सरकारले अवसर दिए बुट मोडलमा ठूला सडक बनाउछौँ : सीई ग्रुपका अध्यक्ष राजभण्डारीसँगको अन्तर्वार्ता

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असार २, साेमबार  
सरकारले अवसर दिए बुट मोडलमा ठूला सडक बनाउछौँ : सीई ग्रुपका अध्यक्ष राजभण्डारीसँगको अन्तर्वार्ता

२७ वर्षअघि स्थापना भएको सीई कन्ट्रक्सन कम्पनी निर्माण व्यवसाय, रियलस्टेट, अपार्टमेन्ट हुँदै जलविद्युतमा लगानीकर्ताको रुपमा कार्यक्षेत्रलाई विस्तार गरेको छ । रियलस्टेट, हाउजिङ र निर्माण व्यवस्थायमा स्थापित सीईले जलविद्युतमा सफल भएपछि बुट मोडलमा ठूला रणनीतिक सडक निर्माणको सोच बनाएको छ ।  अमेरिकाबाट इन्जिनियरिङ अध्ययन पूरा गरेर फर्केपछि विजय राजभण्डारीले स्थापना गरेको सीईले अहिले लगानीकर्ताको विश्वास जित्दै आएको छ । सीईले बनाउने आयोजनामा निर्धक्क भएर पैसा हाल्न सर्वसाधारण तयार हुन्छन् । सरकारी काममा नगरेको सीईलाई निजी क्षेत्रमा काम गर्न भ्याइनभ्याइ छ । सीई ग्रुपको भावी योजनाका विषयमा केन्द्रित रहेर अध्यक्ष तथा प्रबन्ध निर्देशक राजभण्डारीसँग क्यापिटल नेपालले गरेको संवादको अंश:

 

सीई स्थापना भएको २७ वर्ष पूरा भएको छ । यो अवधिमा यहाँ आफूलाई कति सफल भएको ठान्नु हुन्छ ?

जुन सोच लिएर २७ वर्षअघि कम्पनी खोलिएको थियो, सोचेकोभन्दा बढी सफलता हासिल भएको छ । त्यसमा खुशी लागेको छ । सफल हुनुमा सबैभन्दा ठूलो कुरा सोच हो । त्यसलाई व्यवहारमा उतार्न सक्यौँ र आज यो अवस्थामा आइपुगेका छौँ । मेरो सोचलाई व्यवहारमा उतार्न कम्पनीका निर्देशक र व्यवस्थापनदेखि लिएर सबैले काम गरेका छन् ।

सोचअनुसार काम गरिदिने तल्लो हार्डकोर डेलिभरी गर्ने टिम तयार भयो । जसले विश्वास गरेर हामीलाई काम गर्ने अवसर दिनुभयो । उहाँहरुको योगदानले आज सीई यो अवस्थामा आइपुगेको हो । हाम्रो कम्पनी बाहेक बैङ्क तथा वित्तीय संस्था, सव कन्ट्रयाक्टर र शुभचिन्तक निकायको सहयोगले गर्दा थोरै समयमा धेरै प्रगति गर्न सकेको जस्तो लाग्छ ।

सीईको लगानी रियलस्टेट, हाउजिङ र निर्माण व्यवसायमा रहेकोमा जलविद्युत र पर्यटनमा जाने सोच कसरी आयो ?

हाम्रो सोच देशको विकास कार्यमा सहभागी हुने हो । कुनै एक व्यवसाय गर्न जानेपछि सबै प्रकारको गर्न सकिन्छ । जस्तै ग्राण्डी हस्पिटल आफ्नो सोचलाई रियलाइजेसनमा लगेको प्रडक्ट हो । त्यसमा केही प्रक्रियाहरु हुन्छन्, जस्तो सही साझेदारीको छनोट र आफ्नो नियत राम्रो हुनुपर्छ ।

स्थानीय तहको र शहरी विकासको कार्यक्षेत्रको डिमार्केशसन छैन । समय समयमा कानुनहरु परिवर्तन भइरहन्छन् । यस्तो अवस्थामा कसरी घर बनाउने ? कृषियोग्य जमिन १ लाख रुपैयाँमा किन्दा सम्भाव्य हुन्छ हुँदैन थाहा छैन, तर त्यही जग्गा आवादी भएर हाउजिङ गर्यो भने आनाको ३० लाख रुपैयाँ पर्न जान्छ, यस्तोमा अब मैले कसरी हाउजिङ योजनाको डिजाइन गर्ने ? मैले २० लाखमा किनेको जग्गा १ लाखमा गयो भने म त सकिन्छु नी !

निर्माण व्यवसायमा हामीले एउटा ट्रेन सेट गरेर गुणस्तरीय काम र समयको महत्वका बारेमा जानकारी गराउन सफल भएका छौँ । ५/१० करोड रुपैयाँको काम गरेर हामीलाई फाइदा पनि भएन । किनभने जुन किसिमको गुणस्तर पूरा गर्नुपर्छ, त्यो हामीसँग भएको जनशक्ति र प्रविधिले धान्दैन । त्यसैले हामी ठूला परियोजना अघि बढाउँदै छौँ , जहाँ अनुभव भएका व्यक्तिले त्यो आयोजना कार्यन्वयन गराएर दुबैलाई लाभ हुन्छ ।

रियल स्टेटमा हामीले नयाँनयाँ बढी चुनौतिपूर्ण ठूला स्केलमा गएका छौँ र, आगामी दिन झन् जाने छौँ । यसका सीमा पनि छन् । जग्गा र वित्तीय क्षेत्रको आफ्नो समस्या भएकाले ठूलो रुपमा अघि बढाउन सकिने अवस्था छैन । सरकारको नीति जस्तै सम्पत्तिको स्रोत खुलाउनु पर्ने कुराले पनि रियलस्टेटमा लगानी आइहाल्ला जस्तो लाग्दैन । नेपालमा वर्षमा २०० ओटा घर बनाउँदैमा आज त्यो रियलस्टेट व्यवसायी हुन्छ ? आजको दिनमा २० औँ हजार घर बनेका होलान्, यो त रियलस्टेट नै भएन ।

 लगानीको स्रोत खोजिने कारणले रियलस्टेट र हाउजिङ व्यवसाय सुस्ताएको हो ?

यो मात्र कारण हैन । सरकारले कित्ताकाट नै बन्द गरेको छ । सालमा एक पटक खुल्छ । कसको दायराभित्र के काम पर्छ कसैलाई थाहा नै छैन । स्थानीय तहको र शहरी विकासको कार्यक्षेत्रको डिमार्केशसन छैन । समय समयमा कानुनहरु परिवर्तन भइरहन्छन् । यस्तो अवस्थामा कसरी घर बनाउने ? कृषियोग्य जमिन १ लाख रुपैयाँमा किन्दा सम्भाव्य हुन्छ हुँदैन थाहा छैन, तर त्यही जग्गा आवादी भएर हाउजिङ गर्यो भने आनाको ३० लाख रुपैयाँ पर्न जान्छ, यस्तोमा अब मैले कसरी हाउजिङ योजनाको डिजाइन गर्ने ? मैले २० लाखमा किनेको जग्गा १ लाखमा गयो भने म त सकिन्छु नी !

कित्ताकाट र जमिनको समस्याले हाउजिङ व्यवसाय घटेको हो ?

जोखिम लिन सक्नेले हाउजिङ विकास गर्न सक्ला । त्यो जोखिम लिन उपयुक्त छ की छैन ? भन्ने प्रमुख कुरा हो । बैङ्कसँग कर्जाको समस्या छ, मैले चाहेको पैसा बैङ्कबाट पाउन सक्ने अवस्था पनि छैन । आफैँले मात्र पैसा राख्न सकिँदैन । फेरि मेरा ग्राहकलाई घर किन्न बैङ्कले ऋण दिन सक्छकी सक्दैन ? त्यही भएर हामीले अनिश्चिततालाई व्यवस्थापन र जोखिमका मूल्यांकन गर्छौँ, सीईको सबल पक्ष भनेको यही हो । अरुभन्दा भिन्न हुन सकेको कारण पनि यही हो ।

५ ओटा आयोजना निर्माणमा रहेका छन् । २३.५ मेगावाटको सोलु जलविद्युत आयोजनाको निर्माण लगभग सकिएको छ । इलेक्ट्रोमेकानिकलले ढिलाइ गर्दा केही काम गर्न बाँकी छ । आफ्नै आयोजना माइ बेनी निर्माण गरिरहेका छौँ । हालसालै तल्लो जोगमाई आयोजना पनि निर्माण गर्न लागेका छौँ । यसमा पनि सीईको लगानी छ । ठेकेदारको रुपमा ८६ मेगावाटको सोलु दुधकोसी आयोजना निर्माण गरिरहेका छौँ ।

हामी काठमाडौँमा ३ ओटा इटहरी र लुम्बिनीमा २ ओटा गरी ५ ओटा हाउजिङ योजना सञ्चालन गर्ने तयारीमा छौँ । लुम्बिनीमा होटल र अपार्टमेन्टसहितको वृहत हव लुम्बिनी योजना ल्याउँदै छौँ । ८०० जना निर्माण क्षेत्रमा काम गर्ने कर्मचारीको समूह हामीसँग छ ।

हाम्रो कम्पनी स्थापना भएको दिन अर्थात २७ वर्षअघि जलविद्युतमा जाने योजना हो । प्रसारणलाइन, सडक र क्याम्पको सबै काम गरेका छौँ । यी सबै अनुभवले गर्दा हाइड्रोमेकानिकल कारखाना खोलेपछि जलविद्युतमा लागेका हौँ । जलविद्युतमा ठेकेदारको रुपमा काम गर्दा धेरैले विश्वास गरेका छन् । अझ विकासकर्ता नै भइयो भने हामीलाई पनि फाइदा र हामीलाई साथ दिनेलाई पनि राम्रो अवसर र निर्धारित समयमा आयोजना सम्पन्न हुने बेञ्चमार्क सिर्जना हुन्छ ।

हामीले ५० मेगावाटको आयोजना साढे ३ वर्षमा सकायो भने यो कुरा स्थापित हुने भयो । यसले हाम्रो विकास चाँडो हुने भयो । समयमा काम गर्न सक्नुको कारण हाम्रो आफ्नै निर्माण उपकरण र जनशक्तिले हो । उपकरण भोलि प्रयोग गर्न सकने भने समस्या पर्छ ।

त्यसैले ठूला सडक आयोजना बुट मोडलमा बनाउने योजना ल्याउन लागेका छौँ । सडकको डिजाइन, लगानी, निर्माण र सञ्चालनपछि सरकारलाई हस्तान्तरण गर्ने जलविद्युत जस्तै योजनामा सोच बनाएका छौँ । निश्चित समयभित्र शुल्क उठाएर लगानी उठाउने र नाफा पनि कमाएपछि सरकारलाई हस्तान्तरण गर्ने यो राम्रो योजना हो । यो मोडेलको २० वर्षअघि स्नातकोत्तर तहका विद्यार्थीलाई शोध गर्न लगाइएको थियो । यो योजना दुई दशकअघि नै सुरु गरेको हो । सरकारले अवसर दियो भने हामी गरेर देखाइ दिन्छौँ । सरकारको पैसा चाहिँदैन हामीलाई । लगानीको वातवरण बनाउन सक्यौँ भने यो नै हाम्रो सफलता हो ।

हाउजिङका अतिरिक्त ठूला आयोजनामा ठेकेदारका रुपमा काम गरिरहनु भएको छ । सीईले कति ओटा आयोजना निर्माण गर्दै छ ?

५ ओटा आयोजना निर्माणमा रहेका छन् । २३.५ मेगावाटको सोलु जलविद्युत आयोजनाको निर्माण लगभग सकिएको छ । इलेक्ट्रोमेकानिकलले ढिलाइ गर्दा केही काम गर्न बाँकी छ । आफ्नै आयोजना माइ बेनी निर्माण गरिरहेका छौँ । हालसालै तल्लो जोगमाई आयोजना पनि निर्माण गर्न लागेका छौँ । यसमा पनि सीईको लगानी छ । ठेकेदारको रुपमा ८६ मेगावाटको सोलु दुधकोसी आयोजना निर्माण गरिरहेका छौँ ।

निलगिरी १ र २ गरेर १११ मेगावाटको ठेकेदारको रुपमा काम सुरु गरेका छौँ । आफ्नै लगानीमा ४९ मेगावाटको मध्य मेवा आयोजना बनाउँदै छौँ । अक्टोवरमा मध्ये मेवाका लागि ठेक्का सम्झौता हुन्छ होला । जापानको तोसिवा कम्पनी विदेशी लगानी साझेदार भएर आउने की नआउने भनेर जुन १५ सम्म निर्णय गर्दै छ । ६० प्रतिशत लगानी गर्ने समझदारी (एमओयू) गरेको छ । स्थानीय मुद्रामा लगानी गर्ने छ ।

सबैलाई समेटेर लगानी गरेर आयोजना बनाउछौँ । जस्तो रियलस्टेटमा हामीले एक पैसा पनि लगानी गरेका छैनौँ । जग्गावालासँग साझेदार बनाउछौँ, जग्गा बेचेर पैसा दिन्छौँ, त्यसबाट निर्माणका लागि पैसा आउँछ र घर बनाएर दिन्छौँ । हामीप्रति सबैको विश्वास भएकाले पैसाको समस्या छैन ।

लगानी फिर्ता लैजान नपाउने भनेका छौँ । मध्य मेवाको लागत ९ अर्ब २६ करोड रुपैयाँ लाग्ने छ । आयोजनाको डिजाइन तयार भइरहेको छ । अर्धजलासययुक्त आयोजना हो । आयोजना राम्रो छ । यो आयोजनामा साथीभाइले लगानीको प्रतिवद्धता जनाएका छन् । सीईले ५ प्रतिशत मात्र लिन्छ, बाँकी ३५ प्रतिशत साथीभाइको साझेदारी हुने छ । तोसिवा नआए पनि हामी आफैँ बनाउछौँ ।

यस्तै १११ मेगावाटको दुधकोसी, २४ मेगावाटको तामाकोसी र २१ मेगावाटको पालुङखोला आयोजना पनि बनाउने तयारीमा छौँ । यी सबै आयोजना पहिचान गरेका छौँ । कहिले आयोजना सुरु गर्ने, कस्तो किसिमको उपकरण चाहिन्छ सबै अध्ययन गरेका छौँ ।

हामीले विकासकर्ताको रुपमा जलविद्युत विकासमा नयाँ अवधारणा ल्याएका छौँ । त्यो हो, क्यासकेड र करिडोर । क्यासकेड भनेको एउटै नदीबाट माथिदेखि तलसम्म विद्युत उत्पादन गर्ने र करिडोर भनेको २/३ ओटा नदीबाट बिजुली उत्पादन गर्ने हो । यो अवधारणा किन लिएको हो भने लागत कम हुनुका साथै एउटै उपकरणले काम गर्न सक्ने र विज्ञ पनि हुने भयो, क्रसर कारखाना एउटा राखे पुग्ने, ब्लिचिङ प्लाण्टलगायत सबै एउटै उपकरणबाट काम हुन्छ । यसले गर्दा लागत कम हुन आयो ।

 

 

माइ वेनी र तल्लो जोगमाई एकै स्थानमा छन भने मेवा र पालुङ पनि नजिकै छ । जलविद्युतको काम गर्न ऊर्जा डेभलपर कम्पनी स्थापना गरेका छौँ । यो कम्पनीले १० वर्षमा १ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको छ । ऊर्जा डेभलपर्स र सीईले सहायक कम्पनीमा लगानी गर्नेछन् ।

शुभचिन्तकसँगको साझेदारीमा आयोजना बनाउने छौ । सीईसँग पैसा छैन । सबैलाई समेटेर लगानी गरेर आयोजना बनाउछौँ । जस्तो रियलस्टेटमा हामीले एक पैसा पनि लगानी गरेका छैनौँ । जग्गावालासँग साझेदार बनाउछौँ, जग्गा बेचेर पैसा दिन्छौँ, त्यसबाट निर्माणका लागि पैसा आउँछ र घर बनाएर दिन्छौँ । हामीप्रति सबैको विश्वास भएकाले पैसाको समस्या छैन ।

सीईले पैसा राख्ने भनेपछि सबैले लगानी गर्छन् । हाम्रो निर्माण व्यवसाय प्रमुख हो । निर्माणबाट पैसा कमाएको छ भने म पागल हो र यसलाई छाड्ने ? रियलस्टेट र हाउजिङको काम अघि बढ्ने छ । हामीले पैसा नकमाए पनि ठूलो संख्यामा रोजगारी दिन सकेका छौँ ।

यहाँले निर्माण उपकरणमा कति लगानी गरिसक्नु भएको छ ?

हामीले लगभग १ अर्ब रुपैयाँ निर्माण उपकरण खरिदमा लगानी गरिसकेका छौँ । त्यही कारणले गर्दा हामीलाई समस्या नआएको हो । हामी काममा व्यस्त हुन्छौँ ।

यहाँले राम्रो काम गर्नुहुन्छ भन्ने आम जनमानसमा विश्वास छ, यति हुँदाहुँदै किन साधारण सेयर (आईपीओ) मा जानु भएको छैन ?

म अमेरिकाबाट यहाँ आउँदा र सीई स्थापना गर्दा नै सर्वसाधारणलाई सेयर निष्कासन गर्ने सोचका साथ कम्पनी स्थापना गरेको हो । पहिलो सोच नै पब्लिक लिमिटेड कम्पनी बनाएर ठूलाठूला आयोजना बनाउने थियो । पब्लिकमा गएपछि पुँजी पनि संकलन हुन्छ भन्ने सोच थियो ।

सरकारको काम लिएपछि वर्किङ रिलेसन भएको अधिकारीको सरुवा हुन्छ । नयाँ आउने आयोजना प्रमुख आयोजनाको हितका लागि आउँछ भन्ने के ग्यारेन्टी छ ? आफ्नो व्यक्तिगत रुचीमा आउला । मलाई निजी क्षेत्रको काम गरेर फुर्सद छैन भने सरकारी ठेक्का किन चाहियो ? जोखिम किन लिने ? आज कुनै प्रवद्र्धकले पाँचतारे होटल बनाउनु पर्यो भन्न आएभने मैले ६ महिनापछि मात्र सुरु गर्छुभन्दा उहाँहरु सीईका लागि ६ महिना कुर्न तयार हुनुहुन्छ ।

म व्यवसायिक व्यक्ति हो, विजनेसका बारेमा मलाई ज्ञान छैन । पब्लिक बनाउने सोचअनुसार काम अघि बढाइरहेका बेला एकजना मित्रले मलाई तिम्रो ५१ प्रतिशत स्वामित्व हुन्छ ? भनेर प्रश्न गरे । मसँग एक पैसा छैन कसरी तेत्रो लगानी गर्न सक्छु भनेपछि उनले भने तिमिले मेहनत गर्दै जाने र अन्तमा सेयरधनी मिलेर कम्पनीबाट निकाल्न पनि सक्छन्, त्यसबेला तिमिले गरेको सबै मेहनत खेर जान्छ भनेपछि म पछि हटेको हो । कुनै निर्माण कम्पनी सर्वसाधारणमा जान्छ भने त्यो पहिलो सीई नै हुने छ ।

पछि ग्राण्डी होल्डिङ्सलाई मैले पब्लिकमा लगेपछि त्यहाँ पनि समस्या आयो । ५ प्रतिशतभन्दा बढी सेयर हुने कम्पनीको स्वार्थ बाझिन्छ भनेर थप काम गर्न नपाउने रहेछ । जलविद्युतमा ठेक्का सम्झौतालगायतका काम सकेपछि मात्र पब्लिकमा जान पाइन्छ नभए सीईले नै निर्माणको काम गर्न पाउँदैन । जसको क्षमताले सबै काम गरेको छ, उसले नै सहभागी हुन नपाए पछिको अर्थ हुँदैन ।

निर्माण उपकरण नभएका कम्पनीले ठूलो ठेक्का दिन मिल्छ ?

अर्काको सीभी लिएर काम गर्न दिनुहुँदैन । पैसा नभएको र अनुभव नभएकालाई ठेक्का दिएपछि समस्या आउँछ । झमझम पानी परेको छ, सडक पिच भइरहेको छ, बन्द किन गराइन्दैन ? हामी यस्तो काम गर्दैनौँ ।

भूकम्पका बेला ठूला अपार्टमेन्टमा समस्या देखियो, के गुणस्तरीय काम नभएर हो ?

भूकम्प आएर साना घरमा बढी क्षति भएको छ । ठूला भवनमा कम क्षति देखिएको छ । ठूलो घर बनाउन डिजाइनदेखि गुणस्तरीय काम गर्नुपर्छ । सहरी विकासले सबै परीक्षण हुन्छ । डिजाइनलगायत सबै पास भएपछि ‘क’ वर्गको कम्पनीले बनाएको हुन्छ । ‘क’ वर्गको कम्पनीले राम्रो बनाउँछ । गुणस्तर कायम राखेको हुन्छ । हरेक ढलानलगायतमा सहरी विकासको अधिकारी आएर स्वीकृति गर्नुपर्छ । कम्पाउण्डलाई भूकम्प प्रतिरोधी बनाएको छैन तर, अरु सबै संरचना भूकम्प प्रतिरोधी नै छन् । ८ रेक्टरसम्मलाई समस्या छैन । त्योभन्दा माथि आएमा संरचना फेल भएपनि कोल्याप्स भने हुँदैन । सीईले २१ तलाको ग्राण्डी टावरसमेत बनाएको छ ।

यहाँले अहिलेसम्म सरकारको काम गर्नु भएको छैन, नचाहेर हो वा नभ्याएर हो ?

म भिन्न काम गर्ने सोच भएको व्यक्ति हो । गुणस्तर चाहिने र चाँडो पनि सक्नुपर्ने भएपछि निजी क्षेत्रतर्फ लागेको हो । ठेकेदार साथीहरुले पहिला नै निजी काम गर्दा धेरै पैसा हुँदैन तर सरकारी काम गर्दा ढिलाइलगायत कामले बढी पैसा पाइन्छ भनेर प्रोत्साहित गरेका थिए । उनीहरुलाई अहिले निजी क्षेत्रमा आउन धेरै गाह्रो भएको छ ।

हामीसँग उपकरण र दक्ष जनशक्ति छ । सरकारको काम लिएपछि वर्किङ रिलेसन भएको अधिकारीको सरुवा हुन्छ । नयाँ आउने आयोजना प्रमुख आयोजनाको हितका लागि आउँछ भन्ने के ग्यारेन्टी छ ? आफ्नो व्यक्तिगत रुचीमा आउला । मलाई निजी क्षेत्रको काम गरेर फुर्सद छैन भने सरकारी ठेक्का किन चाहियो ? जोखिम किन लिने ? आज कुनै प्रवद्र्धकले पाँचतारे होटल बनाउनु पर्यो भन्न आएभने मैले ६ महिनापछि मात्र सुरु गर्छुभन्दा उहाँहरु सीईका लागि ६ महिना कुर्न तयार हुनुहुन्छ । सरकारसँग बुट मोडेलमा काम गर्ने हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी अन्तर्वार्ता बाट थप

Top