काठमाडौं। पछिल्लो समय नेपाली बजारमा कम मूल्यमा पारवफुल मोटर भएका विद्युतीय सवारी साधन (ईभी) आउने क्रम जारी छ। अघिकांश कम्पनीले कम मूल्यमा १०० किलोवाट मोटरका गाडी मात्र आयात गर्दै आए पनि अहिले कम मूल्यमा पावरफुल मोटर भएका यसयूभी पनि आउने क्रम बढ्दै गएको छ।
मूल्यको हिसाबले कम मूल्यमा १०० किलोवाट मोटरका सवारी साधन मात्र आउने गरेकोमा ईभीमा प्रतिस्पर्धा बढेसँगै पावरफुल मोटर भएको गाडी पनि कम मूल्यमा बिक्री गर्ने प्रतिस्पर्धा चलेको छ।
पछिल्लो समय नेपाली बजारमा भित्रिएको लिपमोटर बी १०, जेक्को जे फाइभ, जिलीलगायतका ब्रान्ड कम मुल्यमा पावरफुल मोटरमा भित्रिएका छन्। ईभी ब्रान्डको संख्या बढ्दै जाँदा पावरफुल मोटर भएका एसयूभीको आयात पनि बढ्दै गएको छ।
कम मूल्यका पावरफुल मोटरका यसयूभी
लिपमोटर बी-१०
लिपमोटर बी-१० केही समय अघि मात्र नेपाली बजारमा भित्रिएको नयाँ एसयूभी हो। नेपालका लागि लिपमोटरको आधिकारिक वितरक साग्रीला मोटर्सले गत नाइमा मोबिलिटी एक्स्पोमा लन्च गरेको बी-१० कम मूल्यमा पावर फुल मोटर जडान गरिएको ईभी हो।
त्यसमा पनि रियर ह्वील ड्राइभ मोटर भएको कारण यसलाई सेग्मेन्टकै सबैभन्दा बलियो एसयूभी हुनसक्छ। यसको पीकटर्क २४० न्यूटन मिटर छ।
लिपमोटर बी-१० एसयूभी ५० लाखभन्दा कम मूल्यमा नै किन्न पाइने एसयूभी हो। यसमा १६० किलोवाटको पावरफुल मोटर दिइएको छ।
त्यसमा पनि रियर ह्वील ड्राइभ मोटर भएको कारण यसलाई सेग्मेन्टकै सबैभन्दा बलियो एसयूभी हुनसक्छ। यसको पीकटर्क २४० न्यूटन मिटर छ। यसमा ६७.१ किलोवाट आवरको एलएफपी ब्याट्री छ।
जेको जे फाइभ
नाइमा मोविलिटी एक्स्पोमा लन्च भएको जेको जे फाइभ पारवफुल मोटर जडान गरिएको एसयूभी हो। यसमा १५५ किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर जडान गरिएको छ त्यो भनेको २०७ हर्सपावर हो। उक्त मोटरले २८८ न्यूटन मि टरको टर्क जेनेरेट गर्छ। यसको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
प्रोटोन इमास सेभेन
प्रोटोन इमास सेभेन पनि पावरफुल मोटर जडान गरिएको यसयूभी हो। नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली बजारमा प्रोटोन इमास सेभेन दुई भेरियन्टमा ल्याएकको हो। यसमा १६९ किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर रहेको छ।
जिली इएक्स फाइभ नेपाली बनारमा भित्रिएको नयाँ ब्रान्ड हो। नेपालका लागि जिलीको आधिकारिक वितरक एलआरआर ग्रुपले इएक्स फाइभ पावरफुल मोटरमा नेपाल ल्याएको हो।
यस ईभीमा १२ इन वान एड्भान्स इलेक्ट्रीक ड्राइभ सिस्टम रहेको छ। यसमा दिएको मोटरले २१५ हर्सपावर र ३२० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ। यसको सुरुवाती मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
जिली इएक्स फाइभ
जिली इएक्स फाइभ नेपाली बनारमा भित्रिएको नयाँ ब्रान्ड हो। नेपालका लागि जिलीको आधिकारिक वितरक एलआरआर ग्रुपले इएक्स फाइभ पावरफुल मोटरमा नेपाल ल्याएको हो।
यसमा १६० किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर दिइएको छ भने १२ इन वान एड्भान्स इलेक्ट्रीक ड्राइभ सिस्टम रहेको छ। यसमा दिएको मोटरले २१५ हर्सपावर र ३२० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ। यसको मूल्य ५५ लाखबाटै सुरु हुन्छ।