काठमाडौं। नेपालका लागि केई गाडीको आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्सले आयोजना गरेको ‘ग्रीन ह्वील टु मार्बल हिल्स’ कार्यक्रम सम्पन्न भएको छ। कम्पनीले मे ३१ मा ‘ग्रीन ह्वील टु मार्बल हिल्स’ शीर्षकको पर्यावरण सचेत ग्राहक कार्यक्रमको आयोजना गरेको हो।
उक्त कार्यक्रममा ८० जनाभन्दा बढी मानिस सहभागीहरू थिए। जसमा ग्राहक र परिवारका सदस्य सामेल थिए। कार्यक्रमले दिगो गतिशीलता र वातावरणीय उत्तरदायित्वलाई बढावा दिँदै ग्राहक, प्रकृतिप्रेमी र दिगोपनको वकालत गर्नेहरूलाई एकजुट बनाएको थियो।
कम्पनीले केईको थापाथली सोरुमदेखि गोवारीसम्म गरेको र्यालीमा केई एक्सथ्री प्रो, ई-क्युट ०२ र ई-क्युट ०४ मोडलहरूको प्रदर्शनी गरिएको थियो। उक्त र्याली यात्रा मात्रा नभई स्वच्छतातर्फको कदम, प्रकृतिको प्रशंसा र पर्यावरणीय जिम्मेवारीमा आधारित भएको कम्पनीले जनाएको छ।

कार्यक्रमको मुख्य आकर्षणको रुपमा वृक्षरोपण समारोह थियो। जहाँ सहभागीले सामूहिक रूपमा वृक्षारोपण गरेका थिए। उक्त अवसरमा ७० भन्दा बढी रूखहरू रोपिएको थियो। यस वृक्षारोपण पहलको उद्देश्य कार्बन फुटप्रिन्ट कम गर्नु र स्थानीय पारिस्थितिकी प्रणालीमा सकारात्मक योगदान पुर्याउनु थियो।
कार्यक्रममा रमाइलो सामूहिक गतिविधि, खेलहरूको पनि व्यवस्था थियो, जसले सबै उपस्थितका लागि रमाइलो र अन्तरक्रियात्मक वातावरण सिर्जना गरेको कम्पनीको दाबी छ।
केईले विद्युतीय गतिशीलतालाई वातावरणीय पहलसँग जोडेर यस्ता कार्यक्रममार्फत स्वच्छ हरित भविष्यलाई प्रवर्द्धन गरिरहेको छ।

