काठमाडौं। निसान इन्डियाले भारतमा आफ्नो बहुप्रतिक्षित सी–सेगमेन्ट टेक्टन एसयूभीको टिजर सार्वजनिक गरेको छ। निसान इन्डियाले एक कार्यक्रममका बिच सी–सेगमेन्ट टेक्टन एसयूभीको टिजर सार्वजनिक गरेको हो।
एसयूभी बजारमा निकै प्रतिस्पर्धा भएको अवस्थामा निसानको यो नयाँ मोडेलले ब्रान्डलाई पुनः मजबुत बनाउने अपेक्षा गरिएको छ। निसानको यो नयाँ एसयूभीले डिजाइन स्केचहरू र टिजरहरूमा देखिएअनुसार यसको डिजाइनले यसलाई आकर्षक र प्रभावशाली लुक दिएको छ। यो यसयूभी सीएमएफ–बी प्लेटफर्ममा निर्माण गरिएको हो।
डिजाइनको हिसाबले, निसानले यो फ्ल्यागशिप पेट्रोल एसयूभीबाट अत्यधिक प्रेरित भएको बताएको छ। यसमा अगाडिको फेसियामा ठाडो रूपमा बसेको फ्ल्याट बोनट छ, जुन हेडल्याम्पहरू जोड्ने तेर्सो लाइट बारले थप पूरक छ। बम्पर पनि एकदमै साहसी रूपमा डिजाइन गरिएको छ। कम्पनीले भारतीय ग्राहकहरूको प्राथमिकता र यहाँको सडक अवस्था लाई ध्यानमा राखेर यसलाई विशेष रूपमा बनाइएको जनाएको छ।
कम्पनीले नयाँ निसान एसयूभीको मूल्य १० लाख देखि १८ लाख रुपैयाँसम्म हुने जनाएको छ। जसले यसलाई हुन्डाई क्रेटा, किया सेल्टोस र मारुति ग्रान्ड भिटारासँग प्रतिस्पर्धात्मक रूपमा प्रस्तुत गर्नेछ। कम्पनीले निसान सी–सेग्मेन्ट यसयुभीको लागि प्रतिस्पर्धि मूल्य निर्धारण र कम मर्मत खर्च लाग्ने बताएको छ। इन्जिन र भित्री भागहरु सहित अघिकांश कम्पोनेन्टहरु रेनो–निसान चेन्नाई सुविधा मार्फत स्थानीय रुपमा प्राप्त हुनेछ।
निसान इन्डियाले डेब्यु गरेको सी–सेगमेन्ट एसयूभीमा १.०–लिटर टर्बो–पेट्रोल वा १.५–लिटर टर्बो–पेट्रोल इन्जिन दिइएको छ। जसमा म्यानुअल र स्वचालित ट्रान्समिसन दुवैको विकल्प उपलब्ध हुने कम्पनीले जनाएको छ।
नयाँ निसान यसयूभीमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक्स स्टाबिलिटी कन्ट्रोल, वायरलेस चार्जिङ, रियर एसी भेन्ट, एम्बियन्ट लाइटिङ र प्रिमियम साउन्ड सिस्टम प्रदान गर्नेछ। निसानले नयाँ सेगमेन्ट ट्रेन्डहरूसँग मिल्दोजुल्दो गरी आफ्नो इन्फोटेनमेन्ट प्रणालीको लागि ओटिए (ओभर–द–एयर) अपडेटहरू पनि प्रस्तुत गर्नछ।