काठमाडौं। अमेरिकामा बस्दै आएका उद्यमी दिलिप ढकाल संस्थापक रहेकाे अमेरिकी कम्पनी 'भिल'ले काठमाडौंमा आफ्नो कार्यालय औपचारिक रूपमा खोलेको छ। कम्पनीले यो कार्यक्रमलाई सिलिकन भ्यालीको आफ्नो टीमसँग सोशल मिडिया लाइभस्ट्रिमका माध्यमबाट जोडिएको थियो।
सामग्री सिर्जनकर्ताहरू र विश्वव्यापी ब्रान्डलाई जोड्ने पद्धतिमा क्रान्तिकारी परिवर्तन ल्याउने भिलले अमेरिकी सामग्री सिर्जनाकर्ताहरू र ब्रान्डहरूलाई अधिक प्रभावकारी र लाभजनक तरिकामा सहयोग गर्न आवश्यक उपकरण प्रदान गरेको छ। यसमार्फत अमेरिकी सिर्जनाकर्ताहरूको उत्पादकत्व र आम्दानी बढ्ने अपेक्षा गरिएकाे छ।
भिलका संस्थापक ढकालले सिलिकन भ्यालीमा २०१३ देखि काम गर्दै आएका छन्। उनी प्रविधि, अनुप्रयोग र विविधताको शक्तिमा विश्वास राख्छन्। ढकालले विश्वखाप ब्रान्डहरू र सामग्री सिर्जनाकर्ताबीच पुल बनाउन भिलले मद्दत गर्ने बताएका छन्।
अमेरिकी राजदूत डीन आर. थम्पसनले उक्त कार्यलाइ अमेरिका-नेपाल प्रविधि साझेदारीको महत्त्व उजागर गर्ने अवसरको रूपमा देखेका छन्। भिल जस्ता अमेरिकी कम्पनीहरू नेपालमा ठूला अवसरहरू खोज्ने र साथसाथै आफ्नो अमेरिकी सेवा विस्तारले दुवै राष्ट्रका लागि नयाँ सम्भावनाहरू सृष्टि गरिरहेकाे बताए। भिलले हाल संयुक्त राज्य अमेरिका र नेपालमा कर्मचारीहरू नियुक्त गरेको छ र अझै विस्तार गर्ने योजनामा रहेको छ।
आर्थिक विकास र रोजगार सृष्टि
राजदूत थम्पसनले आमेरिकी-नेपाली प्रविधि साझेदारीको लाभहरू उल्लेख गर्दै भिलको नेपाल विस्तार नेपालको निजी क्षेत्रमा आधारित आर्थिक विकासमा योगदान दिने कुरा जनाएका छन्।
उनीले अमेरिकी सहयोग र नेपाली कौशल विकास, ऊर्जा आपूर्तिको विकास जस्ता क्षेत्रमा गरिएको प्रयासहरूलाई दुवै राष्ट्रका लागि नयाँ अवसरहरू सृष्टि गरिरहेको बताएका छन्। व्यवसायी डिलिप ढाकालको भिलको काठमाडौं कार्यालय खोलिएको यो घटना नेपाली प्रविधि क्षेत्रमा भएको उल्लेखनीय प्रगतिको प्रतीक मानिइरहेको छ।