काठमाडौं। धेरै मानिसका लागि गाडी खरिद गर्ने एउटा ठूलो सपना हुन्छ। तर, सिमित बजेटका कारण धेरै जसोले कम मूल्यका गाडीहरू खोजिरहेका हुन्छन्। यसका लागि नेपाली बजारमा डिजेल/पेट्रोल र विद्युतीय सवारी साधन (ईभी) दुवैका धेरै विकल्पहरू उपलब्ध छन्।
नेपाली बजारमा विद्युतीय सवारी साधनको लोकप्रियता बढ्दै गए पनि धेरै ग्राहक अझै पनि डिजेल र पेट्रोल गाडीप्रति आकर्षित छन्। अहिले नेपाली बजारमा ईभीको बिक्री बढे पनि धेरैको रोजाइमा अझै पनि कम मूल्यका डिजेल पट्रोल गाडी पनि पर्ने गरेको छ।
पछिल्लो समय कम मूल्यका ह्याचब्याक कारहरू प्रति ग्राहकको आकर्षण बढ्दै गएको छ। सहरी क्षेत्रमा बस्नेहरूका लागि ह्याचब्याक कार विशेष गरी लोकप्रिय छन्। यी गाडीहरू साना हुने हुनाले साँघुरा सडक र पार्किङमा पनि सहजै चलाउन सकिन्छ। यी गाडीहरूको मूल्य सेडान वा एसयूभीभन्दा निकै कम हुन्छ र राम्रो माइलेज तथा प्रिमियम फिचर समावेश गरिएको हुन्छ।
नेपालमा ३० लाखभन्दा कम मूल्यमा केही फ्यामिली ह्याचब्याक कारहरू उपलब्ध छन्
हाल नेपाली बजारमा कम मूल्यका ईभी गाडी धेरै कम्पनीसँग भएपनि पेट्रोलमा कम बजेटको गाडी धेरै ब्राण्डसँग छैन। नेपालमा ३० लाखभन्दा कम मूल्यमा केही फ्यामिली ह्याचब्याक कारहरू उपलब्ध छन्, जसले ग्राहकको आवश्यकता र बजेट दुवैलाई ध्यानमा राख्न सक्छन्। यी गाडीमा राम्रो माइलेज र प्रिमियम फिचरहरू समावेश गरिएको छ।
३० लाखभन्दा कम मूल्यका ईभी
बिवाईडी एटो १
नाइमा मोबिलिटी एक्स्पोबाट नेपाली बजारमा भित्रिएको बिवाईडी एटो–वान ग्राहकको उच्च आकर्षणमा परेको मोडल हो। नेपालका लागि बिवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले पहिलो संस्करणको नाइमा मोबलिटी एक्स्पोमा एटो–वान दुई भेरियन्टमा सार्वजनिक गरेको हो।
जसको मूल्य क्रमशः २८ लाख ९५ हजार र ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यो गाडीले वल्र्ड कार अवाड्र्समा वल्र्ड अर्वन कार अफ दि इयर २०२५ को उपाधि समेत प्राप्त गरिसकेको छ। नेपालमा डाइनामिक र प्रिमियम गरी दुई भेरिएन्टमा उपलब्ध एटो-वान कम मूल्यको गाडी खरिद गर्ने योजना बनाएका ग्राहकहरुका लागि उत्तम विकल्प हुन सक्छ।
चांगन लुमिन
चांगन लुमिन नाडा अटो शोमार्फत नेपाली बजारमा इन्ट्री मारेको कम मूल्यको ईभी हो। नेपालका लागि चांगनको आधिकारिक वितरक एमएडब्लु वृद्धिले लुमिन मिनी ईभीको मूल्य २२ लाख ९९ हजार रुपैयाँ तोकेको छ।
कम्पनीले लिपमोटर टि-३ ३४ लाखमा रुपैयाँमा बिक्री गर्दै आए पनि अहिले चाडपर्वको अवसरमा भने ५ लाख रुपैयाँ नगद छुट दिएको छ।
कम मूल्यको सिटी कार खोज्नेका लागि लुमिन पनि एउटा उपयुक्त विकल्प हुन सक्छ। पछिल्लो समय बजारमा एकदमै धेरै ईभी गाडी भित्रिएकाले सिटी कार कुन किन्ने भन्ने ग्राहकमा दोधार देखिन्छ। यस्तो अवस्था यी गाडीहरु ग्राहकको लागि राम्रो विकल्प बनेका छन्।
केई ई-क्युट-०२
नेपालका लागि केई ईभीको आधिकारिक वितरक जीओ अटोमोबाइल्स र लक्ष्मी ई-मोबिलिटीले बिक्री गर्दै आएको केई ई-क्युट-०२ कम मूल्यको गाडी हो। २२ लाख लाख ९६ हजार रुपैयाँ मूल्य तोकिएको गाडीमा कम्पनीले २ लाख रुपैयाँ नगद छुट दिएर २० लाख ९६ हजार रुपैयाँमा खरिद गर्न सकिने बताएको छ।
लिपमोटर टि-३
नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रीला मोटर्सले लिपमोटरका विभिन्न मोडल बिक्री गर्दै आएको छ। कम्पनीले प्रिमियम लेभलका यसयूभीदेखि कम मूल्यका ह्याचब्याक गाडी बिक्री गर्दै आएको छ।
कम्पनीले लिपमोटर टि-३ ३४ लाखमा रुपैयाँमा बिक्री गर्दै आए पनि अहिले चाडपर्वको अवसरमा भने ५ लाख रुपैयाँ नगद छुट दिएको छ। सांग्रीला मोटर्सले ३४ लाखमा रुपैयाँमा बिक्री गर्दै आएको लिपमोटर टि-३ २९ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सकिने अफर दिइरहेको छ।
डिजेल पेट्रोलमा ३० लाखभन्दा कम मूल्यका कार
टाटा टियागो
अहिले बजारमा किन्न पाइने पेट्रोल कारमा सबैभन्दा कम मूल्यको मोडल टाटा टियागो हो। नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टियागो २४ लाख ९९ हजार रुपैयाँमा बिक्री गर्दै आएको छ।
हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बिक्री गर्ने इन्ट्री मोडल नै ग्राण्ड आई-१० नियोस हो।
टियागोमा बीएस-फोर इन्जिन दिइएको छ। टियागो बीएस सिक्स इन्जिन भएको किन्ने हो भने २९ लाख ९९ हजार पर्छ। यसको सबैभन्दा माथिल्लो भेरियन्ट एक्सजेडए प्लस किन्दा ३८ लाख ९९ हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ।
मारुती सुजुकी अल्टो के१० र सेलेरियो
साना र सस्ता कारमा एकछत्र राज गर्दै आएको मारुती सुजुकी ईभीको आयात बढ्न थालेपछि कमजोर पर्दै गएको छ। नेपालका लागि मारुती सुजुकीको आधिकारिक वितरक सीजी मोटोकर्पले सुजुकी अल्टो के-१० एलएक्सआईको सुरुवाती मूल्य २८ लाख ४९ हजार रुपैयाँ तोकिएको छ।
सीजी मोटोकर्पले विभिन्न ५ भेरियन्टमा उपलब्ध गराएको अल्टो के-१० को सबैभन्दा महँगो भीएक्सआई प्लस एजीएस भेरियन्ट हो। यसको मूल्य ३४ लाख ४९ हजार रुपैयाँ तोकिएको छ।
हुन्डाई ग्राण्ड आई-१०
हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बिक्री गर्ने इन्ट्री मोडल नै ग्राण्ड आई-१० नियोस हो। लामो समयदेखि फ्यामली ह्याचब्याक खोज्नेको पहिलो रोजाई बन्दै आएको आई-१० नियोसको सुरुवाती भेरियन्ट इराको मूल्य ३२ लाख ९६ हजार रुपैयाँ तोकिएको छ।