काठमाडौं। नेपाल सेरामिक इन्डस्ट्रीले आर्थिक वर्ष २०२५ को पहिलो ९ महिनामा १ अर्ब रुपैयाँ बढीको व्यापार गरेको छ। ‘नेपोभिट’ ब्रान्डको सेरामिक फ्लोर टाइल्स उत्पादन गर्ने यो उद्योगले ९ महिनामा १ अर्ब ८ करोड ९० लाख रुपैयाँ बढीको टाइल्स उत्पादन तथा बिक्रीबाट आम्दानी गरेको हो।
सन् २०१९ मा बाराकाे जीतपुरसिमरा उपमहानगरपालिकास्थित भवानीपुरमा स्थापना भएको नेपाल सेरामिक इन्डस्ट्री सन् २०२२ देखि व्यवसायीक रुपमा सञ्चालनमा आएको हो। उद्योगमा शम्भुनाथ झा र मनोजप्रसाद रौनियारको ५०/५० प्रतिशत सेयर स्वामित्व रहेको छ।
यी दुवै जनाको सेरामिक इन्डस्ट्रीबाहेक निर्माण सामाग्री, हार्डवेयर, सेनिटरी सामानको व्यापारमा २ दशक बढीको अनुभव रहेको छ। रौनियार वाल टाइल उत्पादन गर्ने भारतीय ब्रान्ड ‘एआइजी’ का प्रर्वद्धक हुन्।
उद्योगले बैंकिङ कर्जा प्रयोजनका लागि रेटिङ एजेन्सी इक्रा नेपालमा गराएको रेटिङमा १ अर्ब २१ करोड रुपैयाँ दीर्घकालिन कर्जामा ‘एलबिबिमाइनस’ र ७९ करोड अल्पकालिन कर्जामा ‘एफोर’ रेटिङ प्राप्त गरेको छ।
सञ्चालनमा आएको केही वर्षमै उद्योगले आम्दानीमा राम्रो प्रगति गरेको देखिन्छ। आर्थिक वर्ष २०२२ को चौथो त्रैमासमा उद्योगले ३३ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो भने आर्थिक वर्ष २०२३ मा १ अर्ब ५५ करोड ८० लाख र आव २०२४ मा १ अर्ब ५२ करोड८० लाख रुपैयाँ (परिस्कृत) आम्दानी गरेको थियो।
उद्योगले बैंकिङ कर्जा प्रयोजनका लागि रेटिङ एजेन्सी इक्रा नेपालमा गराएको रेटिङमा १ अर्ब २१ करोड रुपैयाँ दीर्घकालिन कर्जामा ‘एलबिबिमाइनस’ र ७९ करोड अल्पकालिन कर्जामा ‘एफोर’ रेटिङ प्राप्त गरेको छ। उद्योगले कुल २ अर्ब रुपैयाँ कर्जा सीमाको लागि रेटिङ गराएको हो। यसअघि उद्योगले १ अर्ब २५ करोड ५० लाख रुपैयाँ बैंकिङ कर्जा उपयोग गरिसकेको छ।
उद्योगले प्राप्त गरेको रेटिङमध्ये ‘एनबिबिमाइनस’ले दीर्घकालिन कर्जा भुक्तानीमा मध्यम जोखिम र ‘एफोर’ रेटिङले अल्पकालिन कर्जा भुक्तानी गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।
उद्योगमा कुल वास्तविक सम्पत्तिमा ऋण अनुपात करिब ९.२ गुणा रहेको छ। प्लान्टको सुविधा विकास र चालू पुँजीको आवश्यकता बढेको कारण उद्योगले बढी ऋण लिनु परेको हो। आव २०२५ को ९ महिनामा उद्योगको चालू पुँजीमा करिब ४६ प्रतिशत बैंकिङ कर्जाको हिस्सा रहेको छ।
