काठमाडौं। नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता सांग्रिला मोटर्स प्रा।लि।ले लामो समयदेखि प्रतिक्षित लिपमोटर बी १० औपचारिक रूपमा चीनबाट नेपाल डेलिभरी सुरु हुने भएको हो।
काठमाडौंमा आयोजित नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा भारी मात्रामा सकारात्मक प्रतिक्रिया र अग्रिम बुकिङ प्राप्त भएपछि लिपमोटर बी १० ती अर्डर पूरा गर्न चीनबाट नेपाल ल्याउने तयारी भएको हो।
लिपमोटर बी १० मा १६० किलोवाट पावरफुल रियर व्हील ड्राइभ मोटर र ६७।१ किलोवाट ब्याट्री रहेको छ। यसले एक पटक चार्जमा ६०० किमी र ४६० किमीसम्मको प्रभावकारी रेञ्ज प्रदान गर्छ।
आरामदायी र व्यावहारिक दुवै उद्देश्यका लागि निर्माण गरिएको यो मोडेलले १८० मिमी ग्राउन्ड क्लियरेंस, १४.इन्च २।५ के एचडी टचस्क्रिन, ३६०-डिग्री क्यामेरा रेकर्डिङ सुविधासहित, प्रिमियम लेदरटे सिट्स (हिटिङ र भेन्टिलेसनसहित) र आफ्नो सेग्मेन्टकै सबैभन्दा ठूलो प्यानोरामिक रूफ जस्ता सुविधाहरू प्रदान गर्छ।
बी १० ले अत्याधुनिक विद्युतीय सवारी साधन प्रविधिलाई प्रिमियम आरामसँग संयोजन गर्ने कुरामा लिपमोटरको ध्यान प्रतिबिम्बित गर्दछ। यसले गर्दा यो नेपाली इभी प्रेमीहरूका लागि एक उत्कृष्ट विकल्प हो।
सांग्रिला मोटर्सका निर्देशक हेमन्त गोल्छाले भने, 'हामीलाई यो जानकारी दिन पाउँदा खुशी लागेको छ। लिपमोटर बी १० ले चीनबाट नेपालतर्फ आफ्नो यात्रा सुरु गरेको छ। यसको असाधारण रेञ्ज, उन्नत सुविधाहरू र प्रिमियम डिजाइनसहित नेपालमा इलेक्ट्रिक गाडी जगतमा नयाँ मापदण्ड सेट गर्ने छ। डेलिभरी छिट्टै सुरु हुनेछ र हामी विश्वस्त छौँ। यसले हाम्रा ग्राहकहरूको ड्राइभिङ्ग अनुभव पुनः परिभाषित गर्ने छ।'