नेपालको पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विकास र कनेक्टिभिटी बढाउनैपर्छ। यसका लागिग सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमलाई थप प्रभावकारी बनाउन जरुरी छ। निगम बलियो भए मात्रै विदेशका विभिन्न क्षेत्रबाट पर्यटक ल्याएर तिनलाई नेपालको आतिथ्यबाट स्वागत गर्न सकिन्छ।
नेपालको हवाई भाडा महँगो रहेको र सरकारले टिकटमा भ्याट लगाउँदा भाडा महँगिएकाले यसमा समीक्षा जरुरी छ। नेपालमा पर्यटनको विशाल सम्भावनालाई ध्यानमा राख्दै सरकार र निजी क्षेत्रले मिलेर लाभ उठाउन सक्ने प्रशस्त आधार छन्। विदेशी लगानीकर्तालाई पनि नेपालमा पर्यटन क्षेत्रमा पर्याप्त सम्भावना भएकाले लगानी गर्न आग्रह गरिरहेका छौं। राज्यबाट पनि सोहीअनुसार भइरहेको पाएका छौं।
बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्टले नेपाललाई बौद्ध पर्यटन केन्द्रको रूपमा स्थापित गर्न सहयोग गर्ने अपेक्षा छ। मार्टलाई थप परिस्कृत गर्न र नेपालका लागि ब्रान्डको रूपमा विकास गर्नुपर्ने आवश्यकता छ। बौद्ध पर्यटन प्रवर्द्धनका लागि नेपालको लुम्बिनीसहित बुद्धसँग सम्बन्धित बौद्ध तीर्थस्थल तथा भारतमा रहेका तीर्थस्थलसँग जोडेर बौद्ध सर्किट विकास गर्नुपर्ने खाँचो छ। विश्वभरका बौद्ध धर्मावलम्बीलाई कम्तीमा एकपटक बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्नुपर्ने सन्देश दिइनुपर्छ। यसका लागिग पर्यटन बोर्ड, निजी क्षेत्रमा सक्रिय पर्यटनकर्मीले थप पहल गर्नुपर्छ। पर्यटनलाई आधार बनाएर समृद्धि हासिल सम्भव छ।
पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विकास र कनेक्टिभिटी बढाइनुपर्छ। दुई छिमेकी भारत र चीनमा बौद्ध अनुयायीको संख्या ठूलो छ। उनीहरू पनि यहाँ आउन इच्छुक देखिन्छन्। हामीले तिनलाई ल्याउन तद्नुसार ब्रान्डिङ र प्याकेज तयार गर्नुपर्छ।
बौद्ध पर्यटन प्रवर्द्धनका लागि नेपालको लुम्बिनीसहित बुद्धसँग सम्बन्धित बौद्ध तीर्थस्थल तथा भारतमा रहेका तीर्थस्थलसँग जोडेर बौद्ध सर्किट विकास गर्नुपर्छ। विश्वभरका बौद्ध धर्मावलम्बीलाई कम्तीमा एकपटक बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुपर्छ भन्ने सन्देश दिन तथा सोहीअनुरुप पर्यटक आगमन बढाउन सके नेपालको पर्यटनको सम्पूर्ण आयाम परिवर्तन गर्न सकिने सम्भावना टाढा छैन।
अर्बौं रुपैयाँ लागतमा गौतमबुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भए पनि पूर्ण रुपमा सञ्चालनमा आउन नसकेकाले विमानस्थल पूर्ण रुपमा सञ्चालन गर्न ठोस पहल गर्न सरकारसँग आग्रह गर्दै आएका छौं। गौतमबुद्धको जन्मस्थल लुम्बिनीको सम्भावना र सोही विमानस्थललाई हेरेर निजी क्षेत्रले ठूलो लगानी गरेको छ तर, विमानस्थल सञ्चालनमा नआउँदा लगानी गुम्ने जोखिम बढेको छ। यो कुरा पोखरा विमानस्थलमा पनि लागू हुन्छ। यसप्रति सरकार संवेदनशील हुन आवश्यक छ।
बिआईटीएमले लुम्बिनीमा आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकको बसाइँ लम्ब्याउन र लुम्बिनीलाई महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सघाउन सक्छ। लुम्बिनीको आध्यात्मिक वातावरण ध्यान कक्षा दिन उपयुक्त छ। आजको द्रुत गतिको संसारमा धेरै मानिस शान्ति, सजगता र दैनिक तनावबाट विश्राम खोजिरहेका छन्। लुम्बिनीले स्वास्थ्य पर्यटनको लागि आदर्श शान्त वातावरण दिन्छ। हामी विभिन्न प्रकारका कल्याण कार्यक्रम विकास गर्न सक्छौं।
नेपाललाई विवाह, बैठक र सम्मेलन पर्यटनका लागि गन्तव्यको रूपमा विकास गर्न सकिने सम्भावना छँदै छ। अझ नेपालका सीमावर्ती क्षेत्रमा लगभग १५ करोड भारतीय मध्यम वर्गमा प्रवेश गरेको अवस्थामा तिनलाई पर्यटकका रुपमा नेपाल आउँदा २५ हजार भारु मात्र ल्याउन सक्ने प्रावधान परिमार्जन गर्न र अन्य देशबाट आउने पर्यटकले जस्तै नेपालमा मान्य हुने ५ हजार अमेरिकी डलरसम्मको मुद्रा ल्याउन पाउने व्यवस्था गरिनुपर्छ।
(काठमाडौंमा आयोजित तेस्रो बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट कार्यक्रममा ढकालबाट व्यक्त विचार)