×

ट्रायल सेन्टर थप्न मन्त्रालय बाधक होइन

images

 सीमित ट्रायल सेन्टरलाई मात्र लाइसेन्सको परीक्षा लिने जिम्मेवारी दिँदा कार्टेलिङ भएको ठहर मन्त्रालयले पनि गरेको छ । त्यही आधारमा सम्बन्धित कार्यालयहरूलाई ट्रायल सेन्टरहरू थप्नका लागि पत्रचार गरे पनि उनीहरूले खासै चासो देखाएका छैनन् । यसमा बाधकका रुपमा यातायात व्यवस्था विभाग पनि देखिएको छ ।

हेर्दा मन्त्रालयले गरेन भन्ने तर सबै अधिकार यातायात व्यवस्था विभागमै केन्द्रित गरिएको छ । संघीय सरकार मातहतको विभागका कारण अहिले प्रयोगात्मक परीक्षामा समस्या भएको छ । यातायात कार्यालयहरूले लाइसेन्स वितरणमा सहज बनाउन तीन÷चार सिफ्टमा काम गर्नेभन्दा पनि विभागले अनुमति दिएको छैन ।

मन्त्रालय धेरैभन्दा धेरै ट्रायल सेन्टरलाई अनुमति दिएर छिटो, छरितो र सहज ढंगले सेवा दिने नीतिका साथ अघि बढे पनि विभाग र मातहतका कार्यालयहरूले बाधा पु¥याएको छ । 

ट्रायल सेन्टर सञ्चालनका लागि कार्यालयलाई कति जनशक्ति चाहिन्छ, त्यसको मागअनुसार अनुमति दिन मन्त्रालय तयारै छ । कार्यालयले थप ट्रायल सेन्टर माग गरेमा एक दिनमै अनुमति दिने गरी काम भएको छ । 

बजारलाई प्रतिस्पर्धी बनाउँदै सेवामा उत्कृष्टता हासिल गर्नुपर्ने बेलामा बागमती प्रदेशभित्र रहेका यातायात व्यवस्था कार्यालयहरू भने पुरानै ढर्रामा चलिरहेका छन् । जसको कारण सर्वसाधारणले सास्ती खेप्नु परेको छ । 

बराल भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय, बागमती प्रदेशका सचिव हुनु ।
 

मङ्गलबार २ कात्तिक २०७८ १२:२० PM मा प्रकाशित

प्रतिक्रिया