काठमाडौं। चर्चित स्वदेशी ब्रान्डका रक्सी उत्पादक तथा विदेशी ब्रान्डका रक्सी वितरक विजय डिस्टिलरीले ९ महिनामै १ अर्ब रुपैयाँ बढीको व्यापार गरेको छ।
ललितपुरको जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजअन्तर्गतको विजय डिस्टिलरी आर्थिक वर्ष २०२४/२५ को ९ महिनामा १ अर्ब १९ करोड २० लाख रुपैयाँ (अपरिस्कृत) बढी आम्दानी गरेको छ।
करिब ४ दशकदेखि मदिरा उत्पादन तथा वितरकको क्षेत्रमा राज गर्दै आएको जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिजको तेस्रो इकाईको रुपमा विजय डिस्टिलरी सन् २०१३ मा स्थापना भएको हो। विजय डिस्टिलरीको हाल एक विदेशी ब्रान्ड र ७ वटा स्वदेशी ब्रान्ड रहेका छन्।
विदेशी ब्रान्डमा अमेरिकी उत्पादन स्काई भोड्का छ भने स्वदेशी ब्रान्डका रक्सीहरूमा गोल्डेन ओक, काला पत्थर, हिमालयन ब्रान्डी, क्राउन रोयल ब्राउन स्पिरिट सेग्मेन्टमा र ह्वाइट स्पिरिट सेग्मेन्टमा रुस्लान भोड्का, ब्लु डायमन जिन र सावन भोड्का रहेको छ।
विजय डिस्टिलरीको मुख्य उत्पादन रहेको रुस्लान भोड्का नेपालमा उत्पादित सबैभन्दा लोकप्रिय र प्रतिष्ठित ह्वाइट स्पिरिट भोड्कामध्ये एक हो। यसले विजय डिस्टिलरीलाई मदिराजन्य पेय पदार्थको क्षेत्रमा उच्च स्थान प्राप्त गर्न ठूलो योगदान पुर्याएको छ।
डिस्टिलरीले पाएको ‘एनबिबिमाइनस’ले दीर्घ कालिन कर्जा तिर्ने क्षमतामा मध्यम जोखिम र ‘एफोर’ले अल्पकालिन कर्जा तिर्न क्षमता कमाजोर रहेको संकेत गर्छ।
नवलपरासीको पारसीमा विजय डिस्टिलरीको पूर्ण स्वामित्व विजय कुमार शाहको रहेको छ। यसको नेटवर्कमा देशभर २४० वटा सब-डिलर आउटलेट छन्।
यसले सन् २०२४ मा एक अर्ब १० करोड, सन् २०२३ मा दुई अर्ब १२ करोड, सन् २०२२ मा दुई अर्ब ८ करोड र सन् २०२१ मा दुई अर्ब ६७ करोड रुपैयाँ (परिस्कृत) आम्दानी गरेको थियो। डिस्टिलरीको आम्दानी वर्षेनी खस्किँदै गएको देखिन्छ।
उद्योगले ९१ करोड २० लाख रुपैयाँ बैंकिङ कर्जा प्रयोजनका लागि रेटिङ एजेन्सी इक्रा नेपालमा गराएको रेटिङमा ५० करोड ७० लाख रुपैयाँ दीर्घ कालिन कर्जाका लागि ‘एनबिबिमाइनस’ र ४० करोड ५० लाख रुपैयाँ अल्पकालिन कर्जाका लागि ‘एफोर’ रेटिङ पुनः पुष्टी भएको छ।
यसअघि डिस्टिलरीले २०२४ को अप्रिलमा बैंकिङ कर्जाका लागि रेटिङ गराएको थियो। उद्योगले उक्त समयमा पाएको रेटिङ अहिले पुनः पुष्टी गरिएको हो।
डिस्टिलरीले पाएको ‘एनबिबिमाइनस’ले दीर्घ कालिन कर्जा तिर्ने क्षमतामा मध्यम जोखिम र ‘एफोर’ले अल्पकालिन कर्जा तिर्न क्षमता कमाजोर रहेको संकेत गर्छ।
डिस्टिलरीले आम्दानी घट्नुका कारण बजारमा पुरानै मूल्यमा उच्च बिक्री गर्दा सञ्चालन आम्दानी नकारात्मक भएर खुद नाफासमेत नकारात्मक भएको हो।
उद्योगको व्यापार गत वर्ष २४ प्रतिशतले घट्को थियो। जसले रेटिङसमेत राम्रो नभएको देखिन्छ। डिस्टिलरीको रेटिङ रिपोर्टअनुसार सन् २०२३ को नाफाबाट १४९ प्रतिशत लाभांश वितरण गर्दा पनि उद्योगको ऋण स्वामित्व अनुपात १ः९ बाट ३ः८ पुगेको छ।
डिस्टिलरीले प्रवद्र्धक र साहयक कम्पनीबाट नगद सहयोग लिएको, आम्दानीमा भोड्का सेग्मेन्टमा उच्च निर्भर र कम मार्जिन हुँदा गत वर्ष भोड्काको बिक्री घट्दा समग्र आम्दानी प्रभावित भएको देखिन्छ।
डिस्टिलरीले आम्दानी घट्नुका कारण बजारमा पुरानै मूल्यमा उच्च बिक्री गर्दा सञ्चालन आम्दानी नकारात्मक भएर खुद नाफासमेत नकारात्मक भएको हो। डिस्टिलरीको आठ वटमध्ये सबैभन्दा बढी बिक्री हुने ह्वाइट स्पिरिट सेग्मेन्टको ब्यु डायमन जिन रहेको छ।
यसको आम्दानी हिस्सा सन् २०२३ मा ३९ प्रतिशत रहेकोमा २०२४ मा ७८ प्रतिशत पुगेको छ। यसले रुस्लान भोड्को बिक्रीको गिरावटलाई केही हदसम्म कभर गरेको छ। तर, भविष्यमा ब्यु डायमनको समेत बिक्री घटेमा उद्योगको आम्दानीमा असर पर्ने देखिन्छ।