ग्राहकलाई पेलेर मात्रै हुँदैन, डुब्न लागेकालाई जोगाउने काम पनि बैंककै हो

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ फागुन ६, बिहीबार,०१:२६:PM  
ग्राहकलाई पेलेर मात्रै हुँदैन, डुब्न लागेकालाई जोगाउने काम पनि बैंककै हो

कुनै समय खराव अवस्थाबाट गुज्रिएको माछापुच्छ्र्रे  बैंकले स्टेन्डर्ड फाइनान्सलाई गाभेर अघि बढ्दा पनि केही समय सुस्ताएकै अवस्था रहिरह्यो । तर, पछिल्लो समय गति समाउन खोजेको आभाष माछापुच्छ्र्रेले दिइरहेको छ । त्यही माछापुच्छ्र्रेको व्यवस्थापकीय नेतृत्व २०७७ वैशाखदेखि सन्तोष कोइरालाले सम्हालेका छन् । बैंकिङ क्षेत्रमा क्रियाशील प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुमध्ये युवा मानिएका कोइरालाले त्यसअघि नायव प्रमुख कार्यकारी अधिकृतसहित माछापुच्छ्र्रे मा विभिन्न पदहरुमा ७ वर्ष बिताए । २१ वर्षअघि बैंक अफ काठमान्डूबाट बैंकिङ करियर सुरु गरेका कोइरालाले ४ वर्षपछि सानिमा बैंकमा प्रवेश गरे । सानिमामा करिब ९ वर्ष बिताएर माछापुच्छ्र्रे  प्रवेश गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर र नेदरल्यान्डस्को इरास्मस विश्वविद्यालयबाट एडभान्स व्यवस्थापन र नेतृत्व प्रोग्राममा पनि डिप्लोमा गरेका छन् । नेपालको बैंकिङ क्षेत्रमा कोरोना भाइरसले पारेको असर, माछापुच्छ्र्रे  बैंकको अवस्था र स्थितिमा केन्द्रित रहेर कोइरालासँग गरिएको कुराकानीको अंशः 


दोस्रो त्रैमास पनि सकियो । कोरोना भाइरसले वित्तीय क्षेत्रमा जुन असर गर्छ भन्ने आँकलन गरिएको थियो, त्यस्तो देखिएन । यसलाई तपाईंले कसरी मूल्याङ्कन गर्नुभएको छ ?

पहिलो, कोरोना भाइरसले बैंकिङ क्षेत्रमा ठूलै असर गरेको छ । यद्यपि धेरैले त्यसलाई व्यक्त गर्न सकिरहेका छैनन् । माछापुच्छ्रे बैंकको करिब ५० करोड रुपैयाँ जति खुद नाफामा धक्का लागेको छ । वित्तीय क्षेत्रको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले बीच–बीचमा दिएको निर्देशनले पनि नाफामा ठूलो संकुचन आएको हो । राष्ट्र बैंकले चैत मसान्तमा बैंकको ब्याज बुझाउने ऋणीलाई ब्याजमा १० प्रतिशत छुट र त्यसपछि असारमा २ प्रतिशत बिन्दुले ब्याज छुट नीति अगाडि सार्यो । त्यतिमात्रै होइन डिजिटल कारोबारमा कुनै पनि शुल्क लिन नपाइने लगायतका व्यवस्थाले वित्तीय संस्थाहरूको नाफामा ठूलो असर गरेको छ । 

दोस्रो, कोभिड–१९ कै कारण यसबीचमा सम्पूर्ण व्यवसाय ठप्प भएको अवस्था होइन । कतिपय क्षेत्रमा कोरोनाको कुनै असर नदेखिएको मात्र होइन महामारीकै बेला धेरै राम्रो गरेका छन् । कतिपय क्षेत्रहरू अहिले पनि गम्भीर अवस्थामा छन् । कोरोनाकालमा खाद्यान्न व्यवसाय राम्रोसँग फस्टाएको छ । औषधिको व्यापारमा पनि कमी आएन । तर, कोरोना कहरमा पर्यटन क्षेत्र नराम्ररी प्रभावित भयो । होटल, उद्योग, विमान सेवा र यातायात सेवाको क्षेत्रलाई गम्भीर अवस्थामा पुर्यायो । बैंक सबै क्षेत्रलाई समेटेर लगानी गर्ने संस्था भएकाले कुनै निश्चित क्षेत्र र समयमा असर परेको जस्तो देखियो । बैंकको लगानी विविधिकृत हुने भएकाले मिश्रित प्रभाव परेको छ ।  

तर, मंसिर लागेपछि उद्योग क्षेत्रमा केही सहजता आएको महसुस हुन थालेको छ । यसले केही आशावादी बनाएको पनि छ । अर्कोतिर कोरोनाको प्रभाव पनि केही कम भएर गएको जस्तो देखिएको छ । ऋणको माग पनि विस्तारै बढ्दै गएको अनुभव भइरहेको छ । पछिल्लो ६ महिनाको अवधिमा माछापुच्छ्रेले पनि १३/१४ अर्बको निक्षेप परिचालन र ११/१२ अर्बको ऋण प्रवाह भएको छ । तर, अझै पनि बाहिर आँकलन गरेजस्तो सुधार आएको छैन ।

कोरोना प्रभावित व्यवसायलाई माथि उकास्न राष्ट्र बैंकले पनि ‘प्रोभिजनिङ’का सन्दर्भमा केही खुकुलो नीति लियो । कोरोनाबाट पिल्सिएका व्यवसायको पुनरुत्थानका लागि अति प्रभावित, मध्यम प्रभावित र न्यून प्रभावित समूहमा व्यवसायहरूलाई वर्गीकरण गरेर प्रोभिजनिङमा सहुलियत दियो । त्यसले बैंकहरूलाई पनि एकहदसम्म ‘सर्पोट’ भयो । जसबाट कठिन अवस्थामा पनि बैंकहरूले केही नाफा गरेर लगानीकर्तालाई थोरै–थोरै भए पनि प्रतिफल दिने अवस्थामा पुर्यायो ।

यद्यपि प्रोभिजनिङ कारण सबै क्षेत्रमा उल्लेखनीय सुधार आएको छैन । कुनै क्षेत्रका ऋणीलाई आज पनि सकस छ । ऋणको पुनर्संरचना र पुनर्तालिकीकरणका कुराहरू पनि आएका छन्, केन्द्रीय बैंकले पनि सहुलियतको नीति अघि सारेको छ । ऋणीहरूलाई कसरी सुविधा दिन सकिन्छ भन्नेमा बैंक र नियामक सचेत रहेकाले वास्तबिक अप्ठ्यारोमा परेका ऋणीलाई सक्दो सहयोग गर्ने नीति अख्तियार गरिएको छ ।  
यसबीचमा केन्द्रीय बैंकले ‘बल्क’ पुनर्कर्जा र साधारण पुनर्कर्जा नीति अघि सारेको छ ।

माछापुच्छ्र्रे बैंकले केन्द्रीय बैंकबाट करिब १ अर्ब २६ करोड रुपैयाँ लिएर ८० करोड बल्क पुनर्कर्जा र ५५ करोड रुपैयाँ हाराहारी साधारण पुनर्कर्जा ग्राहकलाई दिइसकेका छौं । साधारण पुनर्कर्जाका लागि अहिले पनि धेरै आवेदनहरू छन् । पुनर्कर्जाको अधिकतम प्रयोग गर्न कोसिस गरिएको छ । तर, विडम्बना नै भन्नुपर्छ । कतिपय ग्राहकलाई पुनर्तालिकीकरण र पुनर्संरचनाका बारेमा केही जानकारी छैन । त्यसले गर्दा सबै जना पुनर्कर्जा उपयोगका लागि सबै ऋणी बैंकमा आउनुभएको छैन । पुनर्कर्जा बारेमा जानकारी हुने र वित्तीय क्षेत्रलाई बुझ्ने ऋणीहरू मात्रै बैंकमा आएका छन् । बैंकमा आएकाहरूले त्यही अनुसारको सहुलियत पनि पाएका छन् ।  

No description available.

 कोरोना भाइरसले बैंकिङ क्षेत्रमा ठूलै असर गरेको छ । यद्यपि धेरैले त्यसलाई व्यक्त गर्न सकिरहेका छैनन् । माछापुच्छ्रे बैंकको करिब ५० करोड रुपैयाँ जति खुद नाफामा धक्का लागेको छ । वित्तीय क्षेत्रको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले बीच–बीचमा दिएको निर्देशनले पनि नाफामा ठूलो संकुचन आएको हो । राष्ट्र बैंकले चैत मसान्तमा बैंकको ब्याज बुझाउने ऋणीलाई ब्याजमा १० प्रतिशत छुट र त्यसपछि असारमा २ प्रतिशत बिन्दुले ब्याज छुट नीति अगाडि सार्यो । त्यतिमात्रै होइन डिजिटल कारोबारमा कुनै पनि शुल्क लिन नपाइने लगायतका व्यवस्थाले वित्तीय संस्थाहरूको नाफामा ठूलो असर गरेको छ । 

बैंकिङ क्षेत्रले सहुलियतपूर्ण कर्जा वा पुनर्कर्जा दिन खासै धेरै जोड गर्दैनन्, बरु सकेसम्म तर्काउँछन् भन्ने आरोप छ । निजी क्षेत्र बैंकहरूकै विरुद्धमा लागेको पाइन्छ । किन यस्तो अवस्था आएको होला ? 

अहिले अधिक तरलता (लगानीयोग्य रकम) छ । पर्याप्त तरलता भएकाले बैंकहरूलाई पुनर्कर्जा चाहिएको अवस्था नै होइन । तर, सरकारको नीति लागू भएर नियामकले निर्देशन दिइसकेपछि बैंकहरूले पुनर्कर्जा दिन्न वा लिन्न भनेर तर्किनु हुँदैन । पुनर्कर्जाले अन्ततः लाभार्थी (ग्राहक)लाई अतिरिक्त सहुलियत दिने हो । बैंकले ३ प्रतिशतमा लिएर ग्राहकलाई ५ प्रतिशतमा ऋण दिने भएकाले कोरोनाबाट प्रभावित ग्राहकले सहुलियत पाउँछन् । ऋणीले पाउने सुविधाबाट सायद कालान्तरमा बैंक पनि लाभान्वित हुन्छ ।

किनभने अप्ठ्यारो सहयोग गर्दा ग्राहकले जहिले पनि बैंकलाई सम्झिने वातावरण बन्छ । कतिपय वित्तीय संस्थाहरूले ढिलाइ गरेको भनेर आवाजहरू सुनिन्छ तर, माछापुच्छ्र्रेको हकमा भन्ने हो भने केन्द्रीय बैंकले तोकेको सीमा सकाइसकेको छ । कोभिडका कारण सिर्जित समस्यामा मल्हमपट्टी लगाउन सरकार/नियामकले चालेको कदमलाई सहयोग गर्नु बैंकको कर्तव्य पनि हो । चाहे नाफा तलमाथि किन नहोस् । 

कोरोना भाइरसको सन्त्रासबीच कर्मचारीको व्यवस्थापन र उनीहरूको गिरेको मनोबल उकास्न कस्ता नीति अख्तियार गर्नुभयो ?

कोभिडका कारण जनशक्ति व्यवस्थापन एकदमै संवेदनशील बनेको अवस्था छ । कोरोनाकै कारणले माछापुच्छ्रेले पनि एक सहकर्मी गुमाएको छ । त्यसले के होला र कसो होला भनेर कर्मचारीको मनोवल एकदमै खस्किएको पनि थियो । तर, बैंकले विभिन्न समयमा कर्मचारीहरूलाई उत्प्रेरणा जगाउने काम गरेको छ । चिकित्सकहरूको टोलीबाट परामर्श दिने काम भएको छ । स्वास्थ्य समस्या समाधान गर्न एउटा अस्पतालसँग सम्झौता गरेर आत्मबल बढाउने खालको काम भएको छ । कोभिडका कारण कर्मचारीहरू त्राहिमाम थिए, यद्यपि अहिले पनि छ । माछापुच्छ«ेका २ सय ६० जना कर्मचारी कोरोना संक्रमित भए । अरू सबै निको भए पनि ४ जना भने अझै संक्रमित छन् । 

कोभिडपछि डिजिटल बैंकिङले खुबै चर्चा पायो र प्रयोगमा पनि वृद्धि भइरहेको छ । तर, डिजिटल कारोबारमा अत्यधिक सेवाशुल्क भएको भनेर जनगुनासाहरू पाइन्छन् । अझ सहज र सुलभ बनाउन के गर्नुपर्छ ? 

माछापुच्छ्रे बैंक डिजिटल बैंकिङमा केन्द्रीकृत भएर अघि बढेको छ । बैंकमा चिफ डिजिटल बैंकिङ अफिसरसहित २२ जनाको टिम छ । ‘वीच्याट’बाट कारोबार गर्ने पहिलो बैंक हो, माछापुच्छ्रे । त्यस्तै, ‘क्यूआर कोड’ सुरुवात गर्ने बैंकमा पनि माछापुच्छ्र्रे अग्रणी छ । मोबाइल, इन्टरनेट बैंकिङ त छँदैछ ।  

कोभिडको सबैभन्दा सकारात्मक पक्ष भनेको डिजिटल कारोबारले बढावा पाएको छ । देशलाई डिजिटाइज बनाउने सन्दर्भमा धेरै ठूलो सहयोग गरेको छ । माछापुच्छ्र्रेले रेमिट्यान्सको ‘वालेट लञ्च’ गर्न लागेको छ । केन्द्रीय बैंकको अन्तिम स्वीकृति पर्खिरहेका छौं । ‘रेमिटेप’ भन्ने लिएर आउन लागेका छौं । रेमिट्यान्स पनि वालेटमार्फत आउने बनाइरहेका छौं । डिजिटाइजेसनका हिसावले वाणिज्य बैंकहरूको तुलनामा माछापुच्छ्र्रे धेरै अघि छ । डिजिटाइजसँग सम्बन्धित जानकारी भएको समूह माछापुच्छ्रेमा छ । र, भविष्य पनि यसमै छ । 

केही दिनअघि मात्रै क्यूआर कोडको प्रयोग गरेर तरकारी किन्न सक्ने व्यवस्थाको गभर्नर महाप्रसाद अधिकारीमार्फत उद्घाटन भएको छ । माछापुच्छ्रेले पनि धनगढी र बनेपामा छिट्टै लागू गर्दै छ । अहिले कुनै पनि कारोबारमा नगदविहीन वातावरण (क्यासलेस इन्भाइरोमेन्ट) बनाउने काम भइरहेको छ र अबको भविष्य पनि क्यासलेस नै हो । विश्वका धेरै देशमा नगदमा कारोबार हराइसकेको छ । अब बैंक पनि कागजविहीन (पेपरलेस) वातावरणमा चलाउनुपर्छ । 

रह्यो कुरा सेवाशुल्कको । बैंकले डिजिटलमा जुन तहको खर्च गरेका छन्, त्यसको आधारमा अहिले लिइरहेको सेवाशुल्क केही पनि होइन । प्रतिस्पर्धा बढ्दै जाँदा यो घट्दो क्रममा छ । बरु अहिलेको मुख्य समस्या भनेको मान्छेलाई साक्षर बनाउन नसक्नु हो । वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम विगतदेखि नै चलिरहेका छन् । तर, मानिसहरूले विश्वास गरिसकेको देखिँदैन । एउटा क्यूआर कोड लगेर राखिदियो, मोबाइलबाट गर्दा पैसा आउँछ त ? भन्ने कुरा सिकाउन एकदमै कठिन अवस्था छ । 

माछापुच्छ्र्रेको १ सय ६० शाखा छन् । सबै शाखाबाट वित्तीय सारक्षतासम्बन्धी काम गरिरहेको छ । बैंकिङमा आएर भएका ‘प्रडक्ट’ प्रयोग गर्न उत्प्रेरित गरिरहे पनि गाउँले जीवनमा रमाइरहेका ग्राहकहरूले सहजै स्वीकार गर्न सकेको पाइँदैन । तर, मानिसहरूको मानसिकतामा विस्तारै परिवर्तन भने आएको छ । हिजो मोबाइल चलाउनेको संख्या कति थियो ? आज कति पुगेको छ ? 

हिजो अनलाइन (जुम)मार्फत मिटिङ हुन्छ र भन्ने अवस्था थियो । आज सम्पूर्ण मिटिङ भर्चुअल रूपमा हुने अवस्था बनेको छ । अहिले माछापुच्छ्र्रेका सबै मिटिङ भर्चुअल हुन्छन् । माछापुच्छ्र्रे बैंक पूर्णरूपमा डिजिटाइज बन्ने चाहना बोकेर अघि बढेको छ । सुशासन कायम गर्न एक नम्बरमै छौं भन्ने लाग्छ । राष्ट्र बैंकले निकालेका नीति/नियम, निर्देशन पूर्णरूपमा पालना गरेको छ । 

माछापुच्छ्र्रेले आन्तरिक वातावरण पनि त्यस्तै किसिमले गरेको छ । बैंकमा ‘डकुमेन्ट म्यानेजमेन्ट सिस्टम’ छ । कागजमा हस्ताक्षर गर्ने काम हटाएर ‘लोन ओरिजेन्ट सिष्टम’ कार्यान्वयनमा ल्याइएको छ । खुद्रा (रिटेल) प्रकृतिका ऋणहरू पनि ‘अटोमेटेड’ छ । फाइल कुन विभागमा पुग्यो, कहाँ के भइरहेको छ भन्ने कुरा प्रणालीबाटै देखिन्छ । 

कोभिडका कारण अधिक तरलताको स्थिति छ । अधिक तरलताका कारण ब्याजदर स्थायित्व र कर्जाको गुणस्तरमा पनि चुनौती थपिएको छ । यसलाई कसरी हेर्नुभएको छ ?

वास्तवमै अहिले अत्यधिक तरलताको अवस्था छ । अधिक तरलताको स्थिति धेरै समय जान्छ जस्तो लाग्दैन । कोभिड–१९ को प्रभाव सुरु हुने बित्तिकै बीचमा कर्जाको माग एकदमै कम थियो । कोभिडको समयमा मान्छेहरू खर्च गर्न डराए र बचत भइरह्यो । भविष्य के हुन्छ भन्ने कसैले पनि आँकलन गर्न सकेनन् । खर्च गर्ने बानीलाई पूर्णरूपमा परिवर्तन गरे । होटल जाने अवस्था थिएन । रमाइलो गर्ने सम्पूर्ण क्षेत्रहरू बन्द भए । जसले गर्दा नियमितभन्दा केही मात्रामा बचत बढेको हो । पुस तेस्रो सातासम्म बजारमा करिब १ खर्ब १० अर्ब हाराहारी तरलता उपलब्ध छ । 

अर्कोतिर कर्जाको माग नै नभएपछि तरलता बढ्नु स्वाभाविक हो । तर, विगत केही समयदेखि कर्जाको माग विस्तारै बढ्दै गएकाले बैंकमा थुप्रिएको पैसा ऋणको रूपमा बाहिर निस्किन थालेको छ । ऋणको माग बढ्दै जाँदा तरलतामा संकुचन आउन थाल्छ । तरलता मापन गर्ने आधार ‘रेमिट्यान्स फ्लो’ र पुँजीगत खर्च हो । पुँजीगत खर्च सरकारले कसरी गर्छ त्यसआधारमा आगामी दिनमा तरलता अवस्था कस्तो हुन्छ भन्ने निर्धारण गर्छ । रेमिट्यान्स फ्लोमा खासै परिवर्तन भएको छैन । अहिलेकै रफ्तारमा कर्जाको माग आएमा आगामी चैतसम्म तरलता संकुचन हुने अवस्था आउँछ ।  

कर्जाको गुणस्तरका बारेमा भने सचेत हुनुपर्छ । केन्द्रीय बैंकले धेरै क्षेत्रमा कर्जाको सीमा तोकेको छ । अहिले पनि कुल कर्जाको ४० प्रतिशत निर्देशित कर्जा छ । त्यति मात्रै होइन बैंकलाई बिनाधितो कर्जा दिनुपर्ने बाध्यता छ । यसले कर्जाको गुणस्तरमा समस्या ल्याउन सक्छ । बैंकले आफ्नो स्वविवेक प्रयोग गरेर ६० प्रतिशत कर्जामा मात्रै खेल्ने हो । 

इमान्दारिताका साथ काम गर्न चाहनेहरू र उद्यमी बन्छु भनेर तनमनले लाग्नेहरूलाई अहिलेको कर्जा नीतिले सहयोग गरेको छ । यस्तो बेला बैंकले अत्यन्तै सजक भएर र आफ्नो जोखिम व्यवस्थापनलाई अत्यन्तै कडाइका साथ परिपालन गरेर अघि बढ्नुपर्छ । नत्र भने भोलिका दिनमा केही न केही समस्या आउन सक्छ । पोर्टफोलियो बढाउनेभन्दा पनि कसरी गुणस्तरियता कायम गर्ने भन्ने कुरामा ख्याल गर्नुपर्छ ।  

परिस्थितिलाई हरेकले आफूअनुकूल व्याख्या गर्छन् । अहिलेको कठिन अवस्थालाई अवसरका रूपमा लिएर कतिपयले एकदमै उदार भएर ऋणको पोर्टफोलियो बढाएको पाइन्छ । कतिपयले कर्जा वृद्धि गर्ने बेला होइन भनेर बसेको पाइन्छ । कतिपयले जे छ, त्यसैलाई ‘मेन्टेन’ गरेर बस्नुपर्छ भन्ने सोचाइ राखेको देखिन्छ । माछापुच्छ्रे बैंक अहिलेको कठिन अवस्थामा ‘चुजी’ भएको छ । माछापुच्छ्र्रे एकदमै सचेत भएर, छनोट बेसिसमा ‘ग्रोथ’ नगर्ने पनि होइन र धेरै गर्ने पनि होइन भन्ने मान्यताबाट अघि बढेको छ । बैंकिङ क्षेत्रमा कुनै पनि अप्ठ्यारो स्थिति आयो भने त्यसलाई सहजै व्यवस्थापन गर्न सक्ने तहमा वृद्धि गर्न अग्रसर भएको छ ।  

No description available.

कोभिडको सबैभन्दा सकारात्मक पक्ष भनेको डिजिटल कारोबारले बढावा पाएको छ । देशलाई डिजिटाइज बनाउने सन्दर्भमा धेरै ठूलो सहयोग गरेको छ । माछापुच्छ्र्रेले रेमिट्यान्सको ‘वालेट लञ्च’ गर्न लागेको छ । केन्द्रीय बैंकको अन्तिम स्वीकृति पर्खिरहेका छौं । ‘रेमिटेप’ भन्ने लिएर आउन लागेका छौं । रेमिट्यान्स पनि वालेटमार्फत आउने बनाइरहेका छौं । डिजिटाइजेसनका हिसावले वाणिज्य बैंकहरूको तुलनामा माछापुच्छ्र्रे धेरै अघि छ । डिजिटाइजसँग सम्बन्धित जानकारी भएको समूह माछापुच्छ्रेमा छ । र, भविष्य पनि यसमै छ । 

केन्द्रीय बैंकले गत पुससम्मलाई आधार मानेर कोभिड समय भन्दै नउठेको ऋणलाई धितो लिलामीका प्रक्रियाहरू तत्काललाई रोक्नु भनेकोमा यसको समय असारसम्म थपिएको छ । तर, बैंकहरूले नियामकको निर्देशनलाई पन्छाएर छिटोभन्दा छिटो ऋण तिर्न आउ भनेको छ । यसले निजी क्षेत्र बैंकिङ क्षेत्रप्रति आक्रामक देखिन्छ । यसले बैंकिङ क्षेत्रप्रतिको विश्वास गुम्दैन ?

बैंकले जहिले पनि ‘कन्ट्रोल’ व्यवसाय गर्नुपर्छ । सर्वसाधारणको निक्षेपबाट चल्ने संस्था धेरै उत्साहित हुन राम्रो होइन । बैंकिङ भनेको व्यक्तिगत व्यवसाय चलाएजस्तो हुँदै होइन । अर्काको पैसा लिएर गर्ने व्यवसाय भएकाले अत्यन्तै संयमित हुनु जरुरी छ । अहिले केही बैंकले समय अगावै धितो लिलामीको सूचना निकाल्ने गरेको भन्ने कुरा आइरहेको छ । देशमा नियम, कानुन छ । ग्राहकलाई पेलेर मात्रै हुँदैन, डुब्न लागेको ग्राहकलाई जोगाउने काम पनि बैंककै हो । यसको अर्थ पूरै उदारता देखाउनुपर्छ भन्ने पनि होइन ।

किनभने बैंक डुब्ने बित्तिकै सर्वसाधारणको पैसा डुब्छ । कोभिडका बेला केन्द्रीय बैंकले अलि उदार हुनुस् है भनेको छ, जुन जायज पनि हो । माछापुच्छ्र्रेले कोभिड आउनु पूर्वका खातालाई त्यही हिसावले ‘डिल’ गरेको छ । कोभिडपछिका खातालाई जुन हिसावको सहुलियत केन्द्रीय बैंकले दिएको छ, माछापुच्छ«ेमा त्यस्तो समस्या छैन । फेरि माछापुच्छ्र्रेको प्रक्रिया अलि कडा छ । आक्रामक व्यवसाय गर्दा छिटो डुब्ने खतरा रहन्छ । जसले धेरै धितो लिलामीको सूचना निकाल्छ उसले व्यवसाय बढाउन आक्रामक बैंकिङ गरेको रहेछ भन्ने बुझ्न गाह्रो हुँदैन । केन्द्रीय बैंकको नीतिलाई अनुशरण गर्दा आफ्नो नियन्त्रण बाहिर (अनकन्ट्रोल सिचुएसनमा) व्यवसाय जाँदैन ।

माछापुच्छ्र्रे बैंककै कुरा गरौं । असोजसम्मको वित्तीय विवरण हेर्दा खराब कर्जा केही बढेको छ । व्यवसाय विस्तार पनि सुस्त छ । किन ? 
जुन कर्जामा शंका हुन्छ त्यस कर्जामा आवश्यकताअनुसार ‘प्रोभिजन’ गर्नुपर्छ । राष्ट्र बैंकले सबैभन्दा सुरुमा माछापुच्छ्र्रे बैंकको वासलात (ब्यालेन्ससिट) स्वीकृत गरेको थियो । राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गर्दा अझै एक महिनासम्म उठेको पैसा गत वर्षकै खातामा राख्न पाउँछौंभन्दा पनि माछापुच्छ्र्रेले त्यसो गरेन र चालू वर्षकै लागि भनेर छोडियो ।

अर्को वर्ष के हुन्छ थाहा छैन । जे उठ्न बाँकी रहन्छ, त्यो अर्को वर्षलाई छाडौं । अहिलेसम्म जे ‘रिकभर’ भयो, त्यसलाई मात्रै लिएर जाउँ भनेर माछापुच्छ्र्रे अघि बढेको हो । भविष्यमा अझै अप्ठ्यारो स्थिति आउन सक्छ । केन्द्रीय बैंकले जारी गरेका सबै निर्देशन पालना गरेर नलुकाई सबै प्रोभिजन गर्दा खराब कर्जा शून्य दशमलव ५ प्रतिशत बढेको हो । 

अहिले आक्रामक भएर व्यवसाय गर्ने समय हुँदै होइन । कोरोनाको भ्याक्सिन कहिले आउँछ थाहा छैन । कोभिड कहिलेसम्म रहन्छ थाहा छैन । कोरोना भाइरसको प्रकृति पनि फरक–फरक देखिएको छ । अहिले कोरोना भयो कि निमोनियामा परिणत भएको छ । त्यसैले माछापुच्छ्र्रे एकदमै सचेत भएर अघि बढेका कारण व्यवसाय केही कम भएको हो कि भन्ने अनुभव भएको हो । तर, समग्रतामा भने साह्रै कमजोर पनि छैन । 

कोरोना कहरले व्यावसायिक वातावरणमा परिवर्तन आएको छ । पछिल्लो समय कुन क्षेत्रबाट कर्जा माग बढी छ ?

पछिल्लो समयमा व्यापार कर्जाको माग ह्वात्तै बढेको छ । त्यसैगरी उद्योग, पोल्ट्री, औषधि, खाद्यान्न र जलविद्युत् क्षेत्रमा कर्जाको माग देखिन्छ । सरसर्ती हेर्दा कोरोनाले यी क्षेत्रलाई खासै असर गरेन । कतिपय क्षेत्रमा नयाँ उद्योग लगाउँछौं भनेर ऋण मागे पनि धेरैजसो आयात गरेर सामान बिक्री गर्नेहरूले कर्जा माग गरेको पाइन्छ । जलविद्युत् क्षेत्रमा केन्द्रीय बैंकले २०८१ सम्म निश्चित प्रतिशत कर्जा प्रवाह गरिसक्न निर्देशन दिएकाले पनि जलविद्युत् क्षेत्रमा कर्जा लगानी बढाउनुपर्ने बाध्यतामा बैंकहरू छन् भने कर्जाको माग पनि बढिरहेको छ । त्यस्तै, स्टिल उद्योग, प्लाइउड उद्योगलगायत नयाँ–नयाँ क्षेत्रमा उद्योग खोल्नका लागि कर्जाको माग भइरहेको छ । यसबाट के देखिन्छ भने सबैतिरबाट अलिअलि कर्जा विस्तार हुन खोजेको देखिन्छ । व्यवसाय यसैगरी विस्तार हुँदै गए र कोरोना संक्रमणको प्रभाव यही अवस्थामा रहे अर्थतन्त्रमा आशा गर्ने ठाउँहरू पलाउन सक्छन् । 

गैरआवासीय नेपालीहरू (एनआरएन)को पनि लगानी भएको बैंक माछापुच्छ्रे । राष्ट्र बैंकले बाहिरबाट पैसा ल्याएर नेपालमा उद्यममा लगाउन बाटो खोलिदिए पनि माछापुच्छ्रे अघि बढ्न सकेन नि ? 

विदेशी लगानी लिएर आउने प्रोजेक्टहरूमा ‘फाइनान्सिङ’ गर्छाैं भनेर छलफल गरिरहेका छौं । केही परियोजना आएका पनि छन् । तर, ती परियोजनाले अन्तिम रूप नपाएकाले बाहिर नआएको हो । खास गरी एनआरएनहरूको दुई क्षेत्र (होटल र जलविद्युत्)मा बढी रुचि देखिन्छ । विदेशमा तारे वा बुटिक होटल देखेर पनि होला । हाइड्रोमा माछापुच्छ्र्रे एनआरएनहरूसँगै छ । होटलहरूमा पनि लगानी भइरहेको छ भने थप लगानीका लागि विभिन्न चरणमा छलफल चलिरहेको छ । 

पछिल्लो समय केन्द्रीय बैंकले सेयर धितो कर्जा, अधिविकर्ष (ओभर ड्राफ्ट) कर्जा र कर्जा अग्रिम भुक्तानीमा लगाएको सीमा र शुल्कमा गरेको नयाँ व्यवस्थाले वित्तीय प्रणालीलाई कस्तो असर गर्छ ?

सेयर र घरजग्गामा सबैभन्दा कम ऋण दिने बैंक मध्येमा पर्छ माछापुच्छ्र्रे । सेयर बजार अलिकति ‘स्पेकुलेटिभ’ जस्तो लाग्छ । बैंकले बजार कसरी जान्छ भन्ने विषयमा अध्ययन गरिरहेको छ र विस्तारै लगानी गर्न सुरु गरेको छ । तर, अरू बैंकले लगानी गरेको तहमा माछापुच्छ«े पुग्दैन । लगानीको एउटा क्षेत्र भएकाले लगानीकर्तालाई पनि सहयोग गर्नुपर्छ भन्ने मान्यतामा बैंक छ । अधिविकर्ष कर्जामा भएको कडाइले जथाभावी ऋण प्रयोग हुँदैन भन्ने आशा गर्न सकिन्छ । 

बैंकहरूले लिने शुल्कका बारेमा बेला–बेलामा कुरा उठिरहन्छ । यस्तो हुनु उद्योगको माग पनि हो जस्तो लाग्छ । कोभिडकालको पछिल्लो चरणमा ऋण स्वापमा केही समस्या आएको थियो । एकदमै अस्वस्थ प्रतिस्पर्धा भएको थियो । त्यसलाई व्यवस्थापन गर्नुपर्छ भनेर नेपाल बैंकर्स संघले नै केन्द्रीय बैंकलाई सुझाव दिएको थियो । त्यसैका आधारमा केन्द्रीय बैंकले निर्देशन जारी गरिसकेपछि अस्वस्थ प्रतिस्पर्धाबाट ऋण खोसाखोस गर्ने प्रवृत्ति केही हदसम्म रोकिएको छ । ग्राहकलाई ऋण स्वाप गर्ने अधिकार जहिले पनि हुन्छ । हरेक बैंक ग्राहक खोज्दै बजारमा जाने हो । एक बैंकबाट अर्को बैंकमा जाने र अर्को बैंकबाट आफ्नो बैंकमा आउने प्रक्रिया स्वाभाविक पनि हो । कतिपय अवस्थामा बैंकले प्रदान गर्ने सेवाले फरक पार्छ । 

No description available.

माछापुच्छ्र्रेका संस्थापक लगानीकर्र्ताको अन्य कुनै बैंकमा लगानी छैन । एउटै समूहको लगानी छ भनेर माछापुच्छ्र्रेलाई कुनै दबाब छैन । तर, मर्जरमा जानुपर्छ भन्ने कुरामा माछापुच्छ्र्रे स्पष्ट छ । त्यसैले साधारणसभाबाट मर्जरमा जाने प्रस्ताव पारित गरेर बसेको छ । मर्जमा जाँदा कति ‘सिनर्जी’ ल्याउँछ भन्ने कुरा हेर्नुपर्ने रहेछ । मर्जरमा सबैभन्दा ठूलो विषय जनशक्ति व्यवस्थापन हो र सबैभन्दा ठूलो समस्या पनि हो । सञ्चालक समितिले मर्जमा जानुपर्छ भनेमा व्यवस्थापन जहिले पनि अग्रसर हुन्छ । मर्जका विषयमा केही बैंकसँग कुराकानी भइरहेको छ तर, अन्तिम चरणमा पुगेको छैन । मर्जरमा जान सकिन्छ कि भनेर हेर्नलाई नै सञ्चालक समितिले मर्जर कमिटी बनाएर आफ्नो हिसावले काम गरिरहेको छ । 

बैंकहरूमा स्थिर ब्याजदरको चाप र प्रयोगको अवस्था कस्तो छ ? 

स्थिर ब्याजदर प्रकाशित गर्ने पहिलो बैंक नै माछापुच्छ्र्रे हो जस्तो लाग्छ । तर, बजारमा तरलता अधिक भएको बेला स्थिर ब्याजदरको प्रभावकारिता कम हुँदोरहेछ र तरलता अभाव भएका बेला प्रभावकारिता बढी हुने रहेछ । स्थिर ब्याजदरको माग भएको धेरै समय भएको छैन । यो अभ्यास नेपालमा भरखरै सुरु भएकाले गति लिन केही समय लाग्छ होला । केही ग्राहकहरू ब्याजदर स्थिर भयो भने कतिसम्म पाउँछु भनेर सोध्ने गर्छन् । तर, अहिलेसम्म पोर्टफोलियो नै बनेको अवस्था छैन । 

केन्द्रीय बैंकले मर्जर–मर्जर भनिरहेको छ । बैंकको संख्या घट्नुपर्छ भनेर वित्तीय क्षेत्रले पनि स्वीकारेको छ । एउटै समूह लगानी भएका संस्थाहरूलाई एक आपसमा गाभ्ने भन्ने पनि सुनिन्छ । माछापुच्छ्र्रेको अवस्था के हो ? 

माछापुच्छ्र्रेका संस्थापक लगानीकर्र्ताको अन्य कुनै बैंकमा लगानी छैन । एउटै समूहको लगानी छ भनेर माछापुच्छ्र्रेलाई कुनै दबाब छैन । तर, मर्जरमा जानुपर्छ भन्ने कुरामा माछापुच्छ्र्रे स्पष्ट छ । त्यसैले साधारणसभाबाट मर्जरमा जाने प्रस्ताव पारित गरेर बसेको छ । मर्जमा जाँदा कति ‘सिनर्जी’ ल्याउँछ भन्ने कुरा हेर्नुपर्ने रहेछ । मर्जरमा सबैभन्दा ठूलो विषय जनशक्ति व्यवस्थापन हो र सबैभन्दा ठूलो समस्या पनि हो । सञ्चालक समितिले मर्जमा जानुपर्छ भनेमा व्यवस्थापन जहिले पनि अग्रसर हुन्छ । मर्जका विषयमा केही बैंकसँग कुराकानी भइरहेको छ तर, अन्तिम चरणमा पुगेको छैन । मर्जरमा जान सकिन्छ कि भनेर हेर्नलाई नै सञ्चालक समितिले मर्जर कमिटी बनाएर आफ्नो हिसावले काम गरिरहेको छ । 

केन्द्रीय बैंकले सूक्ष्म व्यवस्थापन (माइक्रो म्यानेजमेन्ट) गरिरहेको भनेर आलोचना भइरहेको छ । घट्नाक्रम केलाउने हो भने प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूले नै केन्द्रीय बैंकलाई हस्तक्षेपका लागि पटक–पटक गुहार्ने गरेको पाइन्छ । वास्तविकता के हो ? 

केन्द्रीय बैंक भनेको नियामक निकाय हो । बैंक तथा वित्तीय संस्थाको नियमन गर्ने भएको हुनाले उसले विभिन्न कालखण्डमा कुन–कुन परिस्थिति आउँदा कस्तो कस्तो निर्देशन जारी गर्ने भन्ने अधिकार राख्छ । वित्तीय क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा देखियो वा सामान्य अवस्थाभन्दा बाहिर वित्तीय क्षेत्र जान खोज्यो भने बैंकरहरूले केन्द्रीय बैंकलाई गुहार्छन् पनि । बैंकहरू नियमनमा बसेनन् भनेर बैंकरहरूले नै कुरा उठाउने अनि केन्द्रीय बैंक सूक्ष्म व्यवस्थापनमा लाग्यो भन्नु उचित होइन । 

परम्परागत र पुरानो पुस्ताबाट विस्तारै बैंकिङ नयाँ पिँढीमा सर्दैछ । तपाईं पनि एकदमै छिटो र युवा उमेरमै बैंकको कार्यकारी भूमिकामा पुग्ने व्यक्तिभित्र पर्नुहुन्छ । यसलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

मुख्य भनेको नेतृत्व क्षमता (लिडरसीप) विकास हो । सबैमा आ–आफ्नो क्षमता हुन्छ नै । जुन बेला म बैंकिङमा प्रवेश गरेँ त्यतिबेला संयुक्त लगानीका बैंकहरू मात्र थिए । त्यतिबेला नेपालकै सीईओ पाउन एकदमै गाह्रो हुन्थ्यो अर्थात् एकदमै कम हुन्थे । बैंकिङमा प्रवेश गरे देखिनै गरेको मिहिनेत, लगन, शैक्षिक योग्यताको प्रतिफलकै कारण यहाँ आइपुगेको भन्ने लाग्छ । शैक्षिक हिसावले भन्दा म जहिले पनि अब्बल नै थिएँ र त्यही अब्बलता बैंकिङमा देखिएको भन्ने लाग्छ । विद्यार्थी जीवनमा सधैं पहिलो नम्बर विद्यार्थी भएको र बैंकिङ प्रवेश गरेदेखि त्यही किसिमको एक्सपोजर पाएकाले नयाँ रूपमा प्रस्तुत हुन बाटो खुलेको हो । एमबीएसम्म पनि म ‘टपर’ नै हो । 

विदेशमा पढ्दा पनि पछि पर्नु परेन । स्वदेश तथा विदेशका प्राध्यापकसँग धेरै अन्तरक्रिया गर्ने र केही गरौं भन्ने मनोकांक्षाले एक तहको आत्मबल पनि बढ्यो । बैंकिङमा दुई दशक बढी काम गरेको आधारमा सञ्चालक समितिले बैंकलाई चलाउन सक्छ भन्ने बुझाइ रहेरै जिम्मेवारी दिएको भन्ने लाग्छ । माछापुच्छ्र्रेमै विभिन्न तहमा रहेर काम गरेको ८ वर्ष भइसकेको छ । त्यो बेला बैंक कस्तो अवस्थामा थियो र अहिले कुन अवस्थामा छ भन्ने सञ्चालक समितिले राम्रोसँग अध्ययन गरेको छ भन्ने लाग्छ । 

मैले आफूले पाएका हरेक जिम्मेवारीलाई इमान्दरीसाथ निभाएँ र क्षमता विकासमा पनि त्यही हिसावले लागेकै कारण जिम्मेवारी पाएँ भने आफ्नो कार्यकालमा माछापुच्छ्र्रेले नयाँ उचाइमा पु¥याउँछु भन्ने लाग्छ । कुनै पनि व्यक्तिका लागि इमान्दारिता सबैभन्दा ठूलो कुरा हो । सुशासनमा बसेर नियामक निकायले जारी गरेका हरेक निर्देशन, नियमलाई कुनै सम्झौता नगरिकन अघि बढ्दा दुवै (बैंक र आफ्नो)को राम्रो वृद्धि हुने रहेछ ।
म माछापुच्छ्र्रे बैंकका वरिष्ठ प्रवन्धकमा आएको थिएँ ।

त्यो बेला निक्षेप २१ अर्ब र ऋण लगानी १६ अर्ब रुपैयाँ हाराहारी थियो । ८ वर्षको अन्तरमा सहायक महाप्रवन्धक, नायव महाप्रवन्धक, नायव प्रमुख कार्यकारी अधिकृत र प्रमुख कार्यकारी अधिकृत भएँ । यसअवधिमा माछापुच्छ्र्रेको निक्षेप १ अर्ब १७ अर्ब र ऋण १ खर्ब ४ अर्ब पुगेको छ । जसरी बैंकको व्यवसाय विस्तार भएको छ, त्यसैगरी मेरो पनि वृद्धि भएको छ । मेरो ज्ञान, योग्यता र क्षमताका हिसावले माछापुच्छ्र्रेलाई एउटा अब्बल बैंकको रूपमा उभ्याउँछु । 

बैंकको कुरा गर्दा माछापुच्छ्र्रेको स्थान कहाँ हो ? सेयर बजारमा माछापुच्छ्र्रे एकदमै स्थिर देखिन्छ । के कारण होला ?

सेयर बजारको स्थिति मैले पनि प्रक्षेपण गर्न सकेको छैन । बैंकले दिने लाभांशमा कुनै कमी आएको छैन । सुशासनमा कहीँ चुकेका छैनौं । केन्द्रीय बैंकले ‘क्यापिटल चार्ज’ नलगाउने बैंकमा माछापुच्छ्र्रे दोस्रो स्थानमा छ । सुशासनका हिसावले पनि माछापुच्छ्र्रे दोस्रो स्थानमा छ भन्ने दाबी मेरो हो । सुशासन मापनका कुनै पनि प्यारामिटर (सीसीडी, एनएलए, एसएलए, सीआरआर) छोएको छैन । त्यो तहको ‘कम्प्लाइन्स’ लागू गरेको बैंक हो । व्यवस्थापकले गर्ने त्यही रहेछ । हाम्रो कार्यक्षमता देखाइसक्यौं । अहिले पनि कुनै बैंकले साधारणसभा गरिसकेका छैनन् । चालू वर्षमै भन्ने हो भने सबैभन्दा पहिला वासलात स्वीकृत गराउने पहिलो बैंक माछापुच्छ्र्रे हो ।

सुशासन कायम भएन भने केन्द्रीय बैंकले त्यति छिट्टै स्वीकृत गर्छ जस्तो लाग्दैन । यस्तो अवस्थामा पनि सेयर बजारमा सेयर मूल्य सुस्त नै देखिन्छ । फेरि माछापुच्छ्र्रेको ‘बल्क’ सेयर त्यति धेरै कारोबार हुँदैन । बेचबिखन धेरै नहुने भएकाले पनि यस्तो भएको हुनसक्छ । जुन गतिमा बैंक अघि बढिरहेको छ, त्यसआधारमा भन्दा भविष्यमा व्यवसाय आकार बढ्ने मात्र होइन नाफाको आकार पनि बढेर परिणाम राम्रो आउँछ र माछापुच्छ्र्रेका लगानीकर्ताको राम्रो प्रतिफल पाउँछन् । 

(क्यापिटल बिजनेस म्यागजिनबाट) 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी बैङ्किङ बाट थप

Top