काठमाडौं। कैलाश हेलिकप्टर सर्भिस लिमिटेडले ९ महिनामा साढे ५३ करोड रुपैयाँ आम्दानी गरेको छ। कम्पनीले आर्थिक वर्ष २०२४/२५ को ९ महिनामा ५३ करोड ५० लाख रुपैयाँ (अपरिस्कृत) आम्दानी गरेको हो।
कैलाश हेलिकप्टरले सन् २०२४ मा ७९ करोड ४० लाख, सन् २०२३ मा ७० करोड २० लाख, सन् २०२२ मा ४० करोड ४० लाख र सन् २०२१ मा ३२ करोड ४० लाख रुपैयाँ (परिस्कृत) आम्दानी गरेको थियो।
कम्पनीले नेपाल धितोपत्र बोर्डमा २०८१ जेठ २९ गते प्रिमियम मूल्यमा सार्वजनिक निष्काशन (आईपीओ) स्वीकृति माग्दै आवेदन दिएको छ। कैलाश हेलिकप्टरले प्रतिकित्ता ३२७ रुपैयाँका तीन लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो।
एक वर्षअघि आईपीओ प्रक्रिया सुरु गरेको कैलाशले रेटिङ एजेन्सी इक्रा नेपालमा सन् २०२५ जुन २६ मा गराएको इश्युआर रेटिङमा ‘त्रिपल बी’ पुनः पुष्टी भएको छ। यसअघि कम्पनीले सन् २०२४ मे ६ मा गराएको रेटिङमा दिइएको नम्बर अहिले पुनः पुष्टी गरिएको हो। ‘त्रिपल बी’ रेटिङले कम्पनीमा मध्यम क्रेडिट जोखिम रहेको संकेत गर्छ। यस्ता रेटिङ प्राप्त गर्ने संस्थाले आर्थिक दायित्व समयमा तिर्न सक्ने हुन्छ।
कैलाश हेलिकप्टरले नाफा प्राय लाभांश वितरण नगरी सञ्चितिमा राखेको छ। लिएको दीर्घ कालिन ऋणको भुक्रानी अघिल्लो किस्तामा तिर्ने अभ्यास गरेको छ।
कैलाश हेलिकप्टरको ऋण अनुपात अत्यन्तै न्यून गियरिङमा ०.०१ गुणा, प्रत्यक्ष नेटवर्थमा कुल बाह्य दायित्व ०.८ गुणा र डेब्ट सर्भिस कभरेज रेसियो ६.२७ प्रतिशत मात्रै छ। जुन रेटिङमा सबल पक्ष हो।
त्यस्तै, कैलाश हेलिकप्टरले नाफा प्राय लाभांश वितरण नगरी सञ्चितिमा राखेको छ। लिएको दीर्घ कालिन ऋणको भुक्रानी अघिल्लो किस्तामा तिर्ने अभ्यास गरेको छ। यसले भविष्यमा कुनै ठूलो खर्च गर्ने योजना नबनाएको हुँदा वित्तीय स्थायित्व कायम रहने संकेत गर्छ।
सन् २०१७ मा स्थापना भएको कैलाश हेलिकप्टरमा ७ जना मुख्य संस्थापक लगानीकर्ता छन्। सन् २०२५ अप्रिलसम्म ३१ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कैलाश हेलिकप्टरमा प्रबन्ध निर्देशक प्रतापजंग पाण्डे र अध्यक्ष तथा सिनियर क्यापटेन अशिष शेरचनको ४० प्रतिशत सेयर स्वामित्व रहेको छ।
कैलाश हेलिकप्टरले एभरेष्ट बेस क्याम र अन्नपूर्णा बेस क्याममा चार्टर्ड उडान, उद्धार कार्य (रेस्क्यु अप्रेशन), स्लिङ्ग अप्रेसन र साहसिक भ्रमण (एड्भेञ्चर टुर)हरू गराउँछ। हालसम्म कैलाश हेलिकप्टरको तीन वटा एयरबसको हेलिकप्टर छन्।