काठमाडौ। नाडा अटो शो २०२५ मा ४ हजार बढी सवारीसाधन बुकिङ भएको नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आयोजना जनाएको छ।
आइतबार सम्पन्न ६ दिने १७औं संस्करणको नाडा अटो शोमा सबैभन्दा धेरै बुकिङ बिवाईडीको भएको छ।
नेपालका लागि बिवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले नाडा र नाइमा दुवै अटो शोमा भाग लिएको थियो। नाडा अटो शोमा बिवाईडीका १ हजार ४०० गाडी बुकिङ भएका छन्।
त्यसैगरी सिप्रदी ट्रेडिङले प्रदर्शनीमा राखेको टाटाको ८०० युनिट बुकिङ भएको छ। एमएडब्लु वृद्धिले डिपल, लुमिन, नामी, सेरेस र फोटोनलगायतका ब्रान्ड प्रदर्शनीमा राखिएका थिए।
नाडा अटो शोमा नामि ८१२ युनिट, डिपल ६०७ युनिट, सेरेस १०३ युनिट सिजीको एक्सपेङ ७० युनिट बुकिङ भएको छ। नयाँ ब्रान्डको रुपमा नेपाल भित्रिएको जिनपेङ१०२ युनिट बुकिङ हुँदा जिलीको ग्यालेक्सी १८७ युनिट बुकिङ भएको छ।
दुई पांग्रेमा हिरोको ६० युनिट, रोएल इन्फिल्ड १६० युनिट बुकिङ भएको छ।
यस पटकको नाडा अटो शो २०२५ अपेक्षाभन्दा धेरै राम्रो भएको प्रतिक्रिया व्यवसायीले दिएका छन्। गत वर्ष करिब ३ हजार ८०० बढी चारपांग्रे गाडी बुकिङ भएको नाडाको विवरणमा उल्लेख छ।