काठमाडौं। उद्यमशीलता प्रवर्द्धन तथा युवा उद्यमीको सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको वैभव उद्यमी सम्मान कार्यक्रम २०८२ सम्पन्न भएको छ। यस वर्षको वैभव उद्यमी सम्मानअन्तर्गत राइजिङ इन्टरप्रेनर विधामा भकारी बिजनेस हाउस प्रालि। सम्मानित भएको छ भने इमर्जिङ सक्सेसफुल इन्टरप्रेनर विधामा पोलिटेक रिसाइकलले सम्मान प्राप्त गरेको छ।
भकारी बिजनेस हाउस नेपाली हिमालयन वेलनेसका उत्पादनको उत्पादन तथा बजारीकरण गर्दै आएको कम्पनी हो, जसले हाल २५ जना युवालाई प्रत्यक्ष रोजगारी दिएको छ। त्यस्तै, पोलिटेक रिसाइकल फोहोर वर्गीकरण तथा पुनर्चक्रणसम्बन्धी व्यवसाय सञ्चालन गर्दै आएको उद्यम हो, जसले २० जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गरेको छ।
-1771809798.jpg)
सम्मान प्राप्त गर्ने उद्यमीले खुसी व्यक्त गर्दै सम्मान पाउने अपेक्षा नगरेको भए पनि मूल्यांकन समितिबाट छनोट हुँदा थप हौसला प्राप्त भएको प्रतिक्रिया दिएका थिए।
कार्यक्रममा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान का प्रमुख कार्यकारी अधिकृत उमेशकुमार गुप्ताले सम्मानित उद्यमीलाई बधाइ दिँदै देश विकासका लागि व्यवसायीलाई प्रोत्साहन गर्ने यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको उल्लेख गरे।
उनले औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले नवउद्यमीहरूलाई ३ प्रतिशत ब्याजदरमा बिनाधितो २० लाख रुपैयाँसम्म स्टार्टअप कर्जा उपलब्ध गराइरहेको र यस वर्ष मात्र १० हजारभन्दा बढी आवेदन परेको जानकारी दिए।
हरेक वर्ष फागुन १० मा हुने र्यक्रम एरेनेप कन्सटिङ सर्भसेज आयोजना गरेके हो। यस वर्षको राइजिङ इन्टरप्रेनर विधामा सम्मानित भएका भकारी बिजनेसका संस्थापक २३ वर्षीय धनबहादुर कार्की हुन्, जसले युवा उमेरमै व्यवसाय सुरु गरेर सफलता पाउँदै गएका छन्।
त्यस्तै, इमर्जिङ सक्सेसफुल इन्टरप्रेनर विधामा सम्मानित पोलिटेक रिसाइकल सन् २०७८ मा आशीष लामा, दावा दोर्जे मोक्तान र फुर्वा योन्जन गरी तीन युवाले स्थापना गरेको उद्यम हे।