×

पूर्वाधारमा अर्बौ लगानी, अनुसन्धानमा शून्य

images

 नेपालमा धेरै व्यवसाय असफल मात्रै हैन टाँटै पल्टिएका पनि छन् । केहि राज्यका कारण असफल भएका छन् भने अधिकांश बिना अध्ययन गरिएको लगानीका कारण टाट पल्टिएका हुन् । एउटा उद्योगले पाएको सफलतालाई हेरेर सोहि प्रकृतिका उद्योगमा लगानी गर्ने प्रवृतीले यस्तो भएको हो ।

उद्योग स्थापना गर्नुपूर्व उद्योगीले आपूmले कुन क्षेत्रमा लगानी गर्दै छु ? त्यसको सम्भाव्यता कति छ ? बजारमा माग कति छ ? अहिले कति उत्पादन भइरहेको छ ? भन्ने जस्ता सामान्य बिषयमा पनि अध्ययन गरिएको पाइदैंन । उद्योगको पूर्वाधारमा अर्बौ रुपैयाँ लगानी गर्न तयार हुने लगानीकर्ता अनुसन्धानमा २÷४ लाख रुपैयाँ पनि खर्चदैनन् ।

यही कारण धेरै उद्योगको भविष्य दिनप्रतिदिन जोखिममा छ । देशको अर्थतन्त्रका लागि यो राम्रो होइन । नयाँ नयाँ क्षेत्रको पहिचान गर्दै लगानी बढाउने हो भने देशलाई चाहिने वस्तु तथा सेवा पनि उत्पादन हुन्छ र जोखिम पनि कम हुन्छ । हुनतः देशभित्र अन्य क्षेत्र नभएका पनि हुन सक्छन् । सीमित क्षेत्र भएकाले लगानी एकै ठाउँ थुप्रिदा जोखिम पनि बढाएको हो ।

नेपालमा साना देखि ठूला व्यवसाय गर्दासम्म पूर्वअध्ययन गर्ने, अध्ययनमा खर्च गर्ने प्रवृत्ति नै छैन् । विना अध्ययन अन्धाधुन्ध लगानी गरेकै कारण धेरै उद्योगधन्दा बन्द भइसकेका छन् । एक समय कुखुरा फार्म खोल्ने ट्रेन्ड थियो । काठमाडौं वरिपरी मात्रै नभएर, भक्तपुर, चितवन, ललितपुर, मकवानपुरलागयतका क्षेत्रमा कुखुराकै फार्म थिए । तर, अहिले काठमाडौं वरिपरी विरलै कुखुरा फार्म देखिन्छन्, अन्य ठाउँको हालत पनि त्यस्तै छ । देखासेखीमा गरिएको लगानीकै परिणाम हो यो । तर, कतिपय अवस्थामा भने प्रतिस्पर्धी बन्न नसकेर पनि उद्योग बन्द भएका छन् । यी सबैको एउटै कारण अध्ययन विना लगानी गर्नु नै हो ।

एउटाले क्याफे खोल्यो भने भएभरका युवा क्याफे खोल्नतिरै लाग्छन् । सके बैङ्कबाट ऋण लिएर नभए ब्यक्तिगत ऋण खोजेरै भए पनि क्याफे खोल्ने प्रवृति छ । ऋण÷धन गरेर खोलेको क्याफे बन्द भएपछि विदेश पलायनको विकल्प हुन्न । साना व्यवसायीमा मात्रै के कुरा गर्नु । अर्बौ रुपैयाँ लगानी गरेर उद्योग खोल्नेको हालत पनि त्यो भन्दा कम छैन् । साना व्यवसायीसँग अध्ययन र अनुसन्धानमा खर्च गर्ने पुँजीको अभाव भएर विना अध्ययन लगानी गरे । डुबे । तर, ठूला लगानीकर्तासँग त पुँजी पनि हुन्छ । जनशक्ति पनि हुन्छ । तर, उनीहरुको ध्यान अध्ययन अनुसन्धान तिर जाँदैन । अहिले स्टिल उद्योगको अवस्था नाजुक भइसकेको छ । लामो समयदेखि स्टिल उद्योगहरु निरन्तर घाटामा छन् ।

आजभन्दा ३०/४० वर्ष अघि खुलेका केही स्टिल उद्योगले नाफा कमाए होलान् । तर, अधिकांशलाई अहिले बैङ्कको ब्याज समेत तिर्न मुस्किल छ । अहिलेसम्म सिमेन्ट उद्योग जेनतेन टिकिरहेको छ । अब अझै नयाँ उद्योग आउदैछन् । कतिपयले क्षमता विस्तार गरिरहेका छन् । तर, बजार छैन् । उत्पादन गरेर गोदाममा थन्काउन उद्योगीबीच होडबाजी चलेको छ । एकातिर बजारको उधारो नउठेर उद्योगी÷व्यवसायी हैरान छन् । अर्कोतिर उद्योगको क्षमता विस्तार गरिरहेका छन् । उनीहरुलाई बजारको माग पनि थाहा छ, उत्पादन पनि थाहा छ । तर, पनि लगानी थपिरहेका छन् ।

अहिले होटल, सिमेन्ट, स्टिल, चाउचाउलगायतका क्षेत्रको स्थिति त्यति राम्रो छैन । यसबाहेक करोडौं रुपैयाँ लगानीमा खुलेका दाना उद्योग, लाखौ लगानीमा खुलेको पोल्ट्री फार्मको अवस्था पनि नाजुक छ । यसरी लगानी जोखिम पर्नुमा लगानीकर्ता मात्रै नभएर सरकार पनि जिम्मेवार छ । लगानीकर्ताले सञ्चालन गर्न खोजेको उद्योगको बजार सम्भावना नहेर्नु, पुँजीगत खर्च गर्न नसक्नु सरकारको कमजोरी हो । सरकारले दू्रत गतिमा विकास खर्च गरेको भए उत्पादन बढाउन लगानी गर्नु ठिक छ ।

सरकारले चालू आर्थिका वर्षको पहिलो ३ महिनामा विकास खर्च जम्मा ५ प्रतिशत मात्रै पु¥याएको छ । जबकि गत वर्षको पहिला तीन महिनामा झण्डै साढे सात प्रतिशत विकास खर्च भएको थियो । यो रेसियोलाई हेर्दा चालू आर्थिक वर्षको अन्त्यसम्म २० प्रतिशत भन्दा बढी विकास खर्च हुने सम्भावना छैन । तर, आर्थिक वर्षको अन्त्यतिर सरकारले जसरी पनि विकास खर्च ८० देखि ८२ प्रतिशत पु¥याएरै छाड्छ । त्यसरी गरिएको विकास खर्च देखाउने दाँत बाहेक केहि हुँदैन । सरकारले विकास खर्चलाई नबढाउने हो भने यहि बर्षदेखि देशको अर्थतन्त्र झन डामाडोलतिर अघि बढ्छ ।

विकास खर्च बढेको अवस्थामा राज्यको ट्रेजरीमा भएको पैसा बजारमा आउँछ । आर्थिक गतिविधि बढ्छ । होइन भने, भएका उद्योगी मर्ने सम्भावना छ ।

( क्यापिटल बिजनेश म्यागजिनबाट )
बुधबार २७ कात्तिक २०७६ ०४:५३ PM मा प्रकाशित

प्रतिक्रिया