काठमाडौं। नेपालमा भित्रिएको छोटो समयमै पिकअप ट्रक टुनल्याण्ड जी ७ ले विश्व इतिहास रचेको छ। यसले २३ दिनभित्रै नेपालका आठ वटा सबैभन्दा अग्ला र कठिन अफ रोड स्थानमा पुगेर विश्वमै नयाँ कीर्तिमान बनाएको छ। यो उपलब्धिले पिकअपको शक्ति र क्षमताका साथ कठिन स्थानका लागि भरपर्दो रहेको प्रमाणित गरेको छ।
यो यात्रा दार्चुलाको हिकिला (१,९६७ मिटर), पर्वतको फलामे (२,३२५ मिटर), इलामको सन्दकपुर (३,६३६ मिटर), कर्णालीको जुम्ला (२,५१४ मिटर), मनाङको खाङसार (३,७५६ मिटर), ढोरपाटन (३,९०० मिटर), माथिल्लो मुस्ताङको कोरोला सीमा (४,६६० मिटर) र संखुवासभाको गुफापोखरी (२,८९० मिटर)लगायतका उच्च भूभाग र दुर्गममा अवस्थित क्षेत्रमा गरिएको थियो।
यी मार्गमा सीधा उकालो, भिर र कच्ची बाटो थिए। टुनल्याण्ड जी ७ ले यी सबै गन्तव्यलाई सफलतापूर्वक नेभिगेट गरेको हो। तिनीहरूको पूर्ण क्षमता अनुभव गर्ने अहिलेसम्मकै उत्कृष्ट ४ एक्स ४ अफरोड पिकअप बन्न सफल भयो।
यसमा भएको १६० हर्सपावर र ३९० एनएम टर्कले यात्राभरि असाधारण पुल फोर्स देखाएको थियो। आर १८ टायरले हिलो र ढुंगामा राम्रो ग्रिप दिँदै सन्तुलन कायम राख्न मद्दत गर्यो। २२५ मिमी ग्राउन्ड क्लियरेन्सले गर्दा बाटोमा आएका ढिस्कामा नअड्किएरै पिकअप सजिल गुडेको थियो। उकालो चढ्दा वा ओरालो झर्दा ‘हिल होल्ड’ र ‘हिल डिसेन्ट कन्ट्रोल’ले अत्यन्त सहज अनुभव दिएको थियो।
बाहिरी रूपमा कडा देखिने टुनल्याण्ड जी ७ भित्र चाहिँ विलासी र आरामदायी छ। यसमा प्यानोरामिक सनरुफ, तातोरचिसो हुने १२ तरिकाले एडजस्ट गर्न मिल्ने इलेक्ट्रिक सिट, १२.३ इन्चको इन्फिनिटी स्क्रिन, अटोमेटिक एसी र स्मार्ट स्टार्ट बटन रहेको छ। यी सबै कुराले संयोजनले चालकको लामो र थकाइपूर्ण यात्रालाई पनि सहज बनाएको थियो।
२३ दिने यो यात्रा टुनल्याण्ड जी ७ को एक वर्षे परीक्षणको हिस्सा थियो। जसले यसको शक्ति, टिकाउपन र इन्धन दक्षता प्रमाणित गर्यो। नेपाली ग्राहकसँग विश्वास कायम गर्न वास्तविक परिस्थितिमा गरिएको परीक्षणको नतिजा देखाइएको हो। टुनल्याण्ड जी ७ ले हरेक पाटोमा उत्कृष्ट प्रदर्शन गर्दै सबैको अपेक्षाभन्दा बढी उपलब्धि हासिल गर्यो।
यो यात्राले टुनल्याण्ड जी ७ केवल शहर वा सहज सडकका लागि मात्र होइन। जंगल, दुर्गम स्थान र उच्च पहाडी सडकका लागि बनेको पिकअप भएको देखिएको हो। यो केवल पिकअप होइन, यो त शक्ति, आराम र प्रदर्शन खोज्नेका लागि बनाइएको पावर मेसिन हो।