काठमाडौं। बीएमडब्लूको तेस्रो मोडल आईएक्स–टू नेपालमा बिक्री सुरु भएको छ। बीएमडब्लूको आधिकारिक बिक्रेता लक्ष्मी प्रिमियम मोटर्सले ‘आईएक्स’ सिरिजमा तेस्रो मोडल आईएक्स–टुको मूल्य सार्वजनिक गर्दै बिक्री सुरुको घोषणा गरेको हो। कम्पनीले यसको मूल्य १ करोड ७९ लाख निर्धारण गरेको छ।
सिंगल चार्जमा ४४९ किलोमिटर गुडाउन सकिने आईएक्स–टू लग्जरी इलेक्ट्रिक एसयूभी हो।
यसअघि आईएक्स–वान र आइएक्स–थ्री मोडल बिक्री गर्दै आएको लक्ष्मी प्रिमियमले तेस्रो इलेक्ट्रिक मोडल नेपाल ल्याएको हो। कुप्पे डिजाइनमा उपलब्ध हुने आईएक्स–टूमा ‘ईड्राइभ–२० सिस्टम’मा १५० किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर दिइएको छ।

बीएमडब्लूको आईएक्स–टूमा ६६.५ किलोवाट आवरको ब्याट्री प्याक पाउन सकिन्छ। यसलाई ११ किलोवाटको एसी चार्जर र १३० किलोवाटको डीसी फास्ट चार्जरले चार्ज गर्न सकिन्छ।
आईएक्स–टूको इन्टेरियरमा ड्युल कर्भ स्क्रिन लेआउट पाउन सकिन्छ। हेडअप डिस्प्ले, १२ वटा स्पिकरसहितको हर्मन कार्डनको म्युजिक सिस्टम, प्यानारोमिक ग्लासरुफ, हिटेड र मेमोरीसहितको पावर्ड फ्रन्ट सिटले जोकोहीलाई लोभ्याउनेछ। साथै, वायरलेस चार्जर, अटोमेटिक एसी, रियर एसी भेन्टजस्ता फिचरले चालक र यात्रु दुवैलाई सहज बनाउने कम्पनीले जनाएको छ।
सुरक्षाका लागि आईएक्स–टुमा ७ वटा एयरब्याग, चार वटै चक्कामा डिस्क ब्रेक, इन्ट्रिग्रेटेड ब्रेकिङ सिस्टम, अटोहोल्ड, ड्राइभ अफ असिस्ट, डायनामिक ब्रेक कन्ट्रोल, मल्टी ड्राइभ फङ्सन, हाइबिम असिस्टजस्ता फिचर पाउन सकिन्छ।
आईएक्स–टु कम्प्याक्ट एसयूभी सेग्मेन्टमा उपलब्ध एसयूभी हो। यसको लम्बाइ ४५५४ एमएम, चौडाइ १८४५ एमएम, उचाइ १५६० एमएम छ। यसको ह्वीलबेस २६९२ एमएम छ। कम्पनीले यसमा १९ इन्चको डबल स्पोक अलोय ह्वील दिइएको छ। गाडीमा स्पेयर टायर उपलब्ध छैन। त्यसको सट्टा टायर रिपियर किट दिएको छ।