सी चिनफिङको भ्रमणले भारतसँग नेपालकोे बार्गेनिङ पावर बढेको छ

account_box ज्ञानेन्द्रलाल प्रधान ,
प्रकाशित: २०७६ कात्तिक १४, बिहीबार,११:४२:AM  
सी चिनफिङको  भ्रमणले भारतसँग नेपालकोे बार्गेनिङ पावर बढेको छ

नेपालमा विदेशी राष्ट्रप्रमुखहरूको भ्रमण हुँदा हामी प्राय कुनै न कुनै एजेण्डा प्रस्तुत गर्छौं । हामीले प्रस्तुत गरेका एजेण्डाहरु पनि देशको दीर्घकालिन विकासमा प्रभाव पार्ने नभई सामान्यखालमा मात्रै हुन्छन् ।  चिनिँया राष्ट्रपति सी चिनफिङले भ्रमण गर्दा स्पष्टरुपमा नेपाल पक्षलाई राजनीतिक रुपमा तिमिहरू कहाँ चुकेका छौं ? जनताको सम्बन्धमा तिमिहरूको कमजोरी कहाँ छ ? र नेपालको आवश्यकता के हो ? भन्ने बिषयमा वान टु वान फ्लोरमा छलफल गरेका छन् ।

साच्चै नै भन्ने हो भने चिनियाँ राष्ट्रपति र नेपालका प्रधानमन्त्री केपी शर्मा ओली बिच ‘वान टु वान फ्लोरका लागि छुट्टयाइएको समय नै पर्याप्त भएन् । दुई नेताहरूबिच १५/२० मिनेट भेटवार्ता भए होला । त्यो भेट छोटो नै भएपनि मनका कुरा गर्न मिल्यो । केहि विकासका कुरा पनि भए होलान् । चाइनाको रेल आउन प्राविधिक रुपमा आउन सम्भव छ/छैन वा अहिले हामी दिन सक्छौ÷सक्दैनौं लगायतका कुराहरु त भए होलान् । छोटो भेटले दीर्घकालिन विकासका योजनाका खाकाहरू बन्दैनन् । 

वीरगन्ज काठमाडौं रेल नै पहिलो प्राथमिकतामा राख्नुपर्छ । अहिले वीरगन्जबाट झन्डै १० हजार ट्रक र बस दैनिक काठमाडौँ आउँछन् । यिनिहरुले झन्डै २ सय ९० किलोमिटर पार गर्छन् । रेल ल्याएमा १ सय ३५ किलोमिटरमा दुरी छोटिन्छ । झन्डै ४० प्रतिशत ढुवानी लागत घट्छ । 

नेपालमा लगानी गर्ने कुरामा चीनले भारतलाई कहिल्यै पाखा लगाउन चाहँदैन । कुनै बेला चर्चामा रहेको तिब्बतको बिषय पनि अहिले पाखा लागिसक्यो । चीनले नेपालमा चीन विरोधी गतिविधी नहोस् भनेर सँधै चनाखो रहन्छ । यहि कारणले पनि चीनले नेपाललाई महत्व दिने हो । 

अहिले उत्तरबाट रेल ल्याउने चर्चा चलिरहेको छ । ठिकै हो रेल आउनुपर्छ । तर, अहिलेको आवश्यकता के हो ? के गर्दा हाम्रो आर्थिक क्रियाकलापलाई बढी चलायमान बनाउँछ भन्ने पनि सोच्नुपर्छ । खासमा वीरगन्ज काठमाडौं रेल नै पहिलो प्राथमिकतामा राख्नुपर्छ । अहिले वीरगन्जबाट झन्डै १० हजार ट्रक र बस दैनिक काठमाडौँ आउँछन् । यिनिहरुले झन्डै २ सय ९० किलोमिटर पार गर्छन् । रेल ल्याएमा १ सय ३५ किलोमिटरमा दुरी छोटिन्छ । झन्डै ४० प्रतिशत ढुवानी लागत घट्छ । 

नेपालको सबैभन्दा ठूलो समस्या बढ्दो व्यापार घाटा हो ।  यसमा सबैभन्दा बढी आयात हुने इन्धनको हिस्सा बढी छ । बिद्युत उत्पादनबाट पेट्रोलियमलाई प्रतिस्थापन गर्यो भने हाम्रो ठूलो व्यापार घाटा कम गर्न सकिन्छ ।

अहिले तमोर जलविद्युत् आयोजना अघि बढ्यो । यस्तै आयोजनाहरु अघि बढाएर सञ्चालन गर्यौ भने व्यापार घाटा घटाउन सक्छौं । चिनिँया राष्ट्रपतिले नेपालको विकासमा सघाउ पुर्याउन  कुनै ठूलो काम गर्नुपर्दैन । सामान्य संकेतले मात्रै पनि चिनिँया लगानीकर्ताको ओइरो लाग्छ । 

अहिले पनि भारत र चीनको जनस्तरको सम्बन्ध त्यति राम्रो छैन ।  तर, चीनको नेपालसँग धेरै राम्रो सम्वन्ध छ । किन प्रत्यक्ष विदेशी लगानी (एफडीआइ) मा चीन पहिलो भयो ? नेपालको पर्यटनका क्षेत्रमा पनि चीन पहिलो नम्बरमा आइसक्यो । यो विषयमा सुक्ष्म विश्लेषण गर्न आवश्यक छ ।  

सी चिनपिङले नै नेपालको पर्यटनमा सहयोगको घोषणा गरेका छन् । यसपालिको भ्रमणमा सीले आफ्नो भनाई स्पष्ट राखेका छन् । नेपालको तर्फबाट के भन्ने कुरा जुन हामीले सोच्नुपथ्र्यो । चिनिया रेललाई नै कुरेर हामी बस्ने कि अहिलेको सडक स्तरोन्नती गर्ने भन्ने बिषयमा हामीले सोच्नुपर्छ । रेल आउन अझै १२ बर्ष लाग्न सक्छ । त्यतिन्जेल अहिलेको उत्तर बाटो त्यत्तिकै राख्ने ? सीले कोदारी राजमार्ग दुई लेनको गर्ने र छहरेदेखि टोखासम्म सुरुङमार्ग बनाउने स्पष्ट पारिदिएका छन् । 

८२ किलोमिटरको उत्तर चीन जोड्ने बाटो सडक सुरु गरिएमा पाँच बर्षमा सम्पन्न हुन्छ ।  पूर्व–पश्चिम र पृथ्वी राजमार्ग बनेपछि त्यसले आर्थिक क्रियाकलाप धेरै बढाएको छ । त्यो भन्दा पहिला बन्दीपुरबाट काठमाडौं हिडेर आउन सात दिन लाग्थ्यो । पोखरा जान ५ दिन लाग्थ्यो ।

अहिले पृथ्वी राजमार्गमा जोडिएका गाउँहरु आर्थिक रुपमा सम्पन्न भइरहेका छन् । यसले देशको कुल गाहर््स्थ उत्पादन(जीडीपी)मा त महत्वपूर्ण योगदान दिएको छ । हामीले छिटो जुन कनेक्टिभिटी ल्याउन सक्छौ त्यसमा बल गर्नुपर्छ । रेल आउँछ भनेर बाटो रोक्न मिल्दैन् ।

यो कुरा स्वंयम सी जिनपिङले नै भनेर गएका छन्  । रेलको पनि डीपीआर बनाउँदै गरौं । प्राविधिक रुपमा कत्तिको सम्भव छ अध्ययन गर्दै गरौं तर सँगै बाटो पनि बनाउँदै जानुपर्छ । ८२ किलोमिटरको ४ लेनको सोझो बाटो बन्यो भने पनि महत्वपुर्ण कनेक्टिभिटी बन्छ । त्यसैले १ घण्टाको बाटोका लागि रेल कुर्नुपर्ने आवश्यकता नै  पर्दैन ।  

यसपालि हाम्रो कमीकमजोरी पनि सी चिनफिङले भनिदिएका छन् । राजनीतिक रुपमा जनतासँगको वार्ता तथा छलफललाई प्राथमिकता दिनुप¥यो । जनताको भोट पाएर सत्तामा पुगेपछि जनता बिर्सिने प्रवृत्ति हुनुभएन भनेर सीको भ्रमणले सिकाएको छ । एकचोटी पपुलर हुने र अर्कोचोटी बदनाम हुने प्रवृत्ती निरुत्साहित हुनुपर्ने आवश्यकता छ ।

माओबादीको जनयुद्धमा १७ हजार मानिस मरेपनि नेपाली जनताकै सहयोगमा सत्तामा पुग्यो । कुनै विद्रोह भएन । शान्तिपूर्ण रुपमा सेना समायोजन भए । त्यसले नेपालमा राम्रो उदाहरण दियो । तर, जनयुद्धको उपलव्धि सत्तामा पुगेपछि बिर्सनु भएन भन्ने सन्देश सी चिनफिङले दिएर गएका छन् । 

यसपालीको भ्रमण विदेशीका लागि पनि निकै उदाहरणीय बनेको छ । किनकी विदेशीले नेपाललाई कसरी हेरेको छ भन्ने पनि उनले जानकारी दिएर गएका छन् । अहिलेको भ्रमणमा केही राजनितिक एजेन्डा पनि आएको छ । हामी चीनको मात्र छिमेकी होइन्, विश्वकै छिमेकी हो । हामीले  तिब्बतीयन शरणार्थीको पनि सुरक्षा गर्नुपर्छ । अहिले भएको सन्धीले सबै शरणार्थी चीन बुझाउने बाटो नपरोस् भन्नेतर्फ सचेत हुनुपर्छ । 

अहिले मिलेनियम च्यालेन्ज कर्पोरेसनले स्पष्ट रुपमा गोरखपुर ट्रान्समिसन लाइन नबनीकन एमसीएको ४०० केभीको लाइनको काम छैन् भनेको छ । सीको भ्रमणले यो टा«न्समिसन लाइनलाई पनि टार्गेट गरेको छ । यो प्रसारण लाइन निर्माणको वार्ता असफल भएको भए भारतको इमेज बिग्रिने थियो । भारतले पनि आफ्नो इमेज बिगार्न चाहेन् । त्यो पनि सीकै देन हो ।

त्यो मात्रै नभएर इनर्जी बैंकिङ गर्ने अर्को महत्वपूर्ण एजेन्डामा पनि सहमति भएको छ । सीको भ्रमणले भारतसँग नेपालको बार्गेनिङ पावर बढाएको छ । भारतले पनि चीनसँगको सम्वन्धका आधारमा आफ्नो इमेज बिगार्न चाहेको छैन् ।

हामी भारतसँग लड्न सक्दैनौं । किनकी हामीले नाकाबन्दी झेलेका छौं । हामी भारतसँगै परनिर्भर छौं । तर, बंगलादेश र भारतको सम्वन्ध राम्रो छ । त्यसकारण पनि नेपालको बिजुली बंगलादेशले लैजान्छु भनेमा भारतले नाइ भन्न सक्दैन । किनकी, बंगलादेशको पश्चिम बंगाल अहिले त्रिपुराश्वरसँग जोडिएको छ । त्यहाँ बाटो, लाइन र रेल पनि जोड्दै छ । 

अबको डेढ बर्षपछि त हामी बिजुलीमा सरप्लसमा हुन्छौं । तीन चार महिना हामीसँग बढी भएको बिजुली सजिलै भारतमा बिक्री गर्न सक्छौ । त्यसपछि हामीलाई रक्सौल र वीरगन्जको रेल आवश्यक छ । हामीलाई दक्षिणको रेल पहिला चाहिन्छ । चीनको बाटो दोस्रो र चीनको रेल तेस्रोे प्राथमिकता हो ।  सीको भ्रमणमा ऊर्जा क्षेत्र प्राथमिकतामा परेकै कारण नेपाल, भारत र बंगलादेशसँग संयुक्त सहमति भएको छ ।

हामी भारतसँग लड्न सक्दैनौं । किनकी हामीले नाकाबन्दी झेलेका छौं । हामी भारतसँगै परनिर्भर छौं । तर, बंगलादेश र भारतको सम्वन्ध राम्रो छ । त्यसकारण पनि नेपालको बिजुली बंगलादेशले लैजान्छु भनेमा भारतले नाइ भन्न सक्दैन । किनकी, बंगलादेशको पश्चिम बंगाल अहिले त्रिपुराश्वरसँग जोडिएको छ । त्यहाँ बाटो, लाइन र रेल पनि जोड्दै छ ।

बंगलादेशले भारतलाई साथ दिएको छ भने नेपालको बिजुली बंगलादेशले लैजान्छु भन्दा भारतले नाइ भन्नै सक्दैन् । त्यसैले सीको भ्रमणले पनि यो सहमति सफल भएको देखिन्छ । यदि सी चिनफिङको भ्रमण नभएको भए या यो एजेन्डा दुईबर्षपछि आएको भए सायद सहमतिलाई भारतले मान्दैन्थ्यो होला ।  

सीको भ्रमणमा नेपालले स साना एजेण्डा बढी मात्रामा उठाउनु नकारात्मक पक्ष रह्यो । २० ओटा बुँदामा एमओयू गरेका छौं । कति साना साना शिर्षकमा साइन गरेका छौं । चीनले  बुढीगण्डकी ४ मिलियनमा बनाइदिन सक्छु भनेर किन भनेन् ? हामीले यस्ता एजेण्डा किन अघि बढाउन चाहेनौं । यदि बुढीगण्डकी बनाएको भए हाम्रो जीडीपी २ प्रतिशतले बढ्ने थियो । त्यसमा हामी चुक्यौं । 


विदेशी राष्ट्रप्रमुखको नेपाल भ्रमणले नेपालको महत्व त बढाएको छ नै । त्यस्ता भ्रमणबाट हामीले अधिकतम लाभ लिने हो । तर, काम त हामीले ने गर्नुपर्छ । चिनियाँ राष्ट्रपतिलाई खुसी पार्न हामीसँग रातारात सडक पिच गर्न सक्ने खुबी रहेछ । त्यहि खुबी चाबहिलको बाटो पिच गर्न किन प्रयोग गर्दैनौ ? तीन दिनमा हामी पासपोर्ट दिन सक्छौं तर, लाइसेन्स दिन ६ महिना वा एकबर्ष लगाउँछौं ।

हामीसँग खुबी नभएको होइन, त्यो खुबीलाई उपयोग नगरेको हो ।  सीको भ्रमणले हामीसँग त्यो खुबी छ भन्ने देखाएको छ । राज्यको लागि यस्तो क्षमताको प्रयोगले निरन्तरता पाउनुपर्छ । अन्यथा एउटा नक्कली नाटकको रुपमा बोझिलो भएर बस्छ । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी विचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');