काठमाडौं। टाटा मोटर्सले यस वर्षको नाडा अटो शो २०२५ मा आफ्नो विद्युतीय सवारी साधनको नवीनतम शृङ्खला प्रस्तुत गर्दै प्रदर्शनीलाई विद्युतीय बनाएको छ। सिप्रदी ट्रेडिङ प्रा।लि।सँगको साझेदारीमा टाटाले टाइगो इभीको नयाँ एरिजोना ब्लू रंग पहिलो पटक सार्वजनिक गरेको छ।
यस वर्षको अटो शोमा प्रदर्शित विभिन्न मोडलहरूमा रहेका छन्। यी मोडलहरूले बोल्ड डिजाइन, उत्कृष्ट लुक्स र भविष्य मैत्री प्रविधिको संयोजनमार्फत ग्राहकलाई नयाँ अनुभव दिने कम्पनीको दाबी छ।
यसै अवसरमा, टाटाले ग्राहकका लागि विशेष अफरहरू ल्याएको छ। जसअन्तर्गत सिप्रदीको देशव्यापी चार्जिङ नेटवर्कमा आजीवन निःशुल्क, आकर्षक छुट र राम्रो एक्सचेञ्ज मूल्य, ३ वर्षसम्म निःशुल्क सर्भिसलगायतका रहेका छन्।
यसरी, अफर र नयाँ मोडलहरूको संयोजनले नेपालमा विद्युतीय सवारी साधन बजारलाई अझ प्रतिस्पर्धी र आकर्षक बनाउने कम्पनीको विश्वास छ। टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका इन्टरनेशनल बिजनेस प्रमुख यश खण्डेलवालका अनुसार टाटाले यसपटक प्रस्तुत गरेको नवीन इभी पोर्टफोलियोले नेपालमा मोबिलिटीको भविष्यलाई अझ दिगो र आधुनिक बनाउने छ।
त्यस्तै, सिप्रदी ट्रेडिङ प्रा।लि।का सिइओ राजन बाबु श्रेष्ठले यस प्रदर्शनीलाई नेपालमा विद्युतीय सवारी साधन क्रान्ति तीव्र बनाउने महत्वपूर्ण मञ्चका रूपमा व्याख्या गर्दै सम्पूर्ण ग्राहकलाई उपयुक्त मोडल र बजेटअनुसारको विकल्प उपलब्ध हुने बताए। टाटाले यसै अटो शोमा नयाँ सफारी पनि सार्वजनिक गरेको छ। जसमा एडास, मेमोरी सिट, ड्युल जोन क्लाइमेट कन्ट्रोल, टेरेन रिस्पोन्स मोड्सलगायतका प्रिमियम विशेषताहरू छन्। यसको मूल्य एक करोठ २१ लाख ९९ हजारबाट सुरु हुन्छ।
नाडा अटो शो भदौ ३ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको छ। टाटा मोटर्स र सिप्रदी ट्रेडिङ्गले सम्पूर्ण अटोप्रेमीलाई आफ्ना नयाँ मोडल र सीमित अवधिका अफरनजिकैबाट अवलोकन गर्न आमन्त्रण गरेको छ।