काठमाडौं। दसैंको मुखमा अटो व्यवसायीबीच ग्राहक तान्न आकर्षक अफरको होड चलेको छ। अटो व्यवसायीले चाडपर्वलाई लक्षित गर्दै १५ लाख रुपैयाँसम्मको नगद छुटदेखि अन्य आकर्षक अफर ल्याएका हुन्।
अफरको होडले ग्राहकलाई गाडी खरिद गर्न सहज हुने देखिन्छ। सबै ब्रान्डले आकर्षक अफर ल्याउँदा ग्राहकमा विकल्प छनोट हुनेछ। जेनजी आन्दोलनका कारण अटो उद्योगमा ठूलो असर परे पनि व्यवसायीले आकर्षक अफर परिवर्तन गरेका छैनन्।
अधिकांश कम्पनीले साउन अन्तिममा भएको नाइमा मोबिलिटी एक्स्पो र भदौ पहिलो साताको नाडा अटो शोमा ल्याएको अफरलाई नै निरन्तरता दिएका छन् भने केही ब्रान्डले दसैं–तिहार र छठ लक्षित नयाँ स्किम ल्याएका छन्।
हाल बजारमा गाडी खरिदमा नगद छुट, शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा, निःशुल्क बिमा, सडक दस्तुर र एक्सचेन्ज बोनसजस्ता थुप्रै अफर उपलब्ध छन्।
अहिलेको सबैभन्दा ठूलो आकर्षण नगद छुट हो। केही कम्पनीले गाडीको मोडलअनुसार १५ लाख रुपैयाँसम्म नगद छुट दिएका छन्। साथै, निःशुल्क बिमा र रोड ट्याक्सलगायतका अन्य अफर पनि दिने घोषणा गरेका छन्।
अघिपछि भन्दा चाडपर्वको समय गाडी बढी बिक्री हुने भएकाले पनि अफर दिएर ग्राहक तान्न कम्पनी लागिरहेका हुन्छन्। गाडी बिक्री सिजन भएकाले पनि व्यवसायीले राम्रो व्यापारको अपेक्षा गर्नु स्वाभाविकै हो।
१५ लाख डिस्काउन्टदेखि निःशुल्क बिमासम्म, कसको सुविधा कस्तो
हुन्डाईको १० गुणा उपहार
हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘दसैं–तिहार १० गुणा उपहार’ नामक स्किम ल्याएको छ। कम्पनीले चाडपर्वमा हुन्डाईको गाडी किन्नेलाई मोडलअनुसार ८ लाखसम्म नगद छुट, स्क्रयाच कार्डमार्फत थप १० लाखसम्म छुट र २० हजार लोयल्टी बोनस दिने घोषणा गरेको छ। साथै, १ वर्षको निःशुल्क बिमा र सवारी कर पनि कम्पनीले नै तिरिदिने जनाएको छ।
सुजुकी पर्वोत्सव
पेट्रोलबाट चल्ने कार मात्रै बिक्री गर्दै आएको सीजी मोटोकर्पले दसैं–तिहार र छठ पर्वलाई ध्यानमा राख्दै विगतकै जस्तो ‘सुजुकी पर्वोत्सव’ स्किम ल्याएको छ। स्किमअन्तर्गत सुजुकीका कारमा मोडल अनुसार ६ लाखसम्म नगद छुट, २ लाखसम्म एक्सचेन्ज बोनस, १ वर्षको निःशुल्क बिमा, ६ वर्षसम्म पीएमएस पार्टस् सित्तैमा, निःशुल्क एसेसरिज पनि कम्पनीले अफर गरेको छ।
सीजीले सुजुकीका इन्ट्री लेभल कार अल्टो र सेलेरियोमा १ वर्षका लागि शून्य प्रतिशत ब्याजदरको स्किम दिएको छ। त्यस्तै, कम्पनीले स्त्र्mयाच कार्डमार्फत १ लाख बराबरको थप छुट र १० जना भाग्यमानीलाई १ तोलो सुन दिने स्किम चलाइरहेको छ।
सिजी मोटर्सको एवोन र एक्सपेङमा छुटैछुट
नेपालका लागि जिएसी आयोन र एक्सपेङको आधिकारिक वितरक सिजी मोटर्सले ‘ई एक्ट्राअर्डेनरी फेस्टिभल अफर’ दिइरहेको छ। कम्पनीले उक्त स्किममार्फत आयोन ब्रान्डका गाडी खरिद गर्नेले ८ लाखसम्मको फाइदा पाउने जनाएको छ।
६.४ प्रतिशत ब्याजदरमा कर्जा सुविधा, ४८ घन्टाभित्रै कर्जासँगै ब्ल्याक एन्ड डेकरको भ्याकुम क्लिनर, कारवास र कफी मेसिन पनि दिने जनाएको छ। दुई वटा चार्जर, एक वर्षको बिमा र सवारी कर पनि कम्पनीले नै दिनेछ। एक्सचेन्जमा आउनेले आकर्षक एक्सचेन्ज बोनस पनि पाउने कम्पनीले जनाएको छ।
अघिपछि भन्दा चाडपर्वको समय गाडी बढी बिक्री हुने भएकाले पनि अफर दिएर ग्राहक तान्न कम्पनी लागिरहेका हुन्छन्। गाडी बिक्री सिजन भएकाले पनि व्यवसायीले राम्रो व्यापारको अपेक्षा गर्नु स्वाभाविकै हो।
एमजीको ‘पाथ्स अफ स्माइल’
नेपालका लागि एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले ‘पाथ्स अफ स्माइल’ स्किम ल्याएको छ। यो स्किमअन्तर्गत कम्पनीले ४ लाखसम्म नगद छुट दिइएको छ। नगद छुट अलावा एक्सचेन्ज बोनस, एक वर्षको बिमा, सवारी कार, चार्जरजस्ता कुरा पनि कम्पनीले स्कीममा उपलब्ध गराएको छ।
एलएस अटोको फेस्टिभ अफर
नेपालका लागि एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चरले फेस्टिभ अफर दिएको छ। एलएस अटोको एलईभी १ खरिद गर्ने ग्राहकले १० केजीको फ्रन्ट लोड वासिङ मेसिन, आकर्षक नगद छुट, १ लाखसम्म एक्सचेन्ज बोनस, ६.६ किलोवाटको चार्जर, १ वर्षको इन्स्योरेन्स र रोडट्याक्स पाउनेछन्। कम्पनीले बम्परमा एक जोडीलाई सिंगापुर र मलेसियाको ५ रात ६ दिनको निःशुल्क ट्रिपसमेत अफर गरेको छ।
ओमोडा जेकोको मेगा अफर र जिकर फेस्टिभ थ्रिल
नेपालका लागि ओमाडा एन्ड जेक्कोको आधिकारिक वितरक एसपीजी अटोमोबाइलले ओमाडा एन्ड जेक्कोका लागि ‘फेस्टीभ राइड, मेगा अफर’ र जिकर फेस्टिभ थ्रिल स्किम ल्याएको छ।
यो अफरअन्तर्गत ओमोडा ईभी खरिद गर्ने ग्राहकले ७ लाखसम्म नगद छुट पाउनेछन्। जिकर फेस्टिभ थ्रिल योजनाअन्तर्गत जिकरको खरिदमा १५ लाख रुपैयाँ छुट कम्पनीले दिँदै आएको छ।
साथै, एसपीजी अटोमोबाइलले ओमोडा÷जेको ब्राण्डका गाडी किन्नेलाई एक्सचेन्ज बोनस, ७ किलोवाटको चार्जर र १ वर्षको इन्स्योरेन्स समेत उपलब्ध गराउने जनाएको छ। जिकर खरिदमा एक वर्षको अटो प्लस बिमा र सडक कर निःशुल्कका साथै ७ किलोवाट क्षमताको भित्ते चार्जर पनि पाउनेछन्।
लिपमोटरले ल्यायो चार्डवाडको उमंग
नेपालका लागि लीपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्सले ‘चार्डवाडको उमंग लिपमोटरसँग’ अफर चलाइरहेको छ। यो स्किममार्फत लिपमोटरको सी–१० खरिदमा ७ लाख रुपैयाँसम्म छुट अफर दिने कम्पनीले जनाएको छ।
त्यस्तै, बी–१० लाइफ भेरियन्टको ५५ र डिजाइनको ६० लाख मूल्य तोकिए पनि कम्पनीले चाडवाडमा लाइफ भेरियन्टमा ५ लाख र डिजाइनमा ३ लाख रुपैयाँ नगद छुट दिएको छ। प्रत्येक बी–१० को खरिदमा ७ र २.२ किलोवाटको चार्जर, १ वर्षको बिमा र निःशुल्क एसेसरिज दिने जनाएको छ।
किया फेस्टिभ अफर
नेपालका लागि किया गाडीको आधिकारिक वितरक इन्टरकन्टिनेन्टल ट्रेडिङले किया फेस्टिभ ड्राइभ एक्सचेन्ज अफर ल्याएको छ। जसमा नगद छुट, विशेष फेस्टिभ डिस्काउन्ट र १ वर्षको बिमा निःशुल्क पाउने कम्पनीले जनाएको छ।
होन्डाको स्किम ‘चंगा उड्छ फरर, होन्डा कारमा सरर’
नेपालका लागि होन्डा गाडीको आधिकारिक वितरक स्याकार ट्रेडिङले चाडपर्वलाई लक्षित गर्दै ‘चंगा उड्छ फरर, होन्डा कारमा सरर’ योजना ल्याएको हो। अफरअन्तर्गत कम्पनीले ४ लाखसम्म नगद छुट दिने घोषणा गरेको छ। छुटका साथै कम्पनीले ५ वर्षसम्म सर्भिस निःशुल्क दिने जनाएको छ।
यस्तै, होन्डा गाडी किन्नेले १ वर्षको बिमा र १ वर्षको सडक कर निःशुल्क पाउनेछन्। एक्सचेन्ज बोनसमा २५ हजार रुपैयाँ दिने कम्पनीले जनाएको छ।
स्कोडा नेपालको ‘फेस्टिभ डिलाइट २०८२’ अफर
स्कोडा नेपालले चाडपर्वलाई लक्षित गरी ‘स्कोडा फेस्टिभ डिलाइट २०८२’ नामक अफर दिइएको छ। यो अफरअन्तर्गत स्कोडाको कुनै पनि मोडल खरिद गर्ने ग्राहकले २० प्रतिशत डाउनपेमेन्ट, ४ लाख रुपैयाँसम्म नगद छुट र कतार ग्रान्ड प्रिक्स २०२५ प्रत्यक्ष हेर्ने मौका पाउनेछन्।
एलआरआर ग्रुप
नेपालका लागि जिलीको आधिकारिक वितरक एलआरआर मोटर्सले नाडा अटो शोदेखिकै अफरलाई निरन्तरता दिइएको छ। कम्पनीले अफरअन्तर्गत नगद छुटदेखि आइफोनसम्म उपहार दिने जनाएको छ।
एलआरआर मोटर्सले बिक्री गर्ने जिली ग्यालेक्सीमा प्रो भेरियन्टमा ३ लाख र म्याक्स भेरियन्टमा ४ लाख रुपैयाँ नगद छुट दिने घोषणा कम्पनीले गरेको छ। नगद छुटका साथै दुवै भेरियन्ट किन्ने ग्राहकलाई एक तोला सुन र आइफोन १६ प्रो म्याक्स उपहारस्वरुप दिइने कम्पनीले बताएको छ।