‘बिजनेस आइडिया’ को युग, प्रिज्मा एडभर्टाइजिङका प्रबन्ध निर्देशक रञ्जित आचार्यकाे विचार

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ फागुन २८, बुधबार,११:१२:AM  
‘बिजनेस आइडिया’ को युग,  प्रिज्मा एडभर्टाइजिङका प्रबन्ध निर्देशक रञ्जित आचार्यकाे विचार

नवीन सोच भएका एक वा बढी व्यक्तिले सिर्जना गरेको नयाँ विचार/धारणा (आइडिया) नै ‘स्टार्ट अप’ हो । अहिले नेपालमा नयाँ सोच तथा नयाँ आइडिया सिर्जना गर्नेको जमातमा कमी छैन । 

इन्जिनियरिङ तथा आइटी क्षेत्रमा अध्ययन गरेका युवाहरु नयाँ–नयाँ विचार सिर्जना (क्रियट) गर्न सक्छन् । त्यसैगरी विदेशमा अध्ययन गरेर नेपाल फर्किएका युवाले नयाँ सोच तथा नयाँ आइडिया लगाएर काम गर्न खोजेको देखिन्छ । विश्वमा स्टार्ट अपले नै उदाहरणीय काम पनि गरेका छन् । विश्वका सफल व्यवसायीमध्येका जेफ बेजोस (अमेजन), ज्याक मा (अलिबाबा), स्टिभ जब्स (एप्पल), ल्यारी पेज (गुगल) स्टार्ट अपबाटै उदाएका हस्ती हुन् ।

जबसम्म आइडियालाई बिजनेस आइडियामा रुपान्तरण गर्न सक्दैनन्, तबसम्म उनीहरुको आइडियाले मूर्त रुप लिँदैन । अहिले नेपालमा दैनिक नयाँ–नयाँ आइडिया जन्मिरहेका हुन्छन् र छन् पनि । तर, ती सबै आइडिया बाहिर नै नआई हराउँछन् । नेपालमा सफल व्यवसायीमध्येका हिमालयन जाभा, ईसेवा, मेरोजबडटकम, फुडमान्डु, टुटल स्टार्ट अपबाटै उदाएका हुन् । उनीहरुले आफ्नो आइडियालाई बिजनेस आइडियामा रुपान्तरण गर्न सकेका कारण उदाहरणीय बन्न सकेका छन् । 

विश्वमा जति नयाँ आइडिया जन्मिएका छन्, त्यो स्टार्ट अपबाटै सम्भव भएको छ । माथि उल्लिखित व्यक्तिले आफ्ना नयाँ आइडियालाई व्यावसायिक आइडियामा रुपान्तरण गर्न सके र उनीहरु विश्वभर फैलिन सफल मात्रै भएनन्, उदाहरणीयसमेत बने । स्टार्ट अपहरुले दुइटा कुरालाई ख्याल गर्नुपर्छ । एउटा– आइडिया र अर्को– बिजनेस आइडिया । नेपालमा नवीन सोच भएका युवाले एकदमै राम्रो आइडिया ल्याउँछन् तर त्यसलाई बिजनेस आइडियामा रुपान्तरण गर्न सक्दैनन् । नेपालका स्टार्ट अपहरुको मुख्य समस्या हो, यो । 

जबसम्म आइडियालाई बिजनेस आइडियामा रुपान्तरण गर्न सक्दैनन्, तबसम्म उनीहरुको आइडियाले मूर्त रुप लिँदैन । अहिले नेपालमा दैनिक नयाँ–नयाँ आइडिया जन्मिरहेका हुन्छन् र छन् पनि । तर, ती सबै आइडिया बाहिर नै नआई हराउँछन् । नेपालमा सफल व्यवसायीमध्येका हिमालयन जाभा, ईसेवा, मेरोजबडटकम, फुडमान्डु, टुटल स्टार्ट अपबाटै उदाएका हुन् । उनीहरुले आफ्नो आइडियालाई बिजनेस आइडियामा रुपान्तरण गर्न सकेका कारण उदाहरणीय बन्न सकेका छन् । 

नेपालको सन्दर्भमा उनीहरु ‘ट्रेन्ड सेटर’ पनि भए । हिमालयन जाभाले नेपालमा कफी संस्कृति जगाएन मात्रै, विश्वमा नेपालको ब्रान्ड पनि उपस्थित गरायो । आज नेपालमा कफी पसल खोल्नेको ओइरो लागेको छ । त्यसका पछाडि हिमालयन जाभा नै हो । 

ईसेवाले भुक्तानीको रुप नै परिवर्तन गराइदियो । हरेक मान्छेलाई डिजिटल भुक्तानीमा अभ्यस्त बनाइदियो । यसको श्रेय ईसेवालाई नै जान्छ । आज ईसेवाको फलो गरेर दर्जनभन्दा बढी डिजिटल वालेट आइसकेका छन् । टुटलले यातायातको क्षेत्रमा नयाँ काम ग¥यो । टुटलको आगमनपछि यातायात क्षेत्रमा दर्जनौँ त्यस्ता व्यवसायी छिरेका छन् र छिर्ने क्रममा छन् ।  

फुडमान्डुले पनि खाना डेलिभरीमा आफूलाई अब्बल रुपमा उभ्यायो । त्यसको सिको गरेर आउनेको लाइन छ । मेरोजबडटकले पनि आफ्नो क्षेत्रमा उदाहरणीय काम गरेको छ । तर, नेपालमा यति पाँचवटा आइडिया मात्रै जन्मिए होलान् त ? पक्कै होइन । कैया“ै आइडिया जन्मिएका छन् । कैयौ“ नयाँ सोच आएका छन् । तर, ती सोच बिजनेस आइडियामा कन्भर्ट हुन सकेनन् । र, बीचैमा बन्द भए । यी पाँच आइडियालाई बिजनेस आइडियामा कन्भर्ट गरे र उनीहरु सफल भए । त्यसैले आइडिया र बिजनेस आइडियामा धेरै फरक छ ।  
कतिपय अवस्थामा आइडियालाई बिजनेस आइडियामा लैजान नसक्दा स्टार्ट अप मर्दै गएको छ भने कतिपय अवस्थामा बाहिरी कारण पनि छन्, जसले गर्दा स्टार्ट अपहरु मरिरहेका छन् । एउटा बाह्य कारण, सञ्चार माध्यम (मिडिया) हो । समाजलाई सकारात्मकतातर्फ डो¥याउनुपर्छ, बिजनेस वातावरण बनाउनुपर्छ भनेर सम्पूर्ण मिडिया लागेका छन् । कुनै मिडियाकर्मी वा मिडियाले नयाँ आइडियाबारे थाहा पाउँछ वा पत्ता लगाउँछ भने त्यो स्टार्ट अपलाई भेटेर उसको आइडियालाई ‘ओभरनाइट हिट’ बनाइदिन्छ । त्यो व्यक्तिलाई पनि स्टार बनाउँछ र आइडियालाई पनि हिट बनाइदिन्छ । 

मिडियाले ती व्यक्ति र आइडियालाई यसरी प्रवद्र्धन (प्रमोट) गर्छन्, समयअगावै हिरो हुन पुग्छ । त्यसले गर्दा स्टार्ट अपमा लागेका युवाललाई ‘म बनिसके, भइसके“, गज्जब भइहाल्यो’ भन्ने तहमा पुर्याउँछ । र, उनीहरु आफ्नो व्यवसायमा केन्द्रित हुन छाड्छन् । त्यसले कतिपय स्टार्ट अफ सुरुआती चरणमै मर्छन् र स्टार्ट अपप्रति नै नकारात्मक धारणा फैलाउन मद्दत गर्छन् ।

आफू कसरी सफल हुने भनेर हरेक स्टार्ट अपले समयमै सोचेर काम गर्ने हो भने अबको संसार नयाँ विचार र त्यसमा पनि व्यावसायिक विचार बोक्नेहरुको हो । स्टार्ट अपहरुले ल्याएको आइडिया व्यावसायिक रुपमा सफल हुने देखिएन भने लगानीकर्ताले त्यस्ता काममा लगानी गर्ने सम्भावना हुँदैन । लगानी नगर्ने बित्तिकै स्टार्ट अपहरु हतोत्साहित भई पलायन हुने अवस्था सिर्जना हुन्छ ।

याे पनि पढ्नुहाेस्

किन मर्दै छ, नेपालमा स्टार्ट अप ?

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी विचार बाट थप

Top