काठमाडौं। नाडा अटो शो २०२५ ले यसपटक ऐतिहासिक उपलब्धि हासिल गरेको नाडा अटोमोबाइल एसोसिएसन नेपालले बताएको छ। यस वर्ष केवल ४ दिनमै १ लाख ४३ हजार ४७ जना दर्शकले अवलोकन गरिसकेका छन्।
यो तथ्यांकले नागरिकको नवीन प्रविधि र अटो शोप्रति धेरै चासो र जिज्ञासा रहेको देखिएको नाडाको भनाइ छ। नाडा अटो शोमा देशका विशिष्ट व्यक्तिले समेत अवलोकन गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्र्रसाद दाहाल, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नाडा शो अवलोकन गरेका छन्।

यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल, सांसद योगेश भट्टराई, हरि ढकाल, शिशिर खनाल तथा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापाले अवलोकन गरेका छन्।
त्यसैगरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर रावत, नेपाली सेनाका रथी निर्मलकुमार थापा, प्रहरी अतिरिक्त महानिरीक्षक टेकवहादुर तामाङ, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री, अर्थ मन्त्रालयका सहसचिव महेशकुमार भट्टराई, भन्सार विभागका उपमहानिर्देशक अमृत लम्साल, यातायात व्यवस्था विभागका निर्देशक नरहरि तिवारीले पनि नाडा शो अवलोकन गरेका छन्।
नाडाका अनुसार राष्ट्र बैंकका कार्यकारी निर्देशक श्री गुरुप्रसाद पौडेल, नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डका कार्यकारी निर्देशक आशीष गजुरेल, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले प्रदर्शनी अवलोकन गरिसकेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी, सार्वजनिक यातायातको केन्द्रीय महासंघ नेपालका अध्यक्ष डोलनाथ खनाल, नेपाल बंैकर्स एसोसिएसनका उपाध्यक्ष सुरेन्द्र रेग्मीलगायत नाडा अटो शो २०२५ अवलोकन गरेको नाडाले बताएको छ।