काठमाडौं। नेपालमा विद्युतीय सवारी साधन (ईभी)को बढ्दो लोकप्रियतासँगै अफरोडका लागि पनि ईभीहरू आउन सुरु भएको छ। प्रविधिले फड्को मार्दै गर्दा अब सहरी बाटोमा मात्र सीमित नभई कठिन भूभागमा पनि दगुर्न सक्ने ईभीहरू बजारमा आउन थालेका छन्। नेपालको भौगोलिक बनावटलाई मध्यनजर गर्दै विभिन्न कम्पनीले अफरोडलाई लक्षित गरी यस्ता सवारी साधन ल्याउन थालेका छन्।
नेपाली बजारमा अफरोड क्षमता भएका इलेक्ट्रिक सवारीको संख्या अझै सीमित छ। यद्यपि, केही ब्रान्डले यी सेगमेन्टमा आफ्ना उत्पादन ल्याएका छन्। केही ब्राण्डबाहेक अन्य सबै ईभी सहरी क्षेत्रका लागि मात्र उपयुक्त रहेका छन्।
सबै ईभीहरू एडभेञ्चरका लागि उपयुक्त नहुन सक्छन्। ग्राउन्ड क्लियरेन्स, मोटर पावर क्षमताका कारण हाल नेपाली बजारमा उपलब्ध सिमित ब्राण्डका गाडी मात्र अफरोडमा जान उपयुक्र मानिन्छन्। अफरोड यात्राका लागि ग्राउन्ड क्लियरेन्स, मोटर पावर, विभिन्न ड्राइभिङ मोडहरू र ब्याट्रीको रेञ्ज जस्ता कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ।
नेपाली बजारमा आएका धेरै ईभी अफरोडमा चलाउन मिल्ने कम्पनीले जनाए पनि अफरोड लक्षति गरेर भने रिडारा र जेक्को ईभी ल्याइएको छ।
सीमित ग्राउन्ड क्लियरेन्स, चार्जिङ पूर्वाधारको कमी र अफरोडका लागि विशेष डिजाइन नगरिएका सवारी साधन एड्भेन्चर बाटोमा चलाउँदा धेरै चुनौती खडा हुन सक्छन्। नेपालमा हाल उपलब्ध अधिकांश ईभीहरू सहरी प्रयोगका लागि बढी उपयुक्त छन्।
पूर्ण अफरोडका लागि डिजाइन गरिएका ईभीहरूको उपलब्धता अझै प्रारम्भिक चरणमा छ। नेपाली बजारमा आएका धेरै ईभी अफरोडमा चलाउन मिल्ने कम्पनीले जनाए पनि अफरोड लक्षति गरेर भने रिडारा र जेक्को ईभी ल्याइएको छ।
अफरोड लक्षित नेपाली बजारमा भित्रिएका ईभीका विशेषता
रिडारा आरडि सिक्स
रिडारा आरडि सिक्स अफरोड सडकका लागि उपयुक्त ईभी मानिन्छ। यसले कच्ची, उकालो-ओरालो सडक सहजै पार गर्ने कम्पनीको भनाइ छ। रिडारा आरडी सिक्स मा नेपालका सडक अवस्थालाई ध्यानमा राखेर सात प्रकारका ड्राइभिङ मोड राखिएका छन्।
स्यान्ड, मड, अफ-रोड, वाडिङ, इकोनोमी, कम्फर्ट र स्पोर्ट। साथै, गाडी वरिपरिका दृश्य स्पष्ट हेर्न तथा सुरक्षा प्रदानका लागि यसमा ५४० डिग्री सराउन्डिङ भ्यु क्यामेरा जडान गरिएको छ।
‘रिडारा आरडी सिक्स’ मा २.५ जेनेरेसनको एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम (एड्यास) उपलब्ध छ। जसमा १४ किसिमका सुरक्षा प्रविधि छन्। रिडारा आरडी सिक्समा ७३ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ। यसले एक पटकको फुल चार्जमा ४२४ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ। यसमा ५० वाटको वायरलेस चार्जिङ प्याडसमेत समावेश छ।
पाँच जना यात्रु अटाउने क्षमता रहेको गाडीको कार्गो पेलोड क्षमता ३,००० किलोग्राम रहेको कम्पनीले उल्लेख गरेको छ। साथै, १४.६ इन्चको टचस्क्रिन डिस्प्ले, भ्वाइस कमान्ड सपोर्ट गर्ने स्टेरिङ ह्विल र विभिन्न स्मार्ट फिचर यसमा छन्।
जेक्को-जे६
नेपालमा बढ्दो इलेक्ट्रिक भेहिकल ट्रेन्डमा माटो सुहाउँदो जेक्को–जे६ इलेक्ट्रिक अफरोड एसयूभी हो। ओमोडा एण्ड जेक्कोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले नेपाली बजारमा भित्र्याएको जे-६ रियर ह्वील ड्राइभ सिस्टममा उपलब्ध छ।
लाइफस्टायल अफरोड सेग्मेन्टमा आएको जे-६ बक्सी डिजाइनमा तयार भएको छ। आधुनिक फिचर लोडेड एसयूभीको एक्सटेरियरको विभिन्न स्थानमा आई आकारको एलइडी लाइट प्रयोग गरिएको छ।
ईभीमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको मोटर र ब्याट्री हुन्छ। यसको मोटर १३५ किलोवाट क्षमताको छ। यसमा ब्याट्री भने सीएटीएलले उत्पादन गरेको ६५.६९ किलोवाट आवरको लिथियम आइरन फस्फेट दिइएको छ। यसको डब्लूएलटीपी रेन्ज ४०० किलोमिटर हो।
लाइफस्टायल अफरोड सेग्मेन्टमा आएको जे-६ बक्सी डिजाइनमा तयार भएको छ। आधुनिक फिचर लोडेड एसयूभीको एक्सटेरियरको विभिन्न स्थानमा आई आकारको एलइडी लाइट प्रयोग गरिएको छ। पछाडि ढोकामा झुन्डाएर दिइएको छुट्टै टुल बक्सले यसको डिजाइनमा नयाँपन दिएको छ।
आकर्षक डिजाइनमा बनेको १९ इन्चको ह्वील, २२० एनएम टर्क र २०० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स भएकाले यसलाई अफरोड बाटोमा सजिलै गुडाउन सकिने छ।
अफरोड एसयूभी डिजाइनमा भएर पनि पानारोमिक शनरुफ, भेन्टिलेटेड र हिटेड सिट, डिउल जोन एसी, १५.६ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ९.२ इन्चको इन्ट्रुमेन्टल क्लस्टर, वायरलेस चार्जर, ३६० डिग्री क्यामरा, इलेक्ट्रीक पार्किङ ब्रेक, ६ वटा एयरब्याग, क्यामरा वेसको लेवल-२ एडास, भेहिकल स्टेबिलीटी कन्ट्रोल, फ्रन्ट र रियरको पार्किङ सेन्सर जस्ता फिचर यसमा छन्।