काठमाडौं। नेपालमा ओमोडा एन्ड जेईको गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले बहुप्रतिक्षित ‘आइकार भी-२३’को पहिलो झलक प्रस्तुत गरेको छ। सोमबार काठमाडौंमा एक 'प्रिभ्यू कार्यक्रम आयोजना गर्दै उक्त गाडीको पहिलो झलक प्रस्तुत गरेको हो।
कम्पनीले उक्त गाडीको मूल्य ४७ लाख रुपैयाँ तोकेको छ। ओमोडा एन्ड जेइको र आइकार दुवै चिनियाँ अटोमोबाइल निर्माता ‘चेरि ग्रुप’को हिस्सा हो, जसले विगत दुई दशकदेखि चीनको सबैभन्दा ठूलो अटोमोबाइल निर्यातकर्ताको स्थान कायम राख्दै आएको छ। चेरिले विश्वका ८० भन्दा बढी मुलुक र क्षेत्रमा निर्यात गर्दै विश्वभर १ करोड ३० लाखभन्दा बढी सवारीसाधन वितरण गरी बलियो अन्तर्राष्ट्रिय उपस्थिति बनाएको छ।
आइकार भी-२३ ले रगेड एस्थेटिक्स र अत्याधुनिक प्रविधिको संयोजनमार्फत आफ्नो श्रेणीमा नयाँ बेन्चमार्क स्थापित गरेको छ। साइबर टेक डिजाइनसहितको यो रेट्रो-क्लासिक एसयुभि टफ (मजबुत) मात्र नभई अत्यन्त सुक्ष्म इन्जिनियरिङमा आधारित छ। यसमा १०० किलोवाटको सिङल मोटर सेटअप रहेको छ्ज। जसले १८० न्युटनमिटरको टर्क प्रदान गर्छ, साथै ५९.९३ किलोवाट आवरको ब्याट्री प्याकसहित उपलब्ध छ।
यस एसयुभीको लम्बाइ ४,२२० एमएम, चौडाइ १,९१५ एमएम, उचाइ १,८४५ एमएम र हिवलबेस २,७३५ एमएम रहेको छ। नेपालसहित विश्वभर रगेड देखिने विद्युतीय सवारीसाधनप्रति बढ्दो उपभोक्ता चासोलाई प्रतिबिम्बित गर्दै भी-२३, ६ वटा विभिन्न रंग विकल्पमा उपलब्ध हुनेछ। यसको क्याविनले आराम र व्यावहारिकतालाई प्राथमिकता दिएको छ, अगाडिको प्रशस्त स्पेसले दुवै ढोकाबाट सजिलै भित्र आउने र निस्कने गर्न मद्दत गर्छ भने पछाडिको रियर सिटिङ अझ फराकिलो छ।
यस एसयुभिको भित्र विशेष रूपमा डिजाइन गरिएका मेकानिकल नबहरु (डायलहरु) रहेको छ, जसले ट्याक्टाइल (स्पर्शजन्य) विशेषताहरुलाई र आधुनिक स्टाइलिङमा प्रस्तुत गर्दछ। यो एसयुभिको ७० प्रतिशतभन्दा बढी भाग, हाइ स्ट्रेन्थ स्टिलको प्रयोग गरी हाइ-रिजिडिटी बडीमा निर्मित रहेको छ। भी-२३ ले इन्टरप्राइज-ग्रेड ब्याट्री सेफ्टि' मापदण्ड पालना गरेको छ, जसले आइकारको टिकाउपन र सुरक्षाप्रतिको प्रतिबद्धतालाई झल्काउँछ।
कार्यक्रममा सहभागीहरूले गाडीको 'इन्टेलिजेन्ट टेक विशेषताको प्रत्यक्ष अनुभव गरेका थिए भने ड्राइभिङ अनुभव पनि लिने मौका पाएका थिए। ओमोडा एन्ड जेइकोको समेत आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले नेपाली ग्राहकका लागि विद्युतीय सवारी अनुभवलाई नयाँ स्तरमा पुऱ्याउने लक्ष्य राखेको छ।
आइकार एक नयाँ पुस्ताको विद्युतीय सवारीसाधन ब्रान्ड हो जसको ग्लोबल सार्वजनिकिकरण अगस्ट २०२५ मा भएको हो। यसको पहिलो मोडल भी-२३ नेपालमा समेत छिट्टै सार्वजनिक हुँदैछ, जसले रगेड एडभेन्चर-रेडि क्षमता र स्मार्ट प्रविधिलाई एकैसाथ जोड्दै एसयुभि श्रेणीमा नयाँ परिभाषा दिन्छ।