×

‘ग्लोबल वार्मिङ’ बढाउने उद्योगमा बैंकहरुले अब लगानी गर्नु हुँदैन

images

विश्वमा जलवायु परिवर्तनको असरहरु देखिन थालेका छन् । जलवायु क्षेत्रको असर विस्तारै बैंकिङ क्षेत्रतिर आउन थालेको छ । त्यही भएर नबिल बैंकले अहिले दिगो बैंकिङ भनेर त्यसको छुट्टै विभाग खडा गरेका छ ।

दिगो बैंकिङले वातावरण, सामाजिक र सुशासनको पक्षलाई हरेक निर्णय प्रक्रियामा एकीकृत गर्छ । हामीले अब जलवायु परिवर्तनलाई पनि हेरेर लगानी गर्ने छौं ।

हरितगृह ग्यास उत्सर्जनमा सहयोग गर्ने उद्योग व्यवसायमा लगानी प्रोत्साहन दिँदैनौं । सामाजिक प्रभाव पार्ने जस्तै तल्लो तहका व्यक्तिलाई हाम्रो वित्तीय प्रणालीमा आबद्धता गरिरहेका छौं । सहजीकरणका साथै सुविधा पनि दिइरहेका छौं ।

हाम्रो दिगो बैंकिङ विभागले पहुँच नपुगेको ग्रामीण क्षेत्रमा उद्यमशीलता विकास गरेर व्यवसायी बनाउन लागेका छौं । त्यसलाई जोड दिन ‘नबिल स्कुल अफ सोसियल इन्टरपिनरसिप’ भनेर सुरु गरेका छौं । 

‘सोसियल इन्टरपिनियरसिप’ अवधारणा नेपालमा आइसकेको छैन । हामीले बैंकका कर्मचारीहरूलाई बाहिरका मान्छेहरू ल्याएर क्लोज क्याम्प राखेर त्यो सम्बन्धित ओरिन्टेसन तालिम दिइसकेका छौं । अब हामीले बैंकिङ सेवा मात्र दिने होइन ।

कोही ग्राजुयट भएकामा सीप छ र सक्छु भन्ने लागिरहेको तर, पुँजी छैन भने त्यस्ता व्यक्तिलाई पैसा दिएर ‘स्टार्टअप’ व्यवसाय प्रवद्र्धन गर्ने लाइनमा हामी गइसकेका छौं । यसको प्रभाव १, २ वर्षमा आउँदैन समय लाग्छ । तर, पनि हामी चाँडो दिन लागिपरेका छौं । दिगो बैंकिङका लागि फाउन्डेसन हामीले तयार गरिसकेका छौं । नबिल यो बाटोमा हिँडिसकेको छ । भोलिको बाटो पनि यही नै हो ।

सन् २००८ र २००९ मा विश्वव्यापी आर्थिक मन्दी आयो । त्योभन्दा अघिको बैंकिङका बारेमा सबैले बुझेका छौं । बैंकिङ क्षेत्रले ठूलो जोखिम लिँदा अमेरिका र युरोपमा धेरै र ठूला बैंकहरू बन्द हुन पुगे । त्यसबेला नाफाको होडबाजी थियो । त्यो अभ्यास अहिले यहाँ गरिरहेका छौं । यसको मैले सधैं विरोध गरिरहेको छु ।

नाफा र आकारको हिसावले होडबाजी नगरौं र रिजिलियन्ट हिसावले हामीले बैंक चलाउनुपर्छ भनेर भनिरहेका छौं । मैले ल्याएको दिगो बैंकिङको अवधारणा नै यही हो । बैंकलाई ‘रिइन्फोर्स’ गर्न ल्याएको हो । 

हरितगृह ग्यास उत्सर्जनमा सहयोग गर्ने उद्योग व्यवसायमा लगानी प्रोत्साहन दिँदैनौं । सामाजिक प्रभाव पार्ने जस्तै तल्लो तहका व्यक्तिलाई हाम्रो वित्तीय प्रणालीमा आबद्धता गरिरहेका छौं । सहजीकरणका साथै सुविधा पनि दिइरहेका छौं । हाम्रो दिगो बैंकिङ विभागले पहुँच नपुगेको ग्रामीण क्षेत्रमा उद्यमशीलता विकास गरेर व्यवसायी बनाउन लागेका छौं । त्यसलाई जोड दिन ‘नबिल स्कुल अफ सोसियल इन्टरपिनरसिप’ भनेर सुरु गरेका छौं । 

युरोप, अमेरिका र ल्याटिन अमेरिकामा बैंकहरू कसरी सञ्चालन भइरहेका छन भन्ने कुरा मैले देखिरहेको छु । त्यहाँको ट्रेन्डलाई हेर्दा सबै विकसित मुलुकहरू दिगो बैंकिङमा झुकाव राखेर अघि गइरहेका छन् । उदयीमान र कम विकसित मुलुकलाई हेर्दा त्यो कुरा अझै आउन सकेको छैन ।

मुलुकहरू विस्तारै ‘ग्राजुयट’ हुँदै जाँदा यसलाई अवलम्बन गर्न दबाब पर्नेछ । आज हामीले दिगो बैंकिङलाई सुरुवात गर्न सक्यौं भने सधै अग्रपंक्तिमा हुनेछौं । हाम्रो मनसाय यही हो । भोलिका दिनमा जवाफदेही, दिगो बैंकिङ नै हुनेछ ।

आज युरोपका धेरैजसो बैंकहरूले चुरोट कारखाना र कोइला खानीमा लगानी गर्दैनन् । यसले सामाजिक प्रभाव पर्छ भन्ने उनीहरुको सोच हो । चुरोट पिउँदा  मानव स्वास्थ्यलाई हानी हुने भएकाले ती व्यवसायहरुलाई  बैंकहरूले प्रसय दिनु हुँदैन भन्ने अवधारणा आइसकेको छ ।

बैंकिङ व्यवसाय सबैतिर ठोकिन्छ । बैंकले सहयोग गरेर आज कतिपय व्यावसायिक घराना आएका छन् । यदि बैंकले लगानी नगरेको भए यी व्यवसायिक घरना आउने थिएनन् । हामीले सुरु गरेको ‘फन्डामेन्टल’ भनेको ‘टु इज टु वान’ हो । अर्थात हामीले २ रुपैयाँ र संस्थापकहरूले १ रुपैयाँ पैसा बैंकमा हाल्ने भन्ने हो । अहिले विस्तारै ३ इज टु वान मा आइसकेको छ ।

बैंकले सहयोग नगरेको भए यतिको बिजनेस आउने थिएन, यो कुरा प्रष्टै छ । ७० प्रतिशत थप लगानी चाहिन्छ । त्यो नआएको भए आफ्नै पैसाबाट यो लेभलको काम हुने थिएन् । बैंक तथा वित्तीय संस्थाहरूले लगानी नगरेको भए उद्योगी व्यवसायीको आफ्नो ३० प्रतिशत लगानीले मात्र यतिको बिजनेस हुने थिएन ।

थोरै काम हुन्थो होला । यसले अर्थतन्त्र विस्तार हुने थिएन । बैंकहरूको लगानी कुन दिशातिर जान्छ भन्ने कुराले देशको भविष्य, समाज, अर्थतन्त्र र ग्लोबल वार्मिङले पनि निर्धारण गर्ने छ ।

अहिले ग्लोबल वार्मिङका विषयलाई लिएर वेलायतको ग्लास्गोमा विश्व जलवायु सम्मेलन सुरु भएको छ । विश्वलाई प्रि–इन्डष्ट्रिजलाइजेसनको अवस्थामा ल्याउन प्रयासहरु भइरहेका छन् ।  यो काममा सम्पन्न गर्न सक्यौं भने जहाँ मानवको अस्तित्व छ ।

पृथ्वीमा तापक्रम वृद्धि १.५ प्रतिशतमा सीमित गर्न सक्यौं भने मात्र मानव अस्तित्व रहने भन्ने कुरा आइसकेको छ । अब बैंकहरूले पनि ग्लोबल वार्मिङलाई सहयोग गर्ने खालका परियोजनाहरुमा लगानी बैंकले गर्नु भएन ।

यसमा बैंकहरुले ध्यान दिएनौं भने विस्तारै हामीले धेरै कुराहरु गुमाउँदै जानेछौं । प्राकृतिक स्रोत साधनहरु विस्तारै लोप हुँदै जाने अवस्था देखिसक्यौं । र, एउटा तहमा पुगेपछि मानव अस्तित्व पनि समाप्त हुनेछ । त्यो अवस्थामा बैंक सबैतिर ठोकिन्छ भने उसले अब सोच्नु पर्यो । अब ग्लोबल वार्मिङ बढाउने क्षेत्रमा बैंकहरुले लगानी गर्नुभएन । 

यसमा बैंकहरुले ध्यान दिएनौं भने विस्तारै हामीले धेरै कुराहरु गुमाउँदै जानेछौं । प्राकृतिक स्रोत साधनहरु विस्तारै लोप हुँदै जाने अवस्था देखिसक्यौं । र, एउटा तहमा पुगेपछि मानव अस्तित्व पनि समाप्त हुनेछ । त्यो अवस्थामा बैंक सबैतिर ठोकिन्छ भने उसले अब सोच्नु पर्यो । अब ग्लोबल वार्मिङ बढाउने क्षेत्रमा बैंकहरुले लगानी गर्नुभएन । 

नेपालमा यो सम्भव छ । नेपालले अझै धेरै गर्नुपर्ने बेला आइसक्यो । हिमालय रेन्ज सबैभन्दा लामो नेपालमा छ । त्यो रेन्जमा पहिला तलसम्म हिउँ थियो भने जलवायु परिवर्तनले घटेर माथि–माथि गइसक्यो । यसले ग्लोबल वार्मिङको असर देखिसक्यो । आजको दिनमा हामीले त्यतातिर सजग भएर काम गरेनौ भने नेपाललाई मात्र हैन विश्वमा ठूलो प्रभाव पार्ने छ । यसले हिन्दुकुशदेखि सबै स्थानमा प्रभाव पार्नेछ ।

त्यसैले यसमा हाम्रो जिम्मेवारी बढी छ । अबको दिनमा म सकरात्मक भएर सोचिरहेको छु । अहिले नविकरणीय ऊर्जाको विकास भइरहेको छ । यसले विस्तारै पेट्रोलियम पदार्थको खपतबाट ऊर्जा खपत विस्तारै घटाउँदै लगेर नवीकरणीय ऊर्जाको प्रयोगमा जोड दिनुपर्छ । हरेक घरमा इन्डक्सनबाट खाना पकाउने काम सुरु गर्नुपर्छ ।  

दाउरालगायत अन्य खनिज इन्धनको खपत कम भएपछि वन विनास रोकिन्छ । यसले अर्को राम्रो प्रभाव पार्ने छ । यसमा सबैभन्दा पहिला राज्यले, त्यसपछि नियामक निकायले काम गर्नुपर्छ । यसमा बैंकहरुले झनै बुझ्नु पर्ने भएको छ । 
बैंकहरूले जवाफदेही ढंगले काम गरेमा जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न सकिने भन्ने विश्वव्यापी मान्यताको विकास भएको छ ।

अमेरिकामा केन रोले भन्ने व्यक्तिले फस्र्ट ग्रिन बैंक स्थापना गरेका थिए । त्यो बैंक एउटा तहमा पुर्याएर उसले अरुलाई सम्पिदिए । अहिले फेरी उसैले क्लाइमेट फस्र्ट बैंक स्थापना गरेका छन् ।

उसले बैंकको नाम र फोकस त्यसैमा हुन्छ भनेपछि हामी कति सजग हुनुपर्ने रहेछ भन्ने कुराको पुष्टि हुनेछ । पहिला फस्र्ट ग्रिन बैंक अहिले फस्र्ट क्लाइमेट बैंक आवश्यकता देखियो । जलवायु परिवर्तनलाई रोक्न बैंकहरू पनि स्थापना भइसकेका छन् ।
 

सोमबार १५ कात्तिक २०७८ ११:०३ AM मा प्रकाशित

प्रतिक्रिया