बुधबार, असार २ २०७८ ०८:२५ PM

×

मर्जर तथा एक्विजिसनमा जान लक्ष्मीले सबै ढोका खोलेको छ- सीईओ अजयविक्रम शाह [अन्तर्वार्ता]

images

१७ वर्षदेखि लक्ष्मी बैंकमा क्रियाशील अजयविक्रम शाहले २०७५ कात्तिकदेखि व्यवस्थापकीय जिम्मेवारी सम्हाल्न थालेका हुन् । तत्कालीन ग्रिनलेज (हाल स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट २७ वर्षअघि बैंकिङ करियर सुरु गरेका शाहले प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रूपमा लक्ष्मी बैंकलाई हाँक्न थालेको पनि साढे २ वर्ष हुन लागि सकेको छ । गणितमा स्नातकोत्तर शाह खुद्रा बैंकिङ, उपभोक्ता वित्त, कर्जा जोखिम व्यवस्थापन, लघु तथा मझौला उद्यममा दख्खल राख्छन् । कोरोना कहरपछिको बैंकिङ, तरलता संकटको पूर्वानुमान र त्यसले ब्याजदरमा पार्ने प्रभावका विषयमा केन्द्रित रहेर सीईओ शाहसँग क्यापिटलका सुजन ओलीले गरेको कुराकानीः

खासगरी चैत लागेपछि तरलता (लगानीयोग्य रकम) अभाव हुुने भन्ने सवालहरू खडा भएका छन् । त्यसलाई पुष्टि गर्दै केही बैंकहरूले निक्षेपको ब्याजदर बढाउन खोजिरहेको सन्देश दिइरहेका छन् । के वास्तवमै तरलता अभाव भएर ब्याजदर उकासिने बेला आएकै हो ? 

खुलाबजारमा ब्याजदरको निर्धारण बजारको माग र आपूर्तिले गर्छ । हाम्रो आकारको अर्थतन्त्रमा केही अर्ब रुपैयाँको तरलताले नै समग्र बैंकिङ क्षेत्रकै ब्याजदरमा उतारचढाव ल्याउन सक्छ । कोभिड महामारीका कारण ठप्प भएको अर्थव्यवस्था हाल सुधारोन्मुख भई बजारमा कर्जाको माग बढ्दै गइरहेको छ । यद्यपि सीमित स्रोतका कारण निक्षेपको वृद्वि भने कर्जा माग भएजस्तो गरी बढ्न सकेको छैन ।

यसले गर्दा फेरि तरलता अभाव सिर्जना हुने हो कि भन्ने त्रासका कारण केही बैंकहरूले ब्याजदर बढाएका हुन सक्छन् । तर, सुस्त भएको सरकारी खर्च वृद्धि हुनासाथ बजारमा तरलता अभाव सिर्जना हुँदैन । तरलता असहज नभएको खण्डमा ब्याजदर बढ्ने भन्ने सवाल नै रहँदैन । ब्याजदरको दबाब केही बैंकका कारणभन्दा पनि समग्र मौद्रिक व्यवस्थापनले निर्धारण गर्ने स्वाभाविक प्रक्रिया हो ।

लक्ष्मी बैंक आफैं सूचीकृत संस्था भएको हुनाले सेयर बजारको बारेमा टिप्पणी गर्नु उपयुक्त नहोला । सेयर बजार आफ्नै छुट्टै नीति र सिद्धान्तबमोजिम चल्छ र सेयर बजारको मूल्यमा विभिन्न कारणहरूले असर गर्छ ।

गत वर्ष कोभिड कहर सुरु भएपछि कुनै पनि क्षेत्र त्यसबाट अछुतो रहेन । व्यापार व्यवसायहरू अधिकांश क्षेत्रहरू पुरानै लयमा फर्किसके पनि कतिपय अझै पुुनरुत्थानकै पर्खाइमा छन् । लयमा फर्किएको भनिएका क्षेत्रमा पनि प्रकृतिअनुसार फरक छ । जस्तो यातायात क्षेत्रमा ट्रक तथा मालवाहक सवारीको माग अधिक छ भने सार्वजनिक सवारीसाधनको सुस्ताएकै छ ।

कोभिड कालमा ऋणको माग थिएन र बैंकहरूमा अधिक तरलताको अवस्था थियो । कोभिडका कारण विप्रेषण आप्रवाह (रेमिट्यान्स)मा ठूलो असर गर्छ भन्ने आँकलन गरिएकोमा अवस्था मजबुत देखियो । यसले तरलता सहज बनाउन राम्रै भूमिका खेल्यो । उता, केन्द्रीय बैंकले पुनर्कर्जा व्यवस्था गरेर थप कर्जा प्रवाह गर्ने बाटो खोल्दा तरलता सहजीकरणमा पनि भूमिका खेलेको छ ।

यस्तो अवस्थामा कर्जा माग बढ्न सुरु भएको छ । गत वर्ष यो समय कोभिडले निम्त्याएको समस्यका कारण बन्दाबन्दीले ऋण लगानी ठप्प रहेको स्थितिमा अहिले राम्रो माग भएको छ । व्यवसाय विस्तार भएर कारोबार बढिरहँदा ऋण भुुक्तानी क्षमता पनि विस्तारै बढ्दै गएको छ । जुन क्षेत्र पुरानै लयमा फर्किएको छ, त्यसको भुक्तानी क्षमता पनि एकदमै राम्रो भएर गएको छ ।

बैंकहरूको औसत कर्जा पुँजी निक्षेप (सीसीडी) अनुपात ७७ प्रतिशत हाराहारीमा छ । केन्द्रीय बैंककाअनुसार सीसीडी अनुपात ८५ हुने गरी लगानी गर्न पाइने भएकाले लगानी ‘स्पेस’ छ भन्न सकिन्छ । किन बैंकहरूले ब्याज बढाउन हतार गरेका त ?

तरलता व्यवस्थापन सन्दर्भमा बैंकले कायम राख्नुपर्ने वास्तविक तरल सम्पत्ति (नेट लिक्विड एसेट्स) र सीसीडीका पक्षलाई हेर्नुुपर्छ । सीसीडी अनुपातले लगानी योग्य रकमको आधार दर्साउँछ । अहिले कायम ७७ प्रतिशत औसत सीसीडीको स्थितिलाई पर्याप्त तरलताको अवस्था मान्न सकिँदैन । अहिले बैंकहरूले ८५ प्रतिशत सीसीडी भनेर काम गरेका छैनन् ।

तरलता र ब्याज सहुलियतजस्ता उपायहरूले कृषिमा निजी क्षेत्रको प्रवेश सहज बनाएको त छ तर पर्याप्त भएको छैन । कर्जाको कम माग, व्यावसायिकताको कमी, उच्च जोखिम लगायतको कारणले कृषि क्षेत्रमा कर्जा लगानै ह्वात्तै बढाउन चुनौतीपूर्ण छ ।

अधिकांश बैंकहरूले ८० प्रतिशत नै सीसीडी मानेर काम गरिरहेकाले तरलता अभाव हुन्छ कि भनेर आशंका व्यक्त गरेका हुन् । दोस्रो त्रैमासमा ७३ भएको औसत सीसीडी चैत तेस्रो सातासम्म ७७ पुग्नु भनेको ठूलो मात्रामा ऋण लगानी बढेको छ भन्ने देखाउँछ । तर, यही कारणले ब्याजदर बढ्छ भन्ने अवस्था भने होइन । सरसर्ती हेर्दा निक्षेपमा सामान्य ब्याज बढाउने प्रयास भए पनि कर्जाका हकमा चालू आर्थिक वर्षमा ब्याजदर बढ्ने सम्भावना देखिँदैन ।

त्यति मात्र होइन आगामी असोजसम्मै कर्जामा ब्याजदर वृद्धिको सम्भावना छैन किनभने सरकारले निर्माण व्यवसायीलाई ठूलो रकम भुक्तानी गर्ने चरणमा छ । त्यो पैसा पनि बैंकमा आउँछ । अर्कोतिर विगतका अनुुभवबाटभन्दा सरकारले अन्तिम त्रैमासमा अत्यधिक पुँजीगत खर्च गर्छ । अहिलेसम्म विनियोजित रकमको २६ प्रतिशत हाराहारी पुँजीगत खर्च भए पनि आर्थिक वर्ष सकिँदा यो ७० प्रतिशतभन्दा माथि पुुग्ने अवस्था बन्छ । सरकारले खर्च बढाउने बित्तिकै तरलता बजारमा आउँछ । बजारमा तरलता हुँदा ब्याजदर बढ्ने कुरै हुँदैन ।

सरकारले चौथो त्रैमासमा गरेको खर्चको आगामी वर्षको पहिलो त्रैमास (असोज)सम्म पर्छ । त्यसपछि नेपालीहरूको ठूला पर्वहरू आउँछन् । त्यसको असर पनि तरलतामा पर्छ । यसले गर्दा समग्रतामा भन्दा आगामी वर्ष दोस्रो त्रैमासको अन्त्यसम्म ब्याजदर अहिलेकै अवस्थामा रहन्छ भन्न सकिन्छ । त्यसपछि भने कस्तो परिस्थिति बन्छ त्यसैमा ब्याजदर बढ्ने÷नबढ्ने निर्धारण हुन्छ  बरु बैंकहरूले अब छनौट गरेर (सेलेक्टिभ भएर) लगानी गर्नुपर्ने अवस्था भने आएको छ ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षमा मौद्रिक नीतिमार्फत दिएको सुविधा आगामी आर्थिक वर्षमा नदिन पनि सक्छ । असार पछिको अवस्थालाई कसरी आँकलन गर्नुभएको छ ? 

बजारमा तरलता कति छाड्ने वा कडाइ गर्ने राष्ट्र बैंकसँग औजारहरू छन् । अहिलेको मुख्य औजार सीसीडी अनुपात हो र केन्द्रीय बैंकले ८० प्रतिशत रहेको सीसीडीलाई बढाएर ८५ प्रतिशत पुु¥याएको छ । जसले बैंकहरू मनोवैज्ञानिक सहजतामा भएकाले आत्तिएर निक्षेपको ब्याजदर बढाउने अवस्था नहुँदा ऋणीले कम ब्याजदरमा ऋण पाइरहेका छन् र राहतको अनुुभव लिएका छन् । असारपछि भने सहज अवस्था नरहन सक्छ । 
ब्याजदर कम हुनका लागि तरलता पर्याप्त हुनुपर्छ । ब्याजदर उच्च भयो वा कम भयो भनेर बहस गर्नुभन्दा पनि तरलता व्यवस्थापन कसरी गर्ने भनेर ध्यान केन्द्रित गर्न सके धेरै समस्या समाधान हुन्छ ।

अधिकांश बैंकहरूले ८० प्रतिशत नै सीसीडी मानेर काम गरिरहेकाले तरलता अभाव हुन्छ कि भनेर आशंका व्यक्त गरेका हुन् । दोस्रो त्रैमासमा ७३ भएको औसत सीसीडी चैत तेस्रो सातासम्म ७७ पुग्नु भनेको ठूलो मात्रामा ऋण लगानी बढेको छ भन्ने देखाउँछ । तर, यही कारणले ब्याजदर बढ्छ भन्ने अवस्था भने होइन । सरसर्ती हेर्दा निक्षेपमा सामान्य ब्याज बढाउने प्रयास भए पनि कर्जाका हकमा चालू आर्थिक वर्षमा ब्याजदर बढ्ने सम्भावना देखिँदैन ।

कोभिड पूर्णरूपले नियन्त्रणमा आउने बित्तिकै ऋणको माग अझ बढ्छ । ऋणको माग थेग्नलाई तरलता पर्याप्त हुने किसिमले नीति लिनु आवश्यक छ । कोभिड कायम रहेको वा नरहेको अवस्थालाई ख्याल गरेर केन्द्रीय बैंक र सरकारले आफ्ना नीतिहरूमा निर्णय गर्लान नै । किनभने अबको डेढ महिनामा आगामी वर्षको बजेट र त्यसको डेढ महिनाभित्र मौद्रिक नीति आउँछन् ।  

लामो समयदेखि नै लक्ष्मी बैंक व्यावसायिक विस्तारमा मात्रै नभएर अन्य गतिविधिमा पनि मौनजस्तै देखिन्छ । यस्तो अवस्था किन आएको हो ?

नकारात्मक समाचार तथा विवादहरूमा नपरेका कारण लक्ष्मी बैंक मौन बसेजस्तो देखिन गएको हुनसक्छ । तर, बैंकको ‘ब्राण्ड भ्यालु’ र ग्राहकहरूको विश्वास सबैभन्दा महत्वपूर्ण हुन्छ र यो कुरा लक्ष्मीको वासलातमा प्रतिबिम्बित भएको छ भन्ने लाग्छ । लक्ष्मीलाई ग्राहकहरूले एक प्रगतिशील र जिम्मेवार बैंकका रूपमा चिन्नुहुन्छ । जसले गर्दा बैंकको बजारमा छुट्टै विशिष्ट पहिचान स्थापित भएको छ । 

तथ्य र आँकडाहरू केलाउने हो भने पनि लक्ष्मी विस्तारित भएको छैन भन्ने आधार भेटिँदैन । विगत केही वर्षदेखि शाखा सञ्जाल, वासलातको आकार, निक्षेप तथा ऋण लगानीजस्ता सम्पूर्ण परिसूचकहरूमा लक्ष्मीले उल्लेख्य वृद्वि गरेको छ । गत वर्ष कोरोना भाइरस तथा आर्थिक मन्दीका कारण विस्तारको गतिमा केही कमी आएको पक्कै हो ।

सो अवधिमा बैंकले अंकमा भन्दा कर्मचारीको सुरक्षा तथा ग्राहकहरूको आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राखेर काम ग¥यो । जसका कारण पछिल्ला केही महिनामा लक्ष्मीको वासलातको वृद्विदर बजार औसतभन्दा माथि रहन पुुगेको छ ।

बन्दाबन्दी (लकडाउन)का बेला खोल्न नसकिएका कतिपय शाखाहरू अहिले पूर्णरूपमा सञ्चालनमा आइसकेका मात्रै छैनन्, नयाँ शाखा विस्तारलाई पनि लक्ष्यअनुसार अघि बढाइरहेका छौं । लक्ष्मीले हासिल गरेको वृद्वि बैंकको समग्र आकारको हिसाबले हेर्दा आफूले तर्जुमा गरेका मध्यकालीन तथा दीर्घकालीन रणनीतिअनुरुप नै छ । त्यसमा बैंक चुकेको छैन ।

पछिल्लो समय वित्तीय कारोबारमा सूचना प्रविधिको प्रयोग व्यापक रूपमा भइरहेको छ र यसले जोखिम पनि उत्तिकै बढाइरहेकै छ । तर, सेवा प्रवाहमा देखिएका समस्याहरूका कारण बैंकहरूले सूचना प्रविधिमा झारा टार्ने हिसावले मात्रै लगानी बढाइरहेका छन् भन्ने आरोप पनि छ, नि ?

बैंकहरूले विगतमा सूचना प्रविधिलाई दिएको महत्व तथा त्यसमा गरेको लगानीकै कारण पछिल्लो समयमा डिजिटल बैंकिङको प्रयोग विस्तारमा सहज भएको हो । विस्तारसँगै जोखिम बढ्नु स्वाभाविक नै हो । यससँग सम्बन्धित जोखिमहरूलाई न्यूनीकरण गर्न बैंकिङ क्षेत्र आधारभूत रूपमा सक्षम नै छन् । प्रविधि जस्तो परिवर्तनशील क्षेत्रमा नयाँ–नयाँ जोखिमहरू पनि सिर्जना भइरहेको भने हुन्छन् ।

त्यसमा बैंकरहरू मात्रै नभएर नियामक नेपाल राष्ट्र बैंक पनि त्यत्तिकै सचेत छ भन्ने लाग्छ । त्यसैकारण सूचना प्रविधिको विस्तारसँगै आउने जोखिम न्यूनीकरणलाई उच्च प्राथमिकतामा राख्दै बैंकहरूले लगानी गर्दै आएका छन् । यद्यपि बैंकहरूले प्रदान गर्ने प्राविधिक सेवाहरू जनतासमक्ष पुग्न इन्टरनेटलगायत अन्य पूर्वाधारहरू पनि उत्तिकै आवश्यक पर्छ ।

बजारमा तरलता कति छाड्ने वा कडाइ गर्ने राष्ट्र बैंकसँग औजारहरू छन् । अहिलेको मुख्य औजार सीसीडी अनुपात हो र केन्द्रीय बैंकले ८० प्रतिशत रहेको सीसीडीलाई बढाएर ८५ प्रतिशत पुु¥याएको छ ।

कतिपय स्थानहरूमा यस्ता सेवाहरू सुलभ रूपमा उपलब्ध नहुँदा डिजिटल प्रविधि विस्तारमा केही चुनौतीहरू भने उत्पन्न भएको छ । पूर्वाधारहरूको निर्माण भई प्राविधिक स्रोत तथा सेवाहरू सस्तो तथा सुलभ रूपमा उपलब्ध भएमा बैंकहरूले थप लगानी बढाइ वित्तीय सेवालाई अझ चुस्तदुरुस्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने छन् ।

फेयर भ्यालु (निश्पक्ष मूल्य)मा मूल्याङ्कन गरिएका इक्विटी उपकरणका लगानीबाट भएको नाफा÷(नोक्सान) हेर्दा गत वर्ष पुसमा १० करोड भएकोमा यस वर्ष पुसमा ८६ करोड ८६ लाख देखिन्छ । यस्तो नाफा कहाँबाट आउँछ ?

गत वर्ष बैंकले आक्रामक रूपमा वृद्धि गरेको हो । यो आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासमा आक्रामक रूपमा व्यवसाय विस्तार नगरेका कारण समग्र नाफा घटेको हो । यसअवधिमा लक्ष्मी बैंकले नचाहेरै व्यवसायलाई आक्रामक नबनाएको हो । पहिलो र दोस्रो त्रैमासमा लक्ष्मीको ध्यान व्यवसाय विस्तारमा भन्दा पनि कर्मचारीको स्वास्थ्यतर्फ बढी केन्द्रित भयो । त्यही भएर गत वर्षको नियमित अवस्थामा भन्दा चालू वर्षको सुरुवाती दुई त्रैमासमा समग्र नाफामा केही संकुचन आएको हो । लक्ष्मीले पहिलो त्रैमासमा ३० करोड र दोस्रो त्रैमासमा ५० करोड रुपैयाँ नाफा गरेको छ । 

लक्ष्मीको पहिलो त्रैमास ऋण वृद्धि नै भएन । दोस्रो त्रैमासमा पनि उत्साहजनक वृद्धि छैन । तर, तेस्रो त्रैमासको व्यापार सन्तोषजनक भइरहेको छ भने अवस्था सामान्य रहेमा चौथो त्रैमासमा पनि उत्साहजनक हुने अनुमान छ । महत्वपूर्ण पक्ष भनेको यसरी भएको वृद्धि प्राकृतिक हो कि अप्राकृतिक (आर्टिफिसियल) हो त्यो भने हेर्नुपर्छ । 

त्यसैगरी पछिल्लो समय नेपाल वित्तीय रिपोर्टिङ प्रतिवेदनमा (एनएफआरएस) लागू भएपछि बैंकहरूले पनि सेयर तथा अन्य पुँजीबजारका उपकरणहरूमा लगानी गर्न पाउने र यसरी गरिएको लगानीलाई बजार मूल्यमा मूल्यांकन (मार्क टु मार्केट) गरी नाफा÷नोक्सानलाई अन्य विस्तृत आम्दानीका रूपमा देखाउन पाउने व्यवस्था भयो ।

यी मूल्यहरू पूर्णतः सम्बन्धित उपकरणको बजारदरमा निर्भर हुन्छन् । पछिल्लो समयमा पुँजीबजार बढ्न गएको कारण लगभग सबै सेयरहरूको मूल्य बढ्न गएको छ । गत वर्ष पुसमा १२०० को हाराहारीमा रहेको नेप्से परिसूचक यस वर्ष पुसमा २२०० भन्दा माथि छ । यसैकारण लक्ष्मीले सेयर तथा अन्य उपकरणमा गरेको लगानीको बजार मूल्य बढ्न गई नाफामा बढोत्तरी भएको हो । यद्यपि राष्ट्र बैंकको निर्देशनका कारण यसरी सिर्जना भएको नाफालाई छुट्टै कोषमा सार्नुपर्छ । यस्तो नाफाका रूपमा भएको रकमलाई लाभांशका लागि योग्य नाफामा समावेश गर्न पाइँदैन । 

कोभिड कहरकाबीच पनि चालू वर्षको तेस्रो त्रैमासमा धेरै जसो बैंकहरूको नाफा बढेको छ । यस्तो विषम परिस्थितिमा पनि नाफा बढ्नुको पछाडिको कारण के हो ? 

कोभिडबाट विस्तारै मुलुकले त्राण पाउँदै जाँदा बैंकहरूको ऋण प्रवाह र नाफामा वृद्धि देखिएको छ । एक वर्षलाई नियाल्ने हो भने लक्ष्मीको पनि ऋण लगानी त बढेको छ र तेस्रो त्रैमासमा गत वर्षको सोही अवधिको तुलनामा ६ करोड भन्दा बढी नापाm बढाएको छ । यस्तो हुनुमा मुख्यतः दुुईवटा कारण छन् । 

अहिले रिपेमेन्ट पनि राम्रै भइरहेको र कर्जाको काम पनि विस्तारै बढेकाले त्यसको असर नाफामा देखिएको हो । तर, अहिले सरकारले निषेधाज्ञा लागू गरेकाले त्यसको असर चै बैंकमा पर्न सक्छ । 

विगतमा ब्याजदर केन्द्रित आम्दानीमा रमाइरहेका बैंकहरू कोभिड–१९ पछि अन्य क्षेत्रमा स्विफ्ट (परिवर्तन) हुन खोजिरहेको देखिन्छ ।  विविधिकृत आम्दानी क्षेत्रहरूमा कसरी प्रवेश गर्दै हुनुुहुुन्छ ?

कोरोना संक्रमण तीव्र भएका बेला कर्जा (क्रेडिट)को माग घटेको थियो । त्यो बेला बैंकले अन्य कुन–कुन क्षेत्रबाट आम्दानी गर्न सकिन्छ भनेर हेर्ने नै भयो । नेपालको सन्दर्भमा भन्दा विगत वर्षहरूमा एकाध बैंकलाई छोडेर अधिकांश बैंकको ८० देखि ८५ प्रतिशत आम्दानी ब्याजबाट मात्रै आउने गरेको हो । यो खासगरी नेपालको मात्रै परिस्थिति हो ।

अन्य मुलुुकमा ब्याजदरको आम्दानीमा मात्रै बैंकहरू केन्द्रित हुँदैनन् । ब्याजबाट हुने आम्दानी भन्दा सेवा शुल्क तथा अन्य विभिन्न शुल्कबाट ठूलो आम्दानी बनाउने कोसिस बैंकहरूको हुन्छ । विस्तारै नेपालका बैंकहरूले पनि अब ब्याजदरबाट मात्रै बाँच्न गाह्रो छ भन्ने बुुझ्न थालेका छन् र अन्य क्षेत्रतिरबाट आउने आम्दानीका बाटाहरूलाई पहिल्याउने कोसिसमा छन् । व्याजबाहेको आम्दानीको विकल्पमा बैंकहरू गईसकेको अवस्था त होइन तर, नगई सुख छैन ।

बैंकहरूले दिने सेवाहरू प्रतितपत्र (एलसी), ड्राफ्ट, एटीएम, भुक्तानीका अन्य माध्यम प्रयोग गरेबापत शुल्क लिन्छन् । विदेशतिर लगानीकर्तालाई परामर्श तथा परियोजना विस्तृत जानकारी दिएवापत पनि शुल्क लिन पाउने व्यवस्था छ ।

बैंकहरूमा भएको विज्ञतालाई प्रयोग गरेर आम्दानी गर्न सकिने आधार हुन्छ । यस्तो स्थितिमा बिना जोखिम बैंकहरूले मनग्य आम्दानी गर्ने स्थिति बनिरहेको हुन्छ । बैंकका लागि ऋण प्रवाह गरी ब्याज कसेर आम्दानी गर्नुभन्दा ब्याज खुला राखेर अन्य क्षेत्रबाट बढी आम्दानी हुनुु राम्रो हो । यसले ग्राहकलाई पनि फाइदा हुन्छ र बैंकहरूले पनि जोखिमरहित आम्दानीमा वृद्धि गर्न सक्छन् ।

मर्जर तथा एक्विजिसन (गाभ्ने÷गाभिने प्रक्रिया)मा जान लक्ष्मीले पनि पटक–पटक साधारणसभाबाट पारित ग¥यो । तर, मर्जमा जाने छाटकाँट कहिल्यै देखाएन । के कारणले यस्तो स्थिति आएको हो ? 

समग्र वृद्वि तथा कर्मचारी, ग्राहक तथा लगानीकर्ताको हितका लागि मर्जर÷एक्विजिसनमा जान लक्ष्मी बैंक जहिल्यै तयार छ र त्यसका लागि ढोकाहरू खुला राख्दै आएको हो । यसै सम्भावनालाई ख्याल गरेर छलफलको प्रक्रियालाई सहज बनाउन साधारणसभाले सञ्चालक समितिलाई अख्तियारी दिँदै आएको हो ।

विगतमा केही बैंकसँग छलफल पनि भएकै हो । तर, दुई संस्थाको मर्ज गर्दा प्राप्त हुने परिणामका बारेमा पूर्णरूपमा आश्वस्त नभई अघि बढ्दा सबै पक्षलाई प्रत्युत्पादक हुनसक्छ । बैंकहरूको मर्जर हुँदा मूल्य सिर्जना (भ्यालु क्रियसन) भई ग्राहक, कर्मचारी, सेयरधनीलगायत समग्र वित्तीय प्रणालीलाई नै फाइदा पुग्नुपर्छ भन्ने मूल ध्येयलाई आत्मसाथ गरेर लक्ष्मी बैंक अघि बढिरहेको छ ।

सम्पत्ति शुद्धीकरण ऐन र निर्देशनहरू पालनामा लक्ष्मी बैंक कमजोर देखियो । केन्द्रीय बैंकले नगद जरिवाना लगाउनुपर्ने अवस्था कसरी सिर्जना भयो ?

नेपाल राष्ट्र बैंकलगायत सम्पूर्ण नियामक निकायले तोकेको निर्देशन तथा लागू हुने ऐन–नियमहरू पालना गर्न बैंक सधैं प्रतिबद्ध छ । यद्यपि कतिपय विषयमा हाम्रो बुझाई तथा नियामकको हेराइमा फरक पर्न गएको अवस्थाहरू छन् । यस्ता अवस्थाहरूले हामीलाई थप सजग र सुझबुझ बन्न मद्दत गरेको छ । भविष्यमा यस्ता अवस्थाहरू आउन नदिन आन्तरिक प्रणालीमा निरन्तर सुधार गर्नेलगायत अन्य आवश्यक कदम चाल्न बैंक तत्पर छ ।

तेस्रो तैमासमा लक्ष्मी बैंकको निष्क्रिय ऋण (एनपीएल) १.७८ प्रतिशतमा पुगेको छ । यस अघि सधैभरी एक एक प्रतिशतभन्दा कममा एनपीएल राख्न सफल हुने बैंक अहिले कसरी बढ्यो ?

सुरुवातदेखि नै लक्ष्मी बैंकको निष्क्रिय कर्जा तुलनात्मक रूपमा कम रहँदै आएको छ । लक्ष्मीको समग्र कर्जा नीति, आन्तरिक नियन्त्रण प्रणाली तथा ग्राहकसँगको सम्बन्धका कारण यो सम्भव भएको हो । ऋणलाई देखावटी रूपमा एभरग्रिनिङ बनाइराख्न एउटा कर्जा तिर्न अर्को कर्जा दिने अभ्यास कम्तीमा लक्ष्मी बैंकमा छैन । ग्राहकको व्यवसायले धान्न नसक्ने तथा उल्लिखित प्रयोजनका लागि चाहिनेभन्दा बढी कर्जा प्रवाह हुन नदिन लक्ष्मी सजग छ ।

अहिले कोरोनाको असरका कारण पुसको तुलनामा एनपीएल १.७८ प्रतिशत पुगेको हो । पुसमा शून्य दशमलव ७१ प्रतिशतमा सीमित थियो । 
तर, यस अघि कोभिड समयमा पनि एनपीएल घटेको भन्न खोज्नुभएको हो भने पनि लक्ष्मीले राष्ट्र बैंकबाट जारी सहुलियतपूर्ण निर्देशनका साथै बैंकको सबल कर्जा असुली प्रक्रियाका कारण सम्भव भएको हो ।

यद्यपि केही क्षेत्रका व्यवसायहरूमा महामारीको दीर्घकालीन प्रभाव देखिन अझ समय लाग्ने हुनाले त्यसको असर भविष्यमा निष्क्रिय कर्जा अनुपातमा पर्न सक्छ । त्यसका लागि एनपीएल गणना विधि पनि बुझ्नुु जरुरी छ । वार्षिक १५ प्रतिशतभन्दा बढीको कर्जा वृद्धि हुँदा एनपीएल प्रतिशत कम देखिन सक्छ । आजको निष्क्रिय कर्जालाई २ वा ३ वर्ष अघिको कर्जाको आधारमा गणना गर्ने हो भने सम्भवतः सो अनुपातले वास्तविक चित्र देखाउन सक्छ । 

खासगरी चालू पुँजी कर्जाहरू तोकिएको सीमासम्मै उपयोग हुनुलाई यहाँ एभरग्रिनिङ्ग गरेको आरोप लाग्ने गरेको छ । यस्तो निष्कर्ष निकाल्नु अघि मुलुकको भौगोलिक तथा आर्थिक स्थितिलाई पनि ध्यान दिनुपर्ने हुन्छ । भूपरिवेष्ठित मुलुक भएका कारण आपूर्तिमा आई पर्न सक्ने कठिनाइलाई ख्याल गरी व्यवसायीहरू बढी व्यापारिक मौज्दात राख्न बाध्य छन् ।

व्यापारिक सामग्रीहरू उद्योग वा गोदामसम्म पु¥याउँदा लाग्ने बढी समय र लागतका कारण यहाँका उत्पादनमूलक तथा व्यापारिक उद्योगहरू आपूर्तिमा ‘जस्ट इन टाइम’ प्रणाली अपनाउन सक्दैनन् । यातायातको पूर्वाधारको कमी तथा वितरण प्रणालीको सुस्तताका कारण यो अवस्था आन्तरिक ढुवानीमा निर्भर व्यवसायीहरूका लागि पनि लागू हुन्छ । जसले गर्दा चालू कर्जाहरूलाई लामो समयसम्म उपयोग गर्नुपर्ने अवस्था आउँछ र त्यसको असर समग्र बैंकिङ प्रणालीमा पनि पर्छ ।

धेरै बैंकहरूलाई निर्देशित कर्जामध्ये कृषि कर्जा आगामी असारसम्म तोकिएको तहसम्म पु¥याउन कठिन हुने अवस्था देखिन्छ । तथ्यहरूले लक्ष्मीको पनि अवस्था उस्तै देखाउँछ । कसरी कृषि कर्जा लगानीमा सुधार गर्नुहुन्छ ?

क्षेत्रगत कर्जाका सम्बन्धमा राष्ट्र बैंकले तोकेका न्यूनतम अनुपात बैंकहरूले उचित समयमा पूरा गरेकै छन् । लक्ष्मीले पनि अहिलेसम्म कृषि कर्जाका सम्बन्धमा तोकिएको अनुपात पूरा गर्दै आएको छ ।

तरलता र ब्याज सहुलियतजस्ता उपायहरूले कृषिमा निजी क्षेत्रको प्रवेश सहज बनाएको त छ तर पर्याप्त भएको छैन । कर्जाको कम माग, व्यावसायिकताको कमी, उच्च जोखिम लगायतको कारणले कृषि क्षेत्रमा कर्जा लगानै ह्वात्तै बढाउन चुनौतीपूर्ण छ ।

यसका साथै मौसमी प्रतिकूलता, सीमित स्रोत साधन, बजार पहुँच र चिनियाँ तथा भारतीय उत्पादनसँगको प्रतिस्पर्धाका कारण कृषि क्षेत्रमा अझ जोखिम थपेको छ । यस्ता समस्याहरूको समाधान नभई अनिश्चितता भएको कृषि क्षेत्रमा निर्देशित कारणले सामान्य लगानी वृद्वि भए पनि उल्लेख्य रूपमा बढ्न सक्दैन ।

बैंकहरूको सम्पत्ति तथा दायित्व व्यवस्थापन कमजोर मात्रै होइन जोखिम व्यवस्थापन नीति र प्रक्रियाहरू पनि सन्तोषप्रद नभएर केन्द्रीय बैंकले ठूलोमा मात्रामा ‘क्यापिटल चार्ज’ लगाउने गरेको छ । लक्ष्मी बैंक पनि अछुतो देखिएन । किन यस्तो लापरबाही ?

क्यापिटल चार्ज लगाउने विषयलाई लापरबाहीभन्दा पनि सम्भावित जोखिमबाट बैंकहरूलाई जोगाउन राष्ट्र बैंकले अपनाएको अतिरिक्त उपायको रुपमा बुझ्नुपर्छ । यस्ता अतिरिक्त जोखिम भारहरू कुनै निश्चित कारण नतोकि बैंकको समग्र जोखिम नियन्त्रण व्यवस्थामै आधारित भएर थपिएका हुन्छन् । थप जोखिम भार भएको भनेर धेरै थोरै सबै बैंकहरूलाई क्यापिटल चार्ज लगाइएको छ ।

बैंकिङ व्यवसाय उच्च जोखिमयुक्त रहेको कुरामा कुनै द्विविधा छैन । यसभित्र रहेका कर्जा जोखिम, सञ्चालन जोखिम, बजार जोखिमलगायत सम्पूर्ण जोखिमहरूको समयमै पहिचान गरी त्यसको व्यवस्थापन गर्न लक्ष्मीले यथेष्ट उपायहरू अपनाएको छ । आन्तरिक तथा बाह्य लेखापरीक्षक, परामर्शदाता र नियामकको सुझावबमोजिम समयानुकूल सुधार गर्दै लैजाने विषयमा लक्ष्मी बैंक प्रतिबद्ध छ ।

नियमित लाभांश दिएका बैंकहरू सेयर बजारमा आकर्षणभन्दा बाहिर पर्न थालेका छन् । यसको कारण तपाईं केलाई मान्नुहुन्छ ?

लक्ष्मी बैंक आफैं सूचीकृत संस्था भएको हुनाले सेयर बजारको बारेमा टिप्पणी गर्नु उपयुक्त नहोला । सेयर बजार आफ्नै छुट्टै नीति र सिद्धान्तबमोजिम चल्छ र सेयर बजारको मूल्यमा विभिन्न कारणहरूले असर गर्छ ।

कोभिड कालमा ऋणको माग थिएन र बैंकहरूमा अधिक तरलताको अवस्था थियो । कोभिडका कारण विप्रेषण आप्रवाह (रेमिट्यान्स)मा ठूलो असर गर्छ भन्ने आँकलन गरिएकोमा अवस्था मजबुत देखियो । यसले तरलता सहज बनाउन राम्रै भूमिका खेल्यो । उता, केन्द्रीय बैंकले पुनर्कर्जा व्यवस्था गरेर थप कर्जा प्रवाह गर्ने बाटो खोल्दा तरलता सहजीकरणमा पनि भूमिका खेलेको छ ।

सेयर बजारमा कम्पनीहरूको विगतको लाभांशका अलावा लगानीकर्ताको अपेक्षा र प्रक्षेपणले पनि महत्वपूर्ण भूमिका खेल्ने गर्छ । कुनै निश्चित समयमा कुनै निश्चित क्षेत्रमा आकर्षण घट्नु वा बढ्नुमा पनि तत्कालिन र दीर्घकालीन विविध पक्षहरूले भूमिका खेल्छ । यसैअनुसार बैंकिङ क्षेत्रको बजार मूल्य पनि घटबढ भएको हुनसक्छ । तथापि नियमित लाभांशको हिसाबले बैंकिङ क्षेत्रको लगानी अन्य क्षेत्रकोभन्दा कम जोखिमयुक्त रहेको कुरामा पनि शंका गर्नुपर्दैन ।

शुक्रबार​ २४ बैशाख २०७८ ११:३६ AM मा प्रकाशित

प्रतिक्रिया