काठमाडौं। विश्वप्रसिद्ध चिनियाँ ईभी ब्रान्ड जिली एक्स-५ र जेवाई एयरका गाडी मंगलबारदेखि सुरु भएको नाडाको उद्घाटन समारोहको क्रममा औपचारिक रूपमा सार्वजनिक गरिएको छ।
सार्वजनिक भएसँगै जिली एक्स-५ म्याक्स र प्रोका साथै जेवाई एयर अल्ट्रा र लाइट अत्याधुनिक सुविधा र आकर्षक छुटसहित नेपाली उपभोक्ताका लागि आजदेखि टेष्ट ड्राइभ र खरिद दुवैका लागि उपलब्ध भएका छन्।
ड्रिम स्मार्ट चाइनाको अधिकृत आयातकर्ता एलआरआर मोटर्सले नेपालमा जिली एक्स ५ भित्राएको हो भने एलआरआर मोटर्स जेवाई अटो ग्रुपको नेपालका लागि पनि आधिकारिक आयातकर्ता रहेको छ।
यस वर्षको नाडा अटो शोमा कम्पनीले अटो प्रेमी र खरिदकर्ताका लागि विशेष छुट योजना घोषणा गरेको छ। अब ग्राहकले आकर्षक जिली एक्स-५ म्याक्स ६४ लाख ९९ हजारमा लैजान सक्ने छन्। जुन वास्तविक मूल्यभन्दा ३ लाख कम हो।
त्यस्तै, स्टाइलिस जिली म्याक्स-५ प्रो ५४ लाख ९९ हजारमा उपलब्ध छ। यसको वास्तविक मूल्य ५८ लाख कायम भएको थियो। त्यसैगरी, जेवाई एयरका प्रिमियम मोडलमा पनि आकर्षक छुट योजना ल्याइएको छ। ६८ लाखको मूल्य रहेको जेवाई एयर अल्ट्रा ६४ लाख ९९ हजारमा उपलब्ध छ। सुरुमा ५४ लाख मूल्य भएको जेवाई एयर लाइट ४९ लाख ९९ हजारमै खरिद गर्न सकिने छ।

यी विशेष अफरसँगै एलआरआर मोटर्सले स्टाइल, फिचर र दिगोपनामा रुचि राख्ने नेपाली उपभोक्तामाझ ई-मोबिलिटीलाई अझ सहज र आकर्षक बनाउन लागेको छ।
यसैगरी, एलआरआर मोटर्सले जिली एक्स-५ र जेवाई एयर दुवै मोडल खरिद गर्ने ग्राहकका लागि विशेष बुकिङ योजना पनि घोषणा गरेको छ। जसमा दुई लाखको ननरिफण्डेबल बुकिङ गर्ने खरिदकर्ताले छुटसहितको मूल्य सुनिश्चित गर्नुका साथै आइफोन १६ प्रो म्याक्स वा एक तोला सुन, वा एक लाख ८० हजारसम्मको नगद छुटमध्ये कुनै एक पाउने अवसर प्राप्त गर्ने छन्।
यो सीमित अवधिको अफरले ग्राहकलाई थप मूल्य प्रदान गर्नेतर्फको कम्पनीको प्रतिबद्धता झल्काउने तथा ई-मोबिलिटीलाई अझ आकर्षक बनाउने कम्पनीको विश्वास लिएको छ।