काठमाडौं। नेपालका लागि जिकर गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले जिकर एक्सको मूल्य परिमार्जित गरेको छ। कम्पनीले कम्प्याक्ट लग्जरी एसयुभी ‘जिकर एक्स’को मूल्य परिमार्जित गरेको हो।
कम्पनीले जिकर एक्सको मूल्य १० लाख रुपैयाँ घटाएको हो। पायोनियर मोटोकर्पले ८४ लाख ९९ हजार रुपैयाँमा बिक्री गर्दै आएको जिकर एक्सको नयाँ मूल्य ७४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ। कम्पनीले जिकर एक्सको मूल्य १० लाख रुपैयाँ कम गरेको छ।
कम्पनीले ‘अनचेन्ड ड्युटि, अनबिटेबल प्राइस’ नाम रहेको यस योजनाअनुसार ग्राहकहरूले मात्र २० प्रतिशत डाउन पेमेन्टमा गाडी खरिद गर्न सक्ने जनाएको छ। साथै, एक्सचेन्ज बोनस, अटो प्लस बिमा, सडक करमा १ आर्थिक वर्षको छुट र निःशुल्क ७ किलोवाट वाल चार्जर जस्ता थप विशेष सुविधाको समेत लाभ लिन सक्ने छन्।
जिकर एक्समा ६६ किलोवाटको ब्याट्री दिइएको छ। यसमा २०० किलोवाटको मोटर जडान गरिएको छ। जसले उत्कृष्ट पर्फमेन्स र सहज, रेस्पोन्सिभ ड्राइभ अनुभव प्रदान गर्छ। यसको डब्लुएलटिपी रेन्ज ४४० किलोमिटर रहेको छ।
जिकर एक्समा जिकर ००१ र जिकर सेभेन एक्स जस्तै उन्नत ‘एसइए’ प्लेटफर्ममा आधारित छ। यसको संरचना ७३ प्रतिशत हाई स्ट्रेन्थ स्टिल प्रयोग गरेर बनाइएको छ। जसले गाडीलाई मजबुत बनाउने मात्र होइन। सुरक्षामा कुनै सम्झौता नगरी तौल पनि कम गर्छ।
जिकर एक्स २०२४ युरो एनक्यापमा दुई विधामा विजेता बन्ने एकमात्र गाडी हो। जसले प्रतिष्ठित ५ स्टार सेफ्टि रेटिङ प्राप्त गरेको छ। साथै, ग्रिन एनक्यापबाट ५ स्टार रेटिङ हासिल गर्दै वातावरणमैत्रीमा पनि अग्रता लिएको छ।
गिली होल्डिङ ग्रुपअन्तर्गत बनाइएको जिकर एक्स, लक्जरी, स्मार्ट अर्बान मोबिलिटी र सहज पहुँचको सन्तुलनसहित जिकर एक्स, सहरी इलेक्ट्रिक एसयुभीको नयाँ मापदण्ड बनाउने दिशामा अघि बढेको छ।