काठमाडौं। चीनको प्रमुख विद्युतीय सवारी निर्माता बिवाइडीको नयाँ मोडल एटो-२ अब नेपालमा उपलब्ध भएको छ। बिवाइडीको आधिकारिक वितरक साइमेक्स इंकले नाडा अटो शोको छेकोमा बुकिङ खुलाउँदै आजदेखि यसको बिक्री सुरु गरेको हो। कम्पनीले एटो-२ को मूल्य ४३ लाख ९९ हजार रुपैयाँभन्दा निर्धारण गरेको छ।
बिवाइडीको सफल कम्प्याक्ट एसयूभी एटो-३ भन्दा सानो यो मोडल चीनमा ‘युवान अप’ नामले परिचित छ। चिनियाँ बजारमा चार भेरियन्टमा उपलब्ध भए पनि एटो-२ युरोपमा भने एक्टीभ र बुस्ट गरी दुई भेरियन्टमा बिक्री हुँदै आएको छ।
एटो-२ लाई बीवाइडीले आफ्नै ई-प्लेटफर्म ३.० मोडुलर आर्किटेक्चरमा तयार गरेको हो। कम्प्याक्ट डिजाइनमा भए पनि यसमा हाई बनेट लाइन, लोअर पार्टमा प्लास्टिक ट्रिम र आकर्षक स्टाइलिङ दिइएको छ। यसको लम्बाई ४,३१० एमएम, चौडाई १,८३० एमएम र उचाई १,६७५ एमएम छ भने २,६२० एमएमको ह्वीलबेस रहेको छ।
युरोपियन स्पेकमा एटो-२ मा १३० किलोवाटको फ्रन्ट-माउन्टेड मोटर प्रयोग गरिएको छ। यसले १७४ हर्सपावर र २९० न्यूटन-मिटर टर्क उत्पन्न गर्छ। भित्री डिजाइनतर्फ, यसमा १२.८ इन्चको रोटेबल सेन्टर टचस्क्रिन, ८.८ इन्चको एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, इको-फ्रेन्डली भेगन लेदर सिट, अगाडिका सिटमा इलेक्ट्रिक एड्जस्टमेन्ट र हिटीङ सुविधा जस्ता आधुनिक विशेषता छन्।
यसका अन्य आकर्षणमा इलेक्ट्रिक फोल्डिङ साइड मिरर, हिटेड स्टेरिङ ह्वील, एम्बियन्ट लाइटिङ, ८ वटा स्पीकर, फ्रन्ट तथा रियर पार्किङ सेन्सर, र ३६० डिग्री क्यामरा रहेका छन्। ठूलो प्यानोरामिक सनरुफ र ४०० लिटरको बुट स्पेस पनि उपलब्ध छ। इन्ट्री भेरियन्टमा १७ इन्चका ह्वील, १०.१ इन्चको स्क्रिन, रियर क्यामरा, ६ वटा स्पीकर र ६ वटा एयरव्याग रहेको कम्पनीले जनाएको छ।
ऊर्जा पक्षमा, एटो २ मा ४५.१२ किलोवाट आवर क्षमताको ब्याट्री राखिएको छ। यसलाई ६५ किलोवाटसम्मको डीसी फास्ट चार्जर र ११ किलोवाटसम्मको एसी चार्जरबाट चार्ज गर्न सकिन्छ। कम्पनीका अनुसार यसले डब्लुएलटीपी मापदण्डअनुसार ३१२ किलोमिटर रेन्ज दिन सक्छ।
एटो–२ बीवाईडीको ई–प्लेटफर्म ३.० मा बनेको हो। यसको टप स्पिड १६० किलोमिटर प्रतिघन्टा रहेको छ। बीवाईडी एटो–२ मा ५१.१३ किलोवाट आवरको एलएफपी ब्लेड ब्याट्री दिइएको छ। डब्लुएलटीपीअनुसार यो गाडीले एक पटकको फुल चार्जमा ३१२ किलोमिटर रेन्ज दिनेछ।
यसको लम्बाइ ४३१० एमएम, चौडाइ १८३० एमएम र उचाई १६७५ एमएम रहेको छ। यसमा १४३० लिटरको बुट स्पेस पाउन सकिन्छ। गाडीमा १७ इन्चको अलोय ह्वील, १०.१ इन्च वा १२.८ इन्चको घुम्ने इन्फोटेनमेन्ट स्क्रिन, ६ वटा एयरब्याग, रियर पार्किङ सेन्सर, ३६० डिग्री क्यामेरालगायत फिचर यसमा छन्।
साइमेक्सले एटो २ ले नेपाली ग्राहकलाई किफायती मूल्यमा प्रिमियम कम्प्याक्ट ईभी अनुभव दिलाउने जनाएकाे छ। यसले विद्युतीय सवारीप्रतिको चासो अझै बढाउने अपेक्षा गरिएको छ।