लोकप्रिय एप्लिकेसनले इन्टरनेटमा समस्या निम्त्याएको छ-भायनेटका प्रवन्ध निर्देशक विनय बोहोराको विचार

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ भदाै २६, शुक्रबार,११:३३:AM  
लोकप्रिय एप्लिकेसनले इन्टरनेटमा समस्या निम्त्याएको छ-भायनेटका प्रवन्ध निर्देशक विनय बोहोराको विचार

हिजोआज ‘इन्टरनेट स्पिड’ खस्किएको भनेर जताततै गुनासो सुनिन्छ । वास्तवमा भन्ने हो भने इन्टरनेटको समस्या कहिल्यै पनि सकिँदैन अर्थात् जतिसुकै समाधान गर्ने कोशिस भएपनि त्यसको समस्या बल्झिरहन्छ । त्यसो भनेर सेवा प्रदायकहरुले आफ्नो सेवामा सुधार गर्न नखोजेका÷नगरेका होइनन् । विश्वमा इन्टरनेट सेवा रहेसम्म यो बिषय रहिरहन्छ । 

इन्टरनेटमा ग्राहकले भनेजस्तो गुणस्तर दिने सवालमा सबै आईएसपी चुकेका छन् । कुनैपनि आईएसपीसँग ग्राहक सन्तुष्ट भएको देखिँदैन । बन्दाबन्दी (लकडाउन) अघि एउटा ग्राहकले २०० जीबिपीएस इन्टरनेट खपत  गर्दै आएकोमा अहिले बढेर ६०० जीबिपीएस भन्दा बढी पुगेको छ । अहिले प्रतिघर कम्तीमा चार देखि पाँच ओटासम्म ‘डिभाइस’ छन ।

मानिसहरुले इन्टरनेटको उपयोगिता बुझ्दै गएकाले प्रयोगकर्ता दिनानुदिन बढ्दै गएका हुन् । इन्टरनेट भनेको रेडियो, टेलिभिजन खोल्नु, ‘भ्वाइसकल’ गर्नुजस्तो सजिलो काम होइन । इन्टरनेट ‘बेस्ट इफोर्ट नेटवर्क’ हो । इन्टरनेट छिट्टै लोकप्रिय हुनुको कारण पनि द्रुत गतिको ‘प्लाटफर्म’ बन्नु हो । अरु नेटवर्कको प्लाटफर्म यति छिटो लोकप्रिय भएको छैन । त्यसकारण विश्वमै सफल प्लाटफर्मका रुपमा इन्टरनेट अगाडी आयो । 

पहिलो पटक नेपालमा इन्टरनेट सेवा सुरु हुँदा ‘टेक्स्ट’ वा वेवसाइटमा मात्र सीमिति थियो । तर, अहिले विश्व नै शतप्रतिशत ‘भिडियो कन्टेन्ट’मा केन्द्रीत भएको छ । ८० प्रतिशत व्यान्डवीथ इन्टरनेट भिडियो र अडियोमा खपत हुँदै आएको छ । भिडियो कन्टेन्टमा मानिसको लगाव अझै बढ्दै छ । ग्राहकको रोजाई कम गुणस्तरको भिडियो कन्टेन्ट भन्दा पनि एचडी, फोरके, एटके प्रविधिमा कन्टेन्टमा विस्तार हुँदै गएको छ । भिडियो कन्टेन्टमा आएको परिवर्तनकै कारण पनि इन्टरनेट सेवा हावी हुँदै गएको छ ।  

पछिल्लो समय इन्टरनेट उत्पादनकर्तालाई नेटवर्क सेवाप्रदायक मार्फत ग्राहकसमक्ष इन्टरनेट सेवा पुर्याउन निकै गाह्रो हुन थालेको छ । इन्टरनेटको सेवा विस्तारसँगै गुणस्तरीयता पनि जोडिन्छ । इन्टरनेट तुरुन्तै उत्पादन र सम्पे्रषण गर्न सक्ने शक्तिशाली प्लाटफर्म हो । कन्टेन्ट उत्पादन र खपत दुबै इन्टरनेटको माध्यमबाटै हुन्छ । उत्पादनकर्ता र ग्राहकको बीचमा ‘नेटवर्क सर्भिस प्रोभाइडर’ छन् । 

पछिल्लो समय इन्टरनेट उत्पादनकर्तालाई नेटवर्क सेवाप्रदायक मार्फत ग्राहकसमक्ष इन्टरनेट सेवा पुर्याउन निकै गाह्रो हुन थालेको छ । इन्टरनेटको सेवा विस्तारसँगै गुणस्तरीयता पनि जोडिन्छ । इन्टरनेट तुरुन्तै उत्पादन र सम्पे्रषण गर्न सक्ने शक्तिशाली प्लाटफर्म हो । कन्टेन्ट उत्पादन र खपत दुबै इन्टरनेटको माध्यमबाटै हुन्छ । उत्पादनकर्ता र ग्राहकको बीचमा ‘नेटवर्क सर्भिस प्रोभाइडर’ छन् । 

पछिल्लो समय विश्व बजारमा चार–पाँच ओटा ठूला एप्लिकेशनहरुले इन्टरनेट कब्जा गरेका छन् । प्रमुख रुपमा गुगल, फेसबुक, टिकटक, युट्युबलगाएतका एप छन् । इन्टरनेट सेवामा टिकटकले उधुमै मच्चाएको छ । सबैभन्दा बढी डाउनलोड र प्रयोग हुने एपको रुपमा टिकटक अगाडी आएको छ । विगतमा देखिएको गुगल क्यासिङ् सर्भरको समस्या नमिलाउँदै टिकटकले लोकप्रियता कमायो ।

अन्य एपहरुमा देखिएको समस्या समाधान नहुँदै आएको टिकटकका कारण नेपालको इन्टरनेट सेवामा ठूलो समस्या आएको छ । टिकटक जुनसुकै उमेर समूहमा लोकप्रिय भएको छ । भिडियो कन्टेन्टमा अग्रसर टिकटकको चेपुवामा इन्टरनेट सेवाप्रदायक परेका छन् । 

टिकटकका कारण इन्टरनेट ट्राफिक अत्यधिक बढेकाले सेवा प्रदायकहरु इनटरनेटको व्यवस्थापनमा अलमलिनुपर्ने अवस्था छ । गुणस्तरीय सेवाको पूर्वाधार, कन्टेन्टसँग ‘आई बल्स’ अर्थात उपभोक्ताको नजिक हुनुपर्छ । तबमात्रै ग्राहकको लागी सेवामा ग्यारेन्टी र गुणस्तर कायम गर्न सकिन्छ । 

सर्भर नेपालमा ‘कनेक्टेड’ छ की छैन भन्ने अहिले मुख्य विषयका रुपमा देखिएको छ । कोरोना भाइरसका कारण अहिले सबै क्षेत्र लथालिङ्ग छ । कन्टेन्ट सेवाप्रदायकहरुले त्यस्ता सर्भर पूर्वाधार नेपाल ल्याउने सम्भावना कम देखिएको छ । इन्टरनेट सेवाप्रदायकले विदेशबाट आयात गर्ने व्यान्डवीथ धेरै महङ्गो छ । इन्टरनेट सेवाप्रदायकहरुलाई गाह्रो परेकै व्यान्डवीथ महङ्गो मूल्यमा खरिद गर्नुपरेकाले हो । व्यान्डवीथलाई सेवा प्रदाययकले कन्ट्रोल गर्नै पर्छ ।

सेवा प्रदायकहरुले भन्न त अनलिमिटेड इन्टरनेट भनेर भनेका हुन्छन । तर, व्यान्डवीथ भने लिमिटेड हुन्छ । ग्राहक सङ्ख्याको आधारमा सेवाप्रदायकले अन्तर्राष्ट्रिय कम्पनीबाट व्यान्डवीथ ल्याएका हुन्छन् । व्यान्डवीथ नेपालमा आयो भने सेवाप्रदायक समक्ष लजिस्टिकल सप्लाई चेनका चुनौतिहरु आउन सुरु हुन्छ ।

नेपालमा जब गुगल, ह्वाट्सएप, फेसबुक, टिकटक लगाएतका आकामाई सर्भिसहरु आएर सर्भर भरिन थाल्छ त्यतिबेला ओभर दि टप सेवाप्रदायकहरुले पनि नेपालमा मात्रै इन्टरनेट राम्रो गुणस्तर छैन भनेर बसेका हुँदैनन् । यस्ता ओटीटी सेवाप्रदायकलाई कुनै चासो छैन र हुँदैन पनि  । 

इन्टरनेटको सबै जिम्मा इन्टरनेट सेवाप्रदायकलाई नै छोडिदिएको छ । नेपालका इन्टरनेट सेवाप्रदायकसँग सर्भर समयमा ल्याएर सेवा दिन सक्ने क्षमता वा त्यसलाई आफ्नो नियन्त्रणमा लिने कुनै उपायहरु केहि छैन् । त्यसकारण इन्टरनेट आधा दर्जन ओटा ओभर दी टप सेवाप्रदायक मुख्य प्लेयरहरुले कब्जा गरेरै राखेका छन् ।

पछिल्लो समय विश्व बजारमा चार–पाँच ओटा ठूला एप्लिकेशनहरुले इन्टरनेट कब्जा गरेका छन् । प्रमुख रुपमा गुगल, फेसबुक, टिकटक, युट्युबलगाएतका एप छन् । इन्टरनेट सेवामा टिकटकले उधुमै मच्चाएको छ । सबैभन्दा बढी डाउनलोड र प्रयोग हुने एपको रुपमा टिकटक अगाडी आएको छ । विगतमा देखिएको गुगल क्यासिङ् सर्भरको समस्या नमिलाउँदै टिकटकले लोकप्रियता कमायो

सेवाप्रदायक पनि तिनै मुख्य खेलाडीहरुसँग आत्मनिर्भर रहेको पाइन्छ । जुन सेवाप्रदायक क्रियाशिल छ त्यसले इन्टरनेट सेवा सुधारमा केहि गर्न सक्ला । होइन भने अवस्था सोचेजस्तो सहज हुँदैन । 

सेवा प्रदायकको आम्दानी भनेको इन्टरनेट नेटवर्क ग्राहकसम्म पुर्याएर हजार देखि २ हजार रुपैयाँसम्म उठाउने हो । तर, गुणस्तरिय व्यवस्थापन वा ‘मेन्टेन’ भने गरिदिनु पर्छ । कुनै ग्राहकले सेवाप्रदायकको कल सेन्टरमा कल गरेर भिडियो कन्टेन्ट नचलेका भन्दै गुनासो गर्छ । त्यसपछि ग्राहकले सेवा प्रदायकलाई ठग भन्न थाल्छन् । तर, विदेशबाट आउने व्यान्डवीथका बारेमा कुनै चर्चा हुँदैन । त्यसैले आईएसपीलाई डम्प पाइप पनि भन्ने गरिन्छ । कन्टेन्ट अएको छ बिदेशबाट तर, नेपालमा गालि भने इन्टरनेट सेवा प्रदायकले खानुपरेको छ । 

कन्टेन्ट प्रवर्तक र उपभोक्ताबीचमा आईएसपीहरु डम्प पाइपको रुपमा सेवा दिइरहेका छन । सेवाग्राहीको घरसम्मा फाइबर अप्टिकल्स पु¥याइसकेको छ । त्यसकारण ‘ओटीटी सर्भिस’ इन्टरनेट सेवाप्रदायकबीच अहिले ठूलो बिषय बनेको छ । सेवाप्रदायकले ग्राहक तथा सबैलाई आर्टिकुलेट गर्न नसक्नु अहिलेको मुख्य समस्या हो । ओटीटी सेवा प्रदायकले कसरी इन्टरनेट सेवामा समस्या गराइरहेका भन्ने बल्ल थाहा हुँदैछ ।

नेपालमा इन्टरनेट सेवा प्रदायकले मगाएका समान त समयमा आउन सकेको छैन भने गुगल, टिकटकलगायतका कन्टेन्ट सेवा प्रदायकले सर्वर राख्ने भन्ने कुरा फगत कल्पना मात्रै हो । जापान, सिङ्गापुर अमेरिकाको अर्थतन्त्रको स्वरुप नै फरक छ । त्यसैले इन्टरनेट लगाएतका प्राविधिक बिषयमा पनि ती देश अब्बल छन् । नेपाललाई धेरै प्राथाकितामा राखेर कुनैपनि देश तथा कम्पनीले काम गरेका छैनन । त्यसकारण प्राथाकिताको हिसाबले पनि सबैभन्दा तल छौं ।

एप्लिकेसन सर्भिस प्रोभाइडरहरुकै इन्टरनेटमा हाबी भएका कारण इन्टरनेट सेवा प्रदायकको संघर्ष जहिल्यै रहिरहन्छ । आज टिकटक आएको छ भोलि अरु कुनै एप्लिकेसन आउनसक्छ । इन्टरनेट प्लाटफर्ममा लाखाैं एप तथा कन्टेन्टहरु जोडिन आइपुग्छन् । त्यस्ता एप्लिकेसनले इन्टरनेट क्षेत्रमा कुनै न कुनै समस्या दिएकै हुन्छन् । नेपालका इन्टरनेट सेवाप्रदायक ग्राहकलाई गुणस्तरीय सेवादिन दिनरात लागिपरेकै छन् । 

आइएसपीहरुको प्रतिस्पर्धाले सीमा नाघिसकेको छ । सेवा पप्रदायकहरुले ग्राहकलाई आकर्षित गर्न आ–आफ्ना प्याकेजहरुलाई प्राथाकितामा राख्ने नै भए । ६० मेगाविट क्षमताको व्यान्डवीथ नल्याए अब इन्टरनेटका कन्टेन्ट धान्न नसकिने अवस्था आएको छ । बजारीकरणका कारण पनि गुणस्तरलाई ध्यान नदिई प्रावधि चुनौतीका बीच इन्टरनेट स्पिडमा प्रतिस्पर्धा हुने गरेको छ । एमवीपीएस मात्रै बढाएर सेवा गुणस्तरीय हुँदैन । कोरोना भाइरस संक्रमणका कारण नेपाल मात्र होइन विश्वभर नै चुनौति थपिएको छ । तुलनात्मक रुपमा हेर्ने हो भने नेपालमा अझै इन्टरनेट सेवा राम्रो छ । 

एप्लिकेसन सर्भिस प्रोभाइडरहरुकै इन्टरनेटमा हाबी भएका कारण इन्टरनेट सेवा प्रदायकको संघर्ष जहिल्यै रहिरहन्छ । आज टिकटक आएको छ भोलि अरु कुनै एप्लिकेसन आउनसक्छ । इन्टरनेट प्लाटफर्ममा लाखाैं एप तथा कन्टेन्टहरु जोडिन आइपुग्छन् । त्यस्ता एप्लिकेसनले इन्टरनेट क्षेत्रमा कुनै न कुनै समस्या दिएकै हुन्छन् । नेपालका इन्टरनेट सेवाप्रदायक ग्राहकलाई गुणस्तरीय सेवादिन दिनरात लागिपरेकै छन् । 

विश्वव्यापी लोकप्रियता कमाउँछ भनेर टिकटकले पनि सायदै सोचेको थिएन । भोलिकै दिनमा सर्भर विश्वभरका इन्टरनेट सेवाप्रदायकलाई पठाउनुपर्छ भनेर टिकटकले पनि सोचेको थिएन । कन्टेन्ट एप सेवाप्रदायकको लोकप्रियताको कारण इन्टरनेट स्लो भएको कारण देखाउँदा ग्राहक मान्ने अवस्थामा छैनन् । नेपालका कन्टेन्टको समस्या झनै टड्कारो बनेर आउँछ ।

अबका दिनमा इन्टरनेटको प्लाटर्फम यसरी प्रयोग हुन्छ भने सेवाप्रदायकले सेवा गुणस्तर हेर्छ भने राज्यले पनि यस बिषयमा हेर्नुपर्ने रहेछ भन्ने पछिल्लो समस्याले बुझिँदै आएको छ । सरकार र नियामक निकाय मिलेर सेवाप्रदायकलाई नेपालसम्मा पहुँच पुर्याउन दिने र पुर्वाधारहरु बनाएर समस्याको समाधान गर्न सरकार र नियामकहरु सचेत रहनुपर्छ । सबैको छलफलमार्फत सतहमा देखिएका समस्या समाधान निकाल्नुपर्छ । 

(बोहोरा भायनेट कम्युनिकेसनका प्रबन्ध निर्देशक हुन)

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी सूचना प्रविधि बाट थप

Top