काठमाडौं। दक्षिण अफ्रिकाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा सहयोग विभाग (डिआइआरसिओ)ले औपचारिक रुपमा अमेरिकालाई जी-२० को अध्यक्षता हस्तान्तरण गरेको दक्षिण अफ्रिकी प्रसारण निगम (एसएबिसी)ले जनाएको छ।
'दक्षिण अफ्रिकाबाट अमेरिकालाई जी-२० को अध्यक्षता हस्तान्तरण प्रिटोरियामा भएको छ। तर यो गोप्य रूपमा भएको छ,' एसएबिसीले जनाएको छ।
'विदेश मन्त्रालयले हस्तान्तरणमा सहभागी अधिकारीहरूको पहिचान खुलाएको छैन,' एसएबिसीले अगाडि भनेको छ, 'अमेरिका धेरै ठूलो तामझामसहित हस्तान्तरण कार्यक्रम गर्न नचाहेका कारण यो गोप्य भएको छ। यो केवल दक्षिण अफ्रिकी मुद्दा थिएन।'
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आइतबार जोहानेसबर्गमा जी-२० शिखर सम्मेलनको औपचारिक समापन गरेका थिए।
रामाफोसाले आफ्नो समापन मन्तव्यमा भने, 'जी-२० समूहको यो शिखर सम्मेलनले औपचारिक रुपमा सम्मेलनको समापन गर्नेछ र अब जी-२० को नेतृत्व अर्को मुलुकमा जानेछ। अबको नतृत्वकर्ता मुलुक अमेरिकामा हामी अर्को वर्ष फेरि भेट्ने छौँ।'
सामान्यतया, गेभेल अर्को राष्ट्रपति पदको नेतालाई हस्तान्तरण गरिने परम्परा रहेको छ। राष्ट्रपति रामाफोसाका प्रवक्ता भिन्सेन्ट मग्वेन्याले शनिबार दक्षिण अफ्रिकाका राष्ट्रपतिले उक्त सम्झौता कनिष्ठ दूतावासका अधिकारीलाई नदिने बताए।
उनले भने, 'यो नियमको उल्लंघन हो। सिद्धान्ततः नेतृत्वलाई कनिष्ठ अधिकारीलाई जिम्मा लगाउने अनुमति छैन।'
उनले भने, 'अमेरिकाले शिखर सम्मेलन बहिष्कार गर्ने निर्णय गरेको छ। यो उनीहरूको छनौट हो, र त्यसो गर्नु उनीहरूको विशेषाधिकार हो। तर, जबरजस्ती नियम उल्लङ्घन गर्न कसैलाई पनि अनुमति छैन।'
अमेरिकाले दक्षिण अफ्रिकी अश्वेत समुदायमाथि दुर्व्यवहार र ‘नरसंहार’को आरोप लगाउँदै जी २० शिखर सम्मेलनमा कुनै पनि अमेरिकी अधिकारी नपठाएर दक्षिण अफ्रिकामा भएको शिखर सम्मेलन बहिष्कार गरेको छ।
अमेरिकी ट्रम्प प्रशासनले आफुमाथि लगाएको आरोपको दक्षिण अफ्रिकाले कडा रूपमा खण्डन गर्दै आएको छ।
अमेरिकाले औपचारिक रुपमा डिसेम्बर १ मा जी-२० समूहको अध्यक्ष पदको कार्यभार सम्हाल्ने कार्यक्रम छ। यो विश्वका धनीहरू देशको समूह हो।