काठमाडौं।– ग्लोबल टेक जेडटीई कर्पोरेसनले नेपाली बजारमा दुई नयाँ स्मार्ट फोन मोडल नुबिया ए५६ र नुबिया ए३६ औपचारिक रुपमा सार्वजनिक गरेको छ। यी फानमा ठूलो स्क्रिन र शक्तिशाली ब्याट्री सुविधा रहेके कम्पनीले जनाएकाे छ।
शक्तिशाली स्मार्टफोन चाहने तर आफ्नो बजेटभन्दा बाहिर जान नचाहने प्रयोगकर्ताका लागि जेडटीई नुबिया ए५६ उपयुक्त छनोट हो । यसमा ६।७५ इन्चको एचडी प्लस स्क्रिन छ, जसले दृश्य अनुभवलाई पूर्ण बनाउँछ। साथै ५००० मिलि अम्पियर प्रति घण्टा क्षमताको ब्याट्री भएकोले ढुक्क भएर लामो समयसम्म निरन्तर प्रयोग गर्न सकिन्छ।
यसमा भएको अक्टा(कोर टी७२०० चिपसेटले मल्टिटास्किङ गर्न अत्यन्त सहज हुन्छ। १२ जीबीको र्यामलाई ८ जीबी सम्म भर्चुअल एक्सपान्ड गर्न सकिन्छ भने १२८जीबीको स्टोरेज भएकोले नुबिया ए५६मा दैनिक आवश्यकताका काम उच्च कार्यसम्पादनको साथ गर्न सकिन्छ। यस स्मार्टफोनको मूल्य ११,९९९ रहेको छ। यसमा १८ महिनाको वारेन्टी उपलब्ध छ। जेडटीई नुबिया ए५६ शून्य प्रतिशत ब्याजमा किस्ताबन्दी योजनाबाट पनि खरिद गर्न सकिन्छ।
जेडटीई नुबिया ए३६ ले शक्ति र शैलीको सन्तुलन प्रस्तुत गर्दछ। यसमा १२ जीबीको र्याम ९८ जीबी भर्चुअल एक्सपान्डसहित०, ६४ जीबीको स्टोरेज , ६।७५ इन्चको ठूलो एचडी प्लस स्क्रिन र अक्टा(कोर टी७२०० चिपसेट रहेको छ, जसले सहज कार्यसम्पादन सुनिश्चित गर्छ।
५००० मिलिअम्पियर प्रतिघण्टा क्षमताको शक्तिशाली ब्याट्रीले अविरल शक्ति प्रदान गर्दछ । यो फोन ५० महिनासम्म ढुक्क भएर चलाउन सकिने दाबी कम्पनीके छ।
जेडटीई नुबिया ए३६ को मूल्य रु। १०,९९९ राखिएको छ, र यसमा पनि १८ महिने वारेन्टी र शून्य प्रतिशत ब्याजमा किस्ताबन्दी योजनाबाट पनि खरिद गर्न सकिन्छ।