काठमाडौं। ग्रेट वाल मोटर्स (जीडब्लुएम)नेपालले पहिलो पटक आयोजित ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ मा आफ्नो विश्वप्रसिद्ध ट्याङ्क ब्रान्डको भव्य सुरुवात गर्दै नेपाली बजारमा लक्जरी अफ–रोड अनुभवको नयाँ युग सुरुवात गरेको छ।
यस अवसरमा कम्पनीले ७ सिटको लक्जरी एसयूभी ट्याङ्क ५००(पीएइभी) र ५ सिटको दमदार ट्याङ्क ३००(एचइभी) सार्वजनिक गरेको छ। यी दुबै मोडल अत्याधुनिक प्लग–इन हाइब्रिड र हाइब्रिड प्रविधिसहित प्रस्तुत गरिएका छन्।
विश्वव्यापी सफलतापछि नेपालमा प्रवेश
ट्याङ्क ब्रान्ड पहिलो पटक २०२१ मा चेङदु अटो शोमा सार्वजनिक भएको र २०२२ मा चीनमा लञ्च भएदेखि नै विश्वभर चर्चामा रहँदै आएको छ। अहिले यो इन्डोनेशिया, थाइल्यान्ड, मलेसिया, दक्षिण अफ्रिका, अष्ट्रेलिया र न्यूजिल्यान्डजस्ता बजारमा सफलतापूर्वक स्थापित भइसकेको छ। हालसम्म यसको विश्वव्यापी बिक्री करिब ४ लाख युनिट पुगेको छ, जसमा वर्षे–वर्ष ८७.५९ प्रतिशत वृद्धिदर हासिल भएको छ। नेपालमा यसको आगमन जीडब्लुएमको अफ–रोड संस्कृति विस्तार गर्ने रणनीतिक कदमका रूपमा हेरिएको छ।
नाममै रहेको अर्थ
ट्याङ्कको नाममा रहेको टी ले ट्याङ्क , टेक्नोलोजी र ट्रेन्ड जनाउँछ भने युले युजर र युनाइटेडलाई दर्शाउँछ। यसले अत्याधुनिक इन्जिनियरिङ र मानवीय सम्बन्धको सम्मिश्रण गर्ने ब्रान्डको दृष्टिकोणलाई उजागर गर्छ।
दमदार पर्फमेन्स
नेपालमा उपलब्ध ट्याङ्क ३०० र ट्याङ्क ५०० मा २.० लिटर टर्बो पेट्रोल एचइभीर पीएचइभी भेरियन्ट, ९–स्पीड अटोमेटिक ट्रान्समिसन (एचआई ४ टी) राखिएको छ।
-ट्याङ्क ३००, एचइभी ३५१ पीएस पिक पावर, ६४८ एनएम टर्क
-ट्याङ्क ५०० पीएचइभी ४०८ पीएस पिक पावर, ७५० एनएम टर्क
यी दुवै मोडल शहरका सडकदेखि हिमाली बाटासम्म सहज र शक्तिशाली ड्राइभिङ अनुभवका लागि डिजाइन गरिएका छन्।
प्रारम्भिक मूल्य
-ट्याङ्क ३०० एचइभी १ करोड ५९ लाख ९९ हजार
- ट्याङ्क ५०० पीएचइभी २ करोड १५ लाख ९९ हजार
नयाँ पुस्ताको अफ–रोड लक्जरी
ट्याङ्क सिरिजलाई कम्पनीले केवल गाडी मात्र नभई साहसिक जीवनशैलीको प्रतीकका रूपमा प्रस्तुत गरेको छ। यसले क्षमता, आराम र श्रेणीलाई एकैसाथ दिने वाचा गर्दछ। शहरको भीडभाडदेखि हिमाली पदमार्गसम्म ट्याङ्क सिरिजले विवाइन्ड अफ रोड को नयाँ परिभाषा दिन आएको छ।