काठमाडौं। सन् २०२५ को दश महिना (जनवरीदेखि अक्टोबर)सम्म चीनको अटो निर्यात १४.३ प्रतिशतले बढेको छ। यस अवधिमा चीनको अटो निर्यात १४.३ प्रतिशतले वृद्धि भई नयाँ रेकर्ड कायम गरेको हो।
१० महिना (जनवरीदेखि अक्टोबर)सम्म चीनले ७९८.३९ अर्ब युआन (११२.८ अर्ब अमेरिकी डलर) बराबरको सवारी साधन निर्यात गरेको छ। जुन अघिल्लो वर्षको सोही अवधिभन्दा १४.३ प्रतिशतले बढी हो।
विश्वव्यापी व्यापार वृद्धिमा सुस्तता आए पनि चीनको सवारी साधन निर्यात दर स्थिर रुपमा बढ्दै गएको छ। चीनमा विशेषगरी अटोमोटिभ क्षेत्र निर्यात वृद्धिको प्रमुख योगदानकर्ता बनेको छ। मेकानिकल र विद्युतीय उत्पादनहरूले चीनको कुल निर्यातको ६० प्रतिशतभन्दा बढी हिस्सा ओगटेका छन्। जसमा अटोमोबाइल अग्र स्थानमा छ।
विश्लेषकका अनुसार विद्युतीय र प्लग-इन हाइब्रिड सवारी साधनप्रतिको विदेशी मागले यो वृद्धिलाई बलियो बनाएको हो। यसले चिनियाँ अटो निर्माता कम्पनीलाई दक्षिणपूर्व एशिया, मध्यपूर्व र ल्याटिन अमेरिका जस्ता उदीयमान बजारमा आफ्नो उपस्थित विस्तार गर्न प्रेरित गरेको छ।
जुन धेरै महिनापछि पहिलो मासिक गिरावट हो। बिवाईडी, जिली र एसएआईसी जस्ता ब्रान्डहरूको निरन्तर वृद्धिले चीनलाई विश्वकै अग्रणी सवारी साधन निर्यातकर्ता देशहरूमा उभ्याएको छ।
तर, अक्टोबर महिनामा चीनको समग्र निर्यातमा ०.८ प्रतिशतको वार्षिक गिरावट आएको छ। जुन धेरै महिनापछि पहिलो मासिक गिरावट हो। बिवाईडी, जिली र एसएआईसी जस्ता ब्रान्डहरूको निरन्तर वृद्धिले चीनलाई विश्वकै अग्रणी सवारी साधन निर्यातकर्ता देशहरूमा उभ्याएको छ।
१० महिनामा कुन ब्रान्ड कति बिक्री भए?
बिवाईडीः सन् २०२५ को १० महिनामा (जनवरीदेखि अक्टोबर)सम्म बिवाईडीले कुल ३७ लाख १ हजार ८५२ युनिट सवारी बिक्री गरेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा १३.८८ प्रतिशतले वृद्धि भएको हो।
त्यस्तै, यही अवधिमा कम्पनीले ७ लाख ८५ हजार १०३ युनिट सवारी साधन विदेशी बजारमा बिक्री गरेको जनाएको छ। नेपाली बजारमा आयात हुने सवारी साधनमा बिवाईडी पहिलो नम्बरमा देखिन्छ। नेपाली बजारमा बिवाईडी डल्फिन, एटो वान, एटो टु, एटो थ्री, सलायन-७ र एम सिक्सलगायतका ब्रान्ड आयात तथा बिक्री हुँदै आएका छन्।
एसएआईसीः २०२५ को जनवरीदेखि अक्टोबरसम्म एसएआईसी मोटरले ३६ लाख ४७ हजार २४८ युनिट सवारी साधन बिक्री गरेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा १९.५३ प्रतिशतले बढी हो। कम्पनीका अनुसार यसको निर्यात पनि बढेको छ।
एसएआईसीको १० महिनामा विदेशी बजारतर्फ निर्यात २.२३ प्रतिशतले बढेको छ। जनवरीदेखि अक्टोबरसम्ममा एसएआईसी मोटरले ८ लाख ६२ हजार १८६ युनिट सवारीसाधन निर्यात गरेको छ।
चेरीः चेरी समूहले २०२५ जनवरीदेखि अक्टोबरसम्म कुल १० लाख ६० हजार सवारी साधन निर्यात गरेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा १२.९ प्रतिशतले वृद्धि भएको हो। अक्टोबर महिनामा मात्र कम्पनीले १ लाख २६ हजार ४३४ युनिट सवारी साधन विदेश पठाएको थियो। जसले लगातार छैठौँ महिना १ लाखभन्दा बढी सवारी निर्यात गर्ने कीर्तिमान कायम राख्यो।
यो प्रदर्शनले चेरीलाई चीनको सवारी निर्यातकर्तामध्ये शीर्ष स्थानमा स्थापित गरेको छ। हाल चेरीका विश्वभर एक करोड ८० लाखभन्दा बढी प्रयोगकर्ता रहेका छन्। जसमा ५५ लाख ६० हजारभन्दा बढी प्रयोगकर्ता विदेशमा रहेका छन्। जुन तथ्यले चेरीको बढ्दो अन्तर्राष्ट्रिय लोकप्रियतालाई दर्साउँछ।
नेपालमा पनि चेरीका ओमोडा एण्ड जेक्को मोडेलले आकर्षक डिजाइन र ईभीमा अपरोडका रुपमा आएकारले सबैको ध्यान तानेको छ। कम्पनीले चाँडै आइकार मोडेल पनि नेपालमा ल्याउने तयारी गरिरहेको छ। यसले देशको बढ्दो विद्युतीय क्षेत्रमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउने छ।
जिलीः जिली ग्रुपले सन् २०२५ को १० महिनामा २४ लाख ७७ हजार ३२२ युनिट कार बिक्री गरेको छ। जसमा ग्यालेक्सी ब्राण्ड मात्र १० लाख २ हजार ४६१ युनिट पुगेको हो। जिली ग्रुपको बिक्रीमा सबैभन्दा ठूलो हिस्सा ग्यालेक्सी ब्राण्डको देखिएको छ। जसमा ईभी र हाइब्रिड मोडल उत्पादन हुँदै आएका छन्।
चीनमा १२९ ब्राण्डमा विद्युतीय कारहरू उत्पादन हुँदै आएका छन्। अधिकांश ठूला ब्राण्डले ३ देखि ५ वटासम्म सहायक ब्राण्ड स्थापना गरेर न्यू इनर्जी भेहिकल उत्पादनमा काम गर्दै आएका छन्।
कम्पनीले अक्टोबरमा बिक्री गरेको ३ लाख ७ हजार १३३ युनिट मध्ये चीनमा २ लाख ६५ हजार ५६५ युनिट र अन्तर्राष्ट्रिय बजारमा ४१ हजार ५६८ युनिट निर्यात गरेको जनाएको छ।
एक्सपेङः सन् २०२५ को १० महिनामा एक्स्पेङले ३ लाख ५५ हजार २०९ युनिट कार बिक्री गर्न सफल भएको छ।
लिपमोटरः २०२५ को जनवरीदेखि अक्टोबरसम्म लिपमोटरले ४ लाख ६५ हजार ८०५ युनिट कार बिक्री गरेको जनाएको छ। जसमा घरेलु र निर्यात बिक्री दुवै समावेश छ।
चीनमा १२९ ब्राण्डमा विद्युतीय कारहरू उत्पादन हुँदै आएका छन्। अधिकांश ठूला ब्राण्डले ३ देखि ५ वटासम्म सहायक ब्राण्ड स्थापना गरेर न्यू इनर्जी भेहिकल उत्पादनमा काम गर्दै आएका छन्। विशेषगरी ब्याट्री इलेक्ट्रीक भेहिकल, प्लग इन हाइब्रिड र एक्सटेन्डेड रेन्ज इलेक्ट्रीक भेहिकल अहिले चीनमा उत्पादन र बिक्री हुँदै आएका छन्।
चीनमा रहेका अधिकांश ब्राण्डले अन्तर्राष्ट्रिय बजारमा आफ्नो व्यवसाय विस्तार गरिरहेका छन्। नेपाली बजारमा यी उत्पादन एकपछि अर्को गर्दै आइरहेका छन्।
नेपाली बजारमा चिनियाँ ब्रान्डको आयात,
चिनियाँ ईभीको नयाँ ठेगाना बनिरहेको नेपालमा करिब तीन दर्जन ब्राण्डका कार अहिले बिक्रीको लागि उपलब्ध छन्। अहिले बजारमा बिवाईडी एमजी, ओमोडा/जेको, दीपल, डोङफेङ नामी, लीपमोटर जस्ता ब्रान्डहरु धेरै आयात हुने गरेका छन्। यसका अलवा जीएसी आयोन, केई, एक्सपेङ, जिकरलगायतका ब्राण्ड पनि धेरैले चर्चामा रहेका छन्। धेरै चर्चामा रहेका मध्ये बिवाईडी पहिलो नम्बरमा रहेको छ।
सन् २०२५ को साढे ९ महिना (जनवरीदेखि अक्टोबर १५ सम्ममा) नेपालमा १३ हजार ८७ युनिट कार आयात भएको छ। यस अवधिमा विभिन्न ६० ब्राण्डले उक्त संख्यामा गाडी आयात गरेका हुन्। पछिल्लो केही वर्षदेखि नेपालमा चिनियाँ ब्रान्डहरुको वर्चस्व रहेको छ। अघिल्लो वर्ष २०२४ मा जस्तै २०२५ मा पनि बिवाइडी सबैभन्दा अगाडि देखिएको छ।
१० महिनामा एमजी ब्रान्डका गाडी १ हजार १५१ युनिट आयात भएका छन्। चिनियाँ ब्रान्डमा बिवाईडी र एमजीपछि सबैभन्दा धेरै संख्यामा गाडी ल्याउने सूचीमा डोङफेङ नामी देखिएको छ।
चिनियाँ ब्राण्ड बिवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले अक्टोबर १५ तारिखसम्ममा २ हजार ४३६ युनिट कार आयात गरेको छ। बिवाइडीको आयातमा डल्फिन, एटो वान, एटो टु र एटो थ्रीको हिस्सा सबैभन्दा धेरै छ। साथै, सिलायन र एम सिक्स पनि राम्रो संख्यामा ल्याएको देखिन्छ।
१० महिनामा एमजी ब्रान्डका गाडी १ हजार १५१ युनिट आयात भएका छन्। चिनियाँ ब्रान्डमा बिवाईडी र एमजीपछि सबैभन्दा धेरै संख्यामा गाडी ल्याउने सूचीमा डोङफेङ नामी देखिएको छ। एमएडब्लू वृद्धिले यस अवधिमा ७११ युनिट नामी आयात गरेको छ। त्यसपछि क्रमशः ओमोडा/जेको, चांगान, लिपमोटर, केई, आयोन, एक्सपेङ, स्काइवेल, बीएमडब्लुलगायतका ब्रान्ड आयात भएका छन्।
साढे ९ महिनाको अवधिमा ओमोडा/जेको ५८३ युनिट चांगान ५४३ युनिट, लिपमोटर ३५६ युनिट आयात भएको छ। त्यस्तै, केई २४४ युनिट, जीएसी आयोन १८९ युनिट, एक्सपेङ ८२ युनिट, स्काइवेल ८० युनिट र बीएमडब्लूका ४१ युनिट आयात भएका छन्।