काठमाडौं। नेपालको अग्रणी व्यापारिक संस्था लक्ष्मी ग्रुपले भदौ ७ र ८ गते (शनिबार र आइतबार) काठमाडौंको गैह्रीधारास्थित सिल्भर ओकमा प्रदर्शनी 'लक्सपेरियन्स २०२५' आयोजना गर्ने भएको छ।
प्रदर्शनी बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन हुने जनाइएको छ। यो प्रदर्शनीलाई विश्वस्तरीय अटो ब्रान्डहरू हुण्डाई, बिएमडब्लू, कायी र फरथिङ जस्ता ब्राण्ड प्रदर्शनी हुने भएको छ।
नेपालकै अटोमोबाइल इभेन्टमा पहिलो पटक बिएमडब्लूको सहभागिता रहने भएकाले यो प्रदर्शनी कारप्रेमीका लागि थप रोमाञ्चक र अविस्मरणीय बन्ने अपेक्षा गरिएको छ।
प्रदर्शनीमा आगन्तुकले नयाँ कार खरिदमा विशेष छुट र आकर्षक अफर पाउने छन्। साथै तत्काल कार मूल्यांकन, लोयाल्टी बोनस, सहज फाइनान्स सुविधा र इन्स्योरेन्स सेवा समेत उपलब्ध हुने छन्।
कार्यक्रममा सहभागी हुने आगन्तुकले नयाँ कार खरिद गर्न वा पुरानो कार साट्न उत्कृष्ट अवसर प्राप्त गर्ने छन्। त्यस्तै, नयाँ मोडल र अत्याधुनिक प्रविधिको प्रत्यक्ष अनुभव गर्ने, ब्रान्डका प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने तथा व्यक्तिगत विशेष डिल पाउने अवसर पनि पाउने छन्।
प्रदर्शनी केवल कारसम्म सीमित हुने छैन। आगन्तुकका लागि आकर्षक नेल आर्ट, मेहेन्दी सेवा, नि:शुल्क पौडीलगायत सबै उमेर समूहलाई आकर्षित गर्ने मनोरञ्जनात्मक गतिविधिसमेत उपलब्ध गराइने छ। यसले सम्पूर्ण कार्यक्रमलाई अझै रोचक, जीवन्त र पारिवारिक उत्सवको रूपमा परिणत गर्ने आयोजक लक्ष्मी ग्रुपले जनाएको छ।