राज्यले ‘कर धेरै तिर्नुस तर नाफा कम कमाउनुस’ भन्ने सोच त्याग्नुपर्छ 

account_box मनोज केडिया ,
प्रकाशित: २०७७ असार १७, बुधबार,०८:४३:AM  
राज्यले ‘कर धेरै तिर्नुस तर नाफा कम कमाउनुस’ भन्ने सोच त्याग्नुपर्छ 

बैंक तथा वित्तीय संस्थाहरुलाई हामीले बलियो बनाएर राख्नै पर्छ । नेपाल कमजोर अर्थतन्त्र भएको देश हुनाले बैंकिङ क्षेत्र कुनै पनि कारणले कमजोर बनाइयो भने यसले नकारात्मक प्रभाव पार्छ । किनभने नेपालको सेयर बजार पनि बैंक तथा वित्तीय संस्थाबाट ‘गाइगेड’ छ ।

अरु देशको सेयर बजारमा विभिन्न क्षेत्रको योगदान हुन्छ । तर, नेपालमा ८० प्रतिशत बैंक तथा वित्तीय क्षेत्रको ‘होल्ड’ छ । नेपालमा बैंक तथा वित्तीय संस्थाका कारण नेप्से बढ्ने र घट्ने गर्छ । 

बैंकको सेयर मूल्य घट्नु भनेको सम्पूर्ण नेपालीको सम्पत्ति ह्रास हुनु हो । बैंकिङ क्षेत्र अस्थिर बन्यो भने, त्यसको प्रत्यक्ष असर सम्पूर्ण नेपालीलाई पर्छ । हुन त बैंकले नाफा गरेको कुरा बारम्बार आउँछ । जहिले पनि बैंकले नाफा गरेको कुरा मात्रै हेर्छौ । ‘आरओई’ कति छ भनेर कहिल्यै हेरिँदैन ।

नेपालका बैंकको आरओई १४/१५ प्रतिशत भन्दा बढी छैन । मूल्यवृद्धि नै ६ प्रतिशत हारहारीमा छ । बैंकहरुले सरदरमा ८/९ प्रतिशत कमाएका छन । मर्जरबाट आएको नाफालाई गणनाा गर्नु भएन । 

अहिले पनि बैंकले ‘रिजनेवल’ नाफामा काम गरिरहेका छन । बैंकको नाफा हर्दा नेपाल राष्ट्र बैंकको भन्दा पनि कम छ । राष्ट्र बैंकको मुनाफा बैंकहरुको भन्दा बढी छ । 

बैंकिङ क्षेत्रलाई नाफाखोरको रुपमा बारम्बार चित्रित गरिँदै आएको छ, बैंक नाफाखोर हुँदै होइन । यसले जति नाफा गरेको एकदमै रिजनेवल छ । बैंकिङ क्षेत्र मात्रै एउटा यस्तो क्षेत्र हो, जो अत्याधिक पारदर्शी हुन्छ र छ, दरिलो नियमन छ । यो भन्दा राम्रो क्षेत्र नेपालमा नभएकाले नै सम्पूर्ण नेपाली जनताले यसलाई पत्याएर नै हरेक नेपालीको घरमा बैंकको सेयर छ । 

बैंक तथा वित्तीय संस्थाप्रति सम्पूर्ण नेपालीको जुन विश्वाश छ, त्यसलाई कहीबाट पनि मर्न दिनु हुँदैन । अहिले व्यापारीले बैंकले बढी नाफा लिइरहेका छन भन्न थालेका छन । बैंकले पनि व्यापारीले बढी नाफा कमाइरहेका छन भन्न थालेका छन । बैंकले कुनै पनि हिसावले बढी नाफा गरेको छैन । 

आउने दिनहरु अझ चुनौतिपूर्ण छन । बैंकले हरेक किसिमका व्यवसायीसँग मिलेर सहकार्य गरेर काम गर्नुपर्ने हुन्छ । त्यसमा ‘प्रडेन्सियल्ली’ काम हुनुपर्यो ।  बैंकिङ क्षेत्रमाथि भएको आक्रमणलाई निष्क्रिय गर्न सबैले सहयोग गर्नुपर्छ । बैंकलाई अत्यधिक नकारात्मकको रुपमा हेरिने गरिएको छ । 

नेपाल अर्थतन्त्र र क्षेत्रफलका हिसावले सानो मुलुक हो । नेपालमा व्यवसायिक लागत (कस्ट अफ डुइङ विजनेश) उच्च छ । यो कम हुन सक्दैन । यो हिसावले हेर्ने हो भने बैंकले बढी नाफा कमाएका छैनन । अहिले बैंकले जति प्रतिशत ‘स्प्रेड’मा काम गरिरहेका छौं, त्यसैबाट पुष्टि हुन्छ । 

बढी भन्दा बढी नाफा कमाउनुस, र धेरै कर तिर्नुस भन्ने सोच राज्यको हुनुपर्छ । कर बढी तिर्नुस तर नाफा कम कमाउनुस, भन्ने सोच राख्नु भएन । नाफा कम कमाएर सरकारलाई बढी कर कहाँबाट तिर्ने ? हामी यस्तो सोचबाट गाइडेड भयौं भने मुलुक समृद्ध हुन सकिँदैन ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी बैङ्किङ बाट थप

Top