काठमाडौं। दुई पांग्रे इलेक्ट्रिक ब्राण्ड निउले नेपाल नाइमा मोबिलिटी एक्स्पो २०२५ मा दुई नयाँ भेरियन्टको विद्युतीय मोटरसाइकल र स्कुटर सार्वजनिक गरेको छ।
निउले नेपाल नाइमा मोबिलिटी एक्सपोमा शनिबार एफक्युआई ३०० र आरक्युआई नामको दुई विद्युतीय मोटरसाइकल सार्वजनिक गरेको हो।
सन् २०१४ मा स्थापना भएको निउ टेक्नोलोजीले ५० भन्दा बढी देशमा ३० लाखभन्दा बढी युनिट बेचिसकेको छ। यो कम्पनीले मुख्य दिगो, बौद्धिक र डिजाइनमैत्री इलेक्ट्रिक सवारी साधनको माध्यमबाट शहरी यातायातको क्षेत्रमा क्रान्ति ल्याउने लक्ष्य राखेको छ।
नेपालमा निउ सन् २०१७ देखि ईभी दुई पांग्रे सवारी क्षेत्रमा आफ्नो हिस्सा ओगट्दै आएको छ। आफ्नो उत्पादनबाट हजारौँ ग्राहक सन्तुष्ट भएका कारण बजार हिस्सा बढ्दै गएको कम्पनीको भनाइ छ।
विद्यार्थी, पेशागत समूह, डेलिभरी सेवा र शहरी युवा माझ निउ ब्राण्डको मोटरसाइकल निक्कै लोकप्रिय बनेको कम्पनीको भनाइ छ।
शक्तिशाली र प्रिमियम डिजाइन
निउले नयाँ स्कुटर एफक्युआई ३०० सार्वजनिक गरेको छ। दैनिक रुपमा सहज यात्रा गर्नेका लागि यो स्कुटर अत्यन्तै उपयुक्त रहेको कम्पनीले जनाएको छ।

यो स्कुटरको उच्चतम गति ९९ किलोमिटर प्रतिघण्टा छ भने यसले १५० किलोमिटरसम्म प्रतिघण्टामा दूरी पार गर्न सक्छ। यसमा ७२ भोल्टको डुअल लिथियम आयन ब्याट्री जडान गरिएको छ।
यसमा निउ स्मार्ट एपतर्फ जीपीएस, क्लाउड, कनेक्टिभिटी, डाइग्नोस्टिक्स, बोल्ड लेड म्याट्रिक्स बत्ती, स्पोर्टी डिजाइनलगायतका सुविधा उपलब्ध छन्।
आरक्युआईः इलेक्ट्रिक प्रदर्शनको नौलो आयाम
निउले आफ्नो प्रमुख मोडेल आरक्युआई मोटरसाइकलको पनि सुरुआतको घोषणा गरेको छ। यो मोटरसाइकलको उच्चतम गति १६० किलोमिटर प्रतिघण्टा छ। यो मोटरसाइकलले एक घण्टामा १८० किलोमिटरभन्दा बढी दूरी पार गर्न सक्छ।
यसमा डुअल ब्याट्री र फास्ट चार्जिङको सुविधाका साथै स्मार्ट कनेक्टिीभिटी एआई, जिपिएस, एण्टी थेफ्टलगायतको सुविधा उपलब्ध गराइएको छ।