइएम सिक्समा १ लाख ५० हजार रुपैयाँसम्म नगद छुटसँगै एक वर्षको बिमा र ७ किलोवाटको चार्जर निःशुल्क दिने कम्पनीले जनाएको छ। एक्स्पोमा आईएम सिक्स खरिद गर्ने ग्राहकले ७३ लाख ४९ हजार रुपैयाँमा किन्न सकिने कम्पनीले घोषणा गरेको छ।