नेपाली बजारमा स्थापित लक्जरी एवं प्रिमियम ईभी एसयुभीको रुपमा परिचित रियल ईभी स्काइवेलका बी११ र इटी५ मोडलका सवारीको नाडा अटो शो २०२५ मा १३१ वटा सवारी युरोप टुर्, हिराको हार एबम लक्की ड्र मा रोलेक्स घडी प्राप्त हुने अफरमा बुकिङ्ग भएको छ।
यस वर्षको नाडा अटो शोले हाम्रा स्काइवेलका प्रिमियम एसयुभीमा ग्राहकहरुको इच्छा चाहाना एवं बुकिङ्गका लागि उनीहरुको तत्परता देखेर उत्साहित भएको बताए । आयोजक नाडा एवं सम्पूर्ण आगन्तुक र मिडिया क्षेत्रलाई धन्यवाद दिएको छ।
हाल जि मोटर्सको शोरुम नक्साल, राधे राधे भक्तपुर र इटहरीमा छन्। बिर्तामोड, पोखरा, चितवन र जनकपुरमा डिलर स्थापना भइसकेको छ। आउने दिनमा बुटवल, नेपालगन्ज र धनगढीमा डिलर स्थापनाको तयारी छ।
स्काइवेलका विद्युतीय सवारी जर्मनी, इजरायल्, टर्की र रसियालगायत ५८ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ।
स्काइवेल इटी५ का प्रिमियम र विशेष विशेषता:
- ८६ किलोवाट आवरको ब्याट्री प्याक (लिथियम टर्नोटरी)
- १५० किलोवाट मोटर क्यापासिटी
- ६२० किमी रेन्ज फर्स्ट टाईम इन नेपाल
- अटो पार्किङ्ग
- मेट्रिक्स लेजर हेडलाइट
- मोसन सेन्सर बेस्ड रियर टेलगेट ओपनर
- फुल साइज प्यानारोमिक सनरुफ र मुनरुफ
उच्च प्रविधियुक्त र नेपालमा उपलब्ध ईभी सवारी मध्य सर्वाधिक रेन्ज दिने स्काइवेलको विद्युतीय एसयूभी इटी५ भित्र्याएको हो। स्काइवेल इटी५ ले एक पटकको फुल चार्जमा ६२० किलोमिटर रेन्ज दिन्छ।
स्काइवेल इटी५ मा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। त्यस्तै यो एसयूभीमा १५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ। स्काइवेल इटी५ विशेष गरी इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर इभी प्ल्याटफर्ममा बनेको हो।
यी विशेषताले यो विद्युतीय एसयूभीलाई प्रिमियम क्याटोगोरी प्रदान गरेको छ। यस्को टपस्पिड १६० प्रतिघन्टा भन्दा बढी रहेको छ। जसले उपभोक्तालाई उच्च गतीको सवारी ड्राईभिङ्ग अनुभूति दिलाउने छ।
स्वाइवेल इटी५ मा प्यानारोमिक सनरूफसहित स्क्सक्लुसिभ पेटेन्डेड स्लिप सिट र मेट्रिक्स लेजर हेडलाइटले उपभोक्तालाई लक्जरी प्रदान गर्छ।